Monday, 29 December 2014

डा. स्वामी प्रपन्नाचार्य

ाहा थियो न ‘ख’| जान्दथे भने मात्र मजदुरी किसानी वा भरियाको काम| यसरी उहाँ ३० वर्ष सम्म अति नै संघर्ष एवं दु:ख पूर्ण जीवन बितित गर्नु भयो| तत पश्चात उहाँ बनारस गएर कखरा को आरम्भ गर्नु भयो र तेही उहाँले जीवनको अमुल्य ज्ञानको खोजि गर्दै वेद पुरै जानेर सिध्यायो| यसरि यौटा परिश्रमी गरिब मजदुरी गर्ने चामलिंग रायको छोरो काले रायले काँचुली फेरे डा. स्वामी प्रपन्नाचार्य को रुपमा| ३६ वर्षको उमेरमा उहाँले आपर प्रमारी लेवेल पुरा गरि सिध्याए| उहाँको यस्तो जीवनबाट यौटा कुरा त सिद्ध हुन्छ कि पढ्ने र ज्ञानको लालसाले हिड्ने व्यक्तिलाई न त उमेर न कुनै बाधा बिबधानले नै केहि बिगार्न सक्दो रैछ| सन् १९८० सालमा त उनले बिद्याबारिदी नै लिन सफल हुने भए त्यो पनि वेदान्तमा| ३० वर्षमा अ, आ, क, ख, ग पढ्ने डा. स्वामी प्रपन्नाचार्य ले ७० वटा किताबहरु लेख्नु भएको छ| जस मध्यै ६० वटा प्रकाशित भई सकेको छ र आफ्नो रचनाहरुमा विश्वलाई बहुमुल्य ज्ञान र आफ्नो अनुभव प्रदान गर्नु भएको छ| उहाँको पनि कथन यहि रहेको छ कि सबै को मूल भनेको वेद नै हो र संसारका सबै भाषाहरुको जननी संस्कृत नै हो| यसैलाई उहाँले पकरेर आज विश्व प्रख्यात हुनु भएको छ| उहाँको नजरमा जीवन पानी हो रे| “असल भए सफल भइन्छ” तेसैले सफल हैन असल बन्न प्रयत्न गर्नु पर्छ भन्ने संदेश उहाँले आफ्नो कथनमा सदैव भन्नु हुन्छ| गुरु दामोदर प्रपन्नाचार्यबाट प्रभावित भएको डा. स्वामी प्रपन्नाचार्य ले जीवन नै साधना मान्नु हुन्छ र संसारिक मोह जालमा कहिले बाँधिनु भएन| ज्ञान चाहने याचकहरुको वहाँ अभिभावक रे, भक्त-जन वहाँको को परिवार मान्नु हुदो रै छ|
वास्तवमा ९२ वर्षिय ज्ञानी डा. स्वामी प्रपन्नाचार्य आफैमा इतिहासको ठिली पनि हुनुहुन्छ र उहाँबाट मानव समाजले जीवनको अमुल्य ज्ञान लिन सक्छन| लौ अब सुनौं सम्मानीय डा. स्वामी प्रपन्नाचार्य (काले राय) ज्यु ले दिनु भएको अमुल्य संदेश..
हर हर महादेव,.. जय सनातन धर्म

Thursday, 18 December 2014

नेपालमा आदिवासी जनजाति आन्दोलन

नेपालमा आदिवासी जनजाति आन्दोलन
आदिवासी जनजातिहरू नेपाल राज्यका अभिन्न अंग हुन् । नेपाल राज्यको निर्माण, विकास र विस्तारमा नेपालका आदिवासी जनजातिहरूले महत्वपूर्ण योगदान पुरयाएका छन् । तर अठारौं शताब्दीमा निर्मित आधुनिक नेपाल राज्यले नेपालका आदिवासी जनजातिहरूलाई संस्थागत रूपबाटै उपेक्षा र अपहेलना गर्दै आएको छ । नेपाली समाजको विशेषता बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएर पनि नेपाल राज्यको स्वरूप र चरित्र केन्द्रीकृत र एकात्मक भएकोले राज्य संरचनाका विभिन्न निकाय र तहमा आदिवासी जनजातिहरू समाहित हुन सकेका छैनन् । राज्यले आदिवासी जनजातिहरूलाई जाति, भाषा, धर्म, लिंग, वर्ग र क्षेत्रको आधारमा विभेद गरेको हुँदा राष्ट्रिय राजनीतिक जीवनको मूल प्रवाहबाट नेपालका आदिवासी जनजातिहरू अलग्गिएका छन् । राज्यको नीति निर्माण, नीति निर्णय र नीति कार्यान्वयनको प्रक्रियाहरूमा आदिवासी जनजातिहरूको सहभागिता नभएकोले देशको स्रोत–साधन र सामाजिक आर्थिक अवसरबाट आदिवासी जनजातिहरू वञ्चित बनाइएका छन् । फलस्वरूप नेपालका आदिवासी जनजातिहरू दिन परदिन सीमान्तकृत र गरिब बन्दै गएका छन् ।
नेपाल राज्यको तर्फबाट आदिवासी जनजातिहरूले खेप्नुपरेका अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनविरुद्ध आदिवासी जनजातिहरूले धेरै पहिलेदेखि संगठित तथा असंगठित रूपमा संघर्ष गदै आएका छन् । सन् १७७८ मा पल्लो किरातका लिम्बूहरूले भाषिक दमनविरुद्ध गरेको आन्दोलन, सन् १७९३ मा नुवाकोटका तामाङहरूले स्वशासनका लागि गरेको विद्रोह, सन् १८०८ मा भोजपुरका राईहरूले भूमि अतिक्रमण विरुद्ध गरेको आन्दोलन, सन् १८५८ मा लम्जुङका सुकदेव गुरुङ्गले स्वशासनका लागि गरेको आन्दोलन, सन् १८७६ मा गोरखामा राणाशासनविरुद्ध लखन थापाले गरेको विद्रोह, सन् १८७७ मा गोरखाकै सुपति गुरुङले गरेको राणाशासनविरुद्धको विद्रोह, सोही ताका धनकुटामा भएको दशैं बहिस्कार विद्रोह, सन् १८८५ मा नेपालमा शासकहरूले बौद्ध धर्मग्रन्थ नष्ट गरेको विरोधमा भएको आन्दोलन, सन् १९६४ मा किपत उन्मूलनविरुद्ध किरातहरूको विद्रोह, सन् १९६५ मा काठमाडौंका नेवारहरूको भाषा आन्दोलन, सन् १९७५ मा चेपाङ किसानहरूको आन्दोलन, सन् १९८८ मा काठमाडौंमा नेवारहरूले र ताप्लेजुङ्ग तथा पाँचथरमा लिम्बूहरूले भाषिक अधिकारको पक्षमा सुरु गरेका आन्दोलन नेपालका आदिवासी जनजातिहरूले आफ्ना जातीय, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, राजनीतिक तथा आर्थिक अधिकारका लागि थालेका महत्वपूर्ण ऐतिहासिक आन्दोलन हुन् । तर यी सबै आन्दोलनलाई राज्य सरकारले सजिलैसँग दमन गर्न सफल भएकोले यी आन्दोलनका प्रभाव आदिवासी जनजातिहरूबीच स्थायी रूपमा रहन सकेन ।
सन् १८औं शताब्दीको मध्यतिर नेपाल राज्यको एकीकरण भएपछि पृथ्वीनारायण शाहले नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारी भनी घोषणा गरे । तर शाह राजाहरूले सबै जाति जनजाति बसोबास गर्ने साझा फूलबारीलाई हिन्दु वर्णव्यवस्थामा आधारित जातीय संरचना (बाहुन—क्षेत्री—वैश्य—शुद्र) अन्तर्गत राखेर पहाडे बाहुन क्षेत्रीलाई जातीय मेरुदण्डको रूपमा स्थापित गराए । त्यसको अलावा, नेपाल राज्यको राजनीतिक एकीकरणसँगै सांस्कृतिक एकीकरणको रूपमा हिन्दुकरणको प्रक्रियालाई अगाडि बढाए । यस प्रक्रियाअन्तर्गत नेपालका विभिन्न जाति जनजातिलाई हिन्दु धर्म, संस्कृति, चाडपर्व, मूल्यमान्यता र सामाजिक चालचलन अपनाउन लगाइयो । आफ्नो राजनीतिक शक्तिलाई मजबुत बनाउन तथा विविध जातजातिलाई एकीकरण गर्न आफ्नो जातिको समुदायले बोल्ने नेपाली खस भाषालाई सबै जाति र जनजातिको साझा भाषाको रूपमा बोल्न लगाइयो भने गाईलाई हिन्दु धर्मको प्रतीकको रूपमा संरक्षण गर्न लगाइयो । गाई मार्न नपाइने र गाई मार्नेलाई ज्यान सजाय दिने शाही आदेश शाह राजाहरूले देशव्यापी रूपमा जारी गरे । नेपाली भाषा बोल्नुपर्ने र गाईलाई मार्न नपाइने राज्यव्यवस्था विभिन्न आदिवासी जनजातिलाई हिन्दुकरणको प्रक्रियाद्वारा नेपालको राजनीतिक एकीकरणमा समाहित गर्ने उद्देश्य पूरा गर्ने माध्यम थियो । यस्तो राज्यव्यवस्थाका कारण आदिवासी जनजातिहरूले आफ्ना राजनीतिक, भाषिक, सांस्कृतिक तथा धार्मिक अधिकार गुमाउन थाले । शाह राजाहरूको यस्तो नीतिविरुद्ध सन् १७९३ मा नुवाकोटका तामाङहरूले विद्रोह गरे ।
सन् १८४६ को कोतपर्वपछि शक्तिमा आएका राणाशासकहरूले पनि आफ्नो शासन अवधिभर हिन्दु धर्म–संस्कृतिलाई आफ्नो शासनव्यवस्था मजबुत बनाउने र दिगो राख्ने सबैभन्दा बलियो हतियारको रूपमा प्रयोग गरे । यसका लागि जंगबहादुर राणाले आफ्नो बेलायत यात्रापछि सन् १८५४ मा मुलुकी ऐन जारी गरे । जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन कुनै नयाँ कानुनहरूको संग्रह नभई हिन्दु धर्म–संस्कृतिमा आधारित सामाजिक—सांस्कृतिक चालचलन र मूल्यमान्यताको संकलनमात्र हो । यो ऐनले नेपाली समाजमा शाह राजाहरूले सुरु गरेको हिन्दू जातीय संरचनालई कानुनी मान्यता प्रदान गर्नुका साथै हिन्दु वर्णव्यवस्थाअन्तर्गत नपर्ने नेपालका आदिवासी जनजातिहरूलाई पनि ‘मासिन्या र नमासिन्या मतवाली’को संज्ञा दिँदै ती मतवाली समुदायलाई हिन्दु जातीय संरचनाको तेस्रो तहमा समावेश गरयो । यसरी जंगबहादुर राणाको मुलुकी ऐनले नेपाली समाजको वर्गीकरणमात्र नगरी जातजातिअनुसारको कार्य विभाजन र दण्ड–सजायको व्यवस्था पनि गरयो । सो ऐनअनुसार एउटै प्रकृतिका अपराध गर्ने व्यक्तिहरूलाई अपराधको प्रकृतिअनुसार दण्ड–सजाय नभएर जातको आधारमा दण्ड–सजाय गरिने व्यवस्था भयोे । उक्त ऐनले गाई मार्न नपाइने व्यवस्थालाई कानुनी मान्यता प्रदान गरयो । यस्तो कानुनी व्यवस्थाबाट गाईको मासु खाने तामाङ, शेर्पा, भोटेलगायत कतिपय आदिवासी जनजाति र मुस्लिम समुदायको परम्परागत अधिकार खोसियो भने उनीहरूको सामाजिक, सांस्कृतिक चालचलन लोप हुँदै गयो । जंगबहादुर राणाले यस्तो ऐन जारी गर्नुको मुख्य राजनीतिक उद्देश्य राज्यले निर्माण गरेको एकल हिन्दु जातीय संरचना र कानुनी व्यवस्थामा एकरूपता ल्याई सो व्यवस्था नेपालका विभिन्न भागमा बसोबास गर्ने आदिवासी जनजातिहरूलाई आफ्नो सामाजिक सांस्कृतिक हिसाबले पनि राज्यको नियन्त्रणमा ल्याउनु थियो ।
त्यसको अतिरिक्त, सन् १९३२ मा राणा शासकहरूले गोरखालीे खस नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अनिवार्य गराइदिएपछि आदिवासी जनजातिहरूको भााषिक अधिकार हनन भयो । राणा शासकहरूको स्वेच्छाचारी शासन र भाषिक थिचोमिचाविरुद्ध आदिवासी जनजातिहरूले पटकपटक विद्रोह गरेका थिए । सन् १८७६ को लखन थापाको विद्रोह, सन् १८७७ को सुकदेव गुरुङको विद्रोह तथा सन् १९२४ मा काठमाडौंका नेवारको विद्रोह राणा शासनविरुद्ध गरिएका विद्रोहका केही उदाहरण हुन् ।
राणाकालमा झैँ पञ्चायतकालमा पनि सबै आदिवासी जनजातिलाई हिन्दु धर्म–संस्कृतिको संरचनागत छाताभित्र अझै संगठित गर्ने काम भयो । राणा शासनकालको अन्त्यपछि पञ्चायतकालमा राष्ट्रियता र राष्ट्रवादको नयाँ परियोजना सुरु भयो । यो नयाँ परियोजनाको मुख्य उद्देश्य पनि आदिवासी जनजातिहरूलाई हिन्दु धर्म–संस्कृति धारण गर्न लगाएर एकल हिन्दु राष्ट्रको रूपमा नेपाली राज्य र समाजको विकास गर्ने नै रह्यो । यसका लागि पञ्चायती सरकारले सम्मिलीकरणको नीति अँगीकार गर्यो र एकरूपीय समाजको विकासमा जोड दियो । देशको राष्ट्रिय पहिचान स्थापित गर्न र समाजको विकास तथा आधुनिकीकरण गर्न नेपाली समाजमा विद्यमान सामाजिक र सांस्कृतिक विविधतालई भन्दा एकरूपताका नारालाई जबर्जस्ती अगाडि सारियो । त्यसका लागि एउटा जाति, एउटा भाषा र एउटा धर्म–संस्कृतिको एकलनीति अगाडि सारियो । मुलुकलाई संसारमै नमुनाको रूपमा प्रस्तुत गर्ने बहानामा विविध धर्मावलम्बीको देश नेपाललाई संविधानद्वारा हिन्दु अधिराज्यको रूपमा स्थापित गरियो । समाजको विविधता र बहुलतालाई दबाएर नेपालमा समानता र एकताको मिथ्या दाबी गरियो । सरकारी सञ्चार माध्यमद्वारा नेपालको सांस्कृतिक एकता नै नेपालको विकासको अपरिहार्यता हो भन्ने गलत विचारको प्रचार–प्रसार गरियो । आफ्नो जातीय पहिचान खोज्ने र विविधताको वकालत गर्ने व्यक्तिहरूलाई राजनीतिक विद्रोहीको रूपमा दण्डित गरियो । जातीय पहिचानको आधारमा बन्ने कुनै पनि जातीय संघ–संस्थाको विकासलाई निरुत्साहित गरियो । पञ्चायत सरकारको यस्तो साम्प्रदायिक नीतिका कारण आफ्नो भाषा–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चायतकालअगाडि नै जन्मिसकेका थारु कल्याणकारी संघ (१९५१), गुरुङ कल्याण संघ (१९५४) र नेपाल तामाङ समिति (१९५६) जस्ता जातीय संस्थाले पनि जातीय सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् भने अन्य जातिका संघसंस्था जन्मनसमेत सकेनन् ।
सन् १९७९–८० मा सम्पन्न जनमतसंग्रहपछि नेपालमा जातीय आन्दोलन र जातीय राजनीतिको संस्थागत विकास हुन थाल्यो । फलस्वरूप काठमाडाैंमा नेवारहरूले नेपाल संवत्को नयाँ वर्षमा भिन्तुना (शुभकामना) अभियान सुरु गरे । जनमतसंग्रहको बेला खगेन्द्रजंग गुरुङ, बखानसिंह गुरुङ, पद्मसुन्दर लावती र एमएस थापामगरजस्ता जनजाति नेताहरूले मंगोल संघ नामको साझा मोर्चा खोली जातीय आधारमा संघीय राज्यको माग अगाडि सारे । तर जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाले जितेपछि जनजाति आन्दोलन फस्टाउन सकेन । सोही ताका प्रकाशित देशान्तर साप्ताहिकजस्ता खवर पत्रिकाहरूमा शेतामगुरालि (शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू) नामक जातीय मोर्चाको गठनबारे व्यापक चर्चा–परिचर्चा उठको थियो । त्यस बेला शेतामगुरालि नामको कुनै जातीय संस्था अस्तित्वमा नरहेको कुरा त्यस बखतका जनजाति नेताहरू बताउँछन् । खगेन्द्रजंग गुरुङ र पद्मसुन्दर लावतीसँग गरिएको कुराकानीबाट थाहा भएअनुसार शेतामगुरालि जातीय मोर्चा त तत्कालीन गृहमन्त्री पद्मसुन्दर लावती र राजा वीरेन्द्रका स्वकीय सचिव रञ्जनराज खनालबीच अमेरिका जाने प्रतिनिधिमण्डलमा को–को पठाउने भन्नेबारे व्यक्तिगत विवाद परेपछि ‘लावतीलगायत राई, लिम्बू र अन्य जनजाति नेताहरू साम्प्रदायिक छन् र उनीहरू देशद्रोही हुन्’ भन्ने आरोप लगाई उनीहरूलाई दबाउन उनीहरूको नाममा राज्यले नियोजित ढंगबाट खोलिदिएको जातीय संगठनमात्र थियो । यस्तो आरोपबाहेक त्यो संगठनको अरु केही काम नभएकोले शेतामगुरालि त्यसै बिलाएर गयो । तथाापि यो संगठनले नेपालको जनजाति आन्दोलनको सन्दर्भमा यदाकदा चर्चामा पाउने गरेको छ ।
जनमतसंग्रहपछि सबै जातजातिका भाषा–संस्कृतिको संरक्षण गर्ने तथा जातीय अधिकार प्राप्त गर्ने उद्देश्यले विद्यार्थी आन्दोलनको लगत्तै पद्मरत्न तुलाधरको अगुवाइमा नेपालभाषा मंकाः खलः स्थापना भयो, जसले भिन्तुना आन्दोलन थालनी गरयो । त्यससँगै सीताराम तामाङको अध्यक्षतामा सर्वजातीय अधिकार मञ्च, गोपाल गुरुङको अध्यक्षतामा मंगोल राष्ट्रिय संघ, एमएस थापा मगरको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टी, गोपाल किराँतीको अध्यक्षतामा खम्बुवान मुक्ति मोर्चा र परि थापाको अध्यक्षतामा अखिल नेपाल जनजाति सम्मेलनजस्ता जातीय पहिचान बोकेका राजनीतिक संगठन स्थापना भए । साथै, लाङ्घाली, तमुधीं, नेपाल तामाङ घेदुङ, थकाली सेवा समिति, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समिति, शेर्पा संघजस्ता जातीय संस्था पनि जनमतसंग्रहपछि नै स्थापना भए र तिनले आ—आफ्नो जातीय भाषा, संस्कृति, धर्म संस्कारको संरक्षण संवर्धन गर्न सुरु गरे ।
क्रमशः

Thursday, 20 November 2014


अमेरिकाको ग्रीनकार्ड पाउने तीन तरिका

बासु फुलारा

        अमेरिकाको ग्रिनकार्ड पाउने एउटा तरिका हो, पोलिटिकल एसाइलम । यदि तपाई आफ्नो देशमा बस्दा जाति, वर्ण, राष्ट्रियता, धर्म, निश्चित सामुदायिक समुहको सदस्यता वा राजनीतिक आस्थाका आधारमा तपाईलाई कुनै वर्ग वा समुहबाट शोषण गरिएको, अभियोग लगाइएको , यातना दिइएको र तपाई आफ्नो देशमा बस्दा फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविश्यमा पनि तपाईल आफ्नो देशमा फर्केर जाँदा गम्भिर जोखिम उठाउनुपर्ने वा तपाईलाई उल्लेखित बुँदाहरुमध्ये कुनै एउटा बुँदाका आधारमा भविश्यमा यातना पाउन सक्ने सम्भावना र डरत्रास कायम रहेको अवस्थामा तपाईले अमेरिकामा पोलिटिकल एसाइलमका लागि आवेदन दिन सक्नुहुनेछ । यसरी आवेदन दिएपछि तपाईको आवेदन स्वीकृत भएमा तपाईले ग्रिनकार्ड पाउनुहुनेछ । सुरुमा आवेदन स्वीकृत भइसकेपछि तपाईले असाइलीको दर्जा पाउनुहुनेछ । आवेदन स्वीकृत भएको एकवर्षपछि तपाईले ग्रिनकार्ड फाइल गर्न सक्नुहुनेछ । तपाईले एसाइलमका लागि निवेदन दिंदा श्रीमति र छोराछोरीको नाम राख्नुभएको छ भने वा उहाँहरु असाइलीका रुपमा तपाईसँग अमेरिका आउनु भएको छ भने उहाँहरुले पनि ग्रिनकार्डका लागि आवेदन दिन पाउनुहुनेछ । 
       अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, विवाह । तपाईको अमेरिकन नागरिकसँग विवाह भएको खण्डमा तपाईले अमेरिकाको ग्रिनकार्ड पाउन सक्नुहुनेछ । अमेरिकन नागरिकसँग विवाह गरिसकेपछि संख्यात्मक तरिकाले ग्रिनकार्ड पाउने कुनै वार्षिक कोटाको बन्देज यसमा हुँदैन । तपाईले चाँडै ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर थाहा पाउनुपर्ने कुरा के छ भने तपाईको विवाह साँचो हुनुपर्छ । कुनै पनि जालसाजी वा ठगी गरेर विहे गरेको हुनुहुदैन । तपाईले अध्यागमनको कागजको लागि विवाह गरेको हुनुहुँदैन । तपाईको एक अर्काप्रतिको दाम्पत्य जीवनमा हुनुपर्ने माया र जिम्मेवारी हुनुपर्छ । विवाह गरेपछि दुबैजनाले वैवाहिक जीवन एकसाथ विताएको हुनुपर्छ । संक्षेपमा भन्दा विवाह सम्पूर्ण रुपमा कानुनी हुनुपर्छ ।
    अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, असाधारण योग्यता । तपाईको विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लेखित क्षेत्रमा तपाईले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धीको विस्तृत र दरिलो प्रमाण वा दस्तावेजका आधारमा तपाईले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईले आफूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लेखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ । खुशीको कुरा के छ भने तपाईले यसरी ग्रिनकार्डका लागि निवेदन दिंदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । तपाईले आफै निवेदन दिन सक्नुहुन्छ । अमेरिकाको अध्यागमन कानुन अनुशार तपाई अमेरिकामा आउँदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईले काम जारी राख्ने प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै तपाईको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ ।

 (वासु देब फुलारा न्युयोर्कमा रहदै आउनुभएका नेपाली कानुन व्यवसायी  हुनुहुन्छ । उहाले यो स्तम्भमार्फत तपाईका कानुनी समस्याहरु समाधान गर्नुका साथै अमेरिकी कानुनबारे  सामाग्रीहरु प्रस्तुत गर्दै जानुहुनेछ । तपाईका पनि कुनै जिज्ञासा छन् भने खसोखास साप्ताहिकको इमेल ठेगाना वा उहाको इमेल ठेगानामा प्रश्न पठाउन सक्नुहुनेछ । यि पाठकका जानकारीका लागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । कानुनी उपचारका लागि भने तपाईले उहा“को कानुनी कार्यालय क्षेत्री ल फर्ममा सम्पर्क राख्न सक्नुहुनेछ ।  – सम्पादक )

Tuesday, 18 November 2014

कागतीका अदभूत गुणहरू थाहा पाइ राख्नुसother


विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।

२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।

३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।

४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।

५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।

६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।

७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।

८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।

९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।

१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।

११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।

१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।

१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)  रातोपाटी

(1) राज्यको पुनःसंरचना भनेको के हो ?

(1) राज्यको पुनःसंरचना भनेको के हो ?
विश्वमा करीब २०० देशमा दुई प्रकारका शासन प्रणाली छन्, एउटा एकात्मक र अर्को सङ्घीय (सङ्घात्मक) । यी दुवैका संरचना फरक–फरक हुन्छन् । एउटा संरचना वा शासन प्रणालीले देश चलाउन गाह्रो वा अप्ठ्यारो भएमा पुनः अर्को संरचना निर्माण गर्नुपर्ने हुन्छ, जसलाई राज्यको पुनःसंरचना भनिन्छ ।
(2) एकात्मक शासन व्यवस्था कस्तो हुन्छ ?
एकात्मक शासन व्यवस्थामा संविधानतः देशको सम्पूर्ण शक्ति एउटै केन्द्रमा रहन्छ । कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (सर्वोच्च अदालत) केन्द्रीय तहमा मात्र हुन्छन् । केन्द्रको शाखा÷एकाइको रुपमा जिल्ला÷स्थानीय सरकारको व्यवस्था गरिन्छ ।
(3) सङ्घीय (सङ्घात्मक) व्यवस्था कस्तो हुन्छ ?
सङ्घीयता (सङ्घात्मक) मा सामान्यतः दुई कतै–कतै तीन तहका सरकार सङ्घीय (केन्द्रीय सरकार), प्रदेशिक÷राज्य (प्रस्तावित १४ प्रदेशका सरकार) र स्थानीय (नगर र गाउँ सरकार) हुन्छन् । तीन तहका सरकारका क्षेत्राधिकार संविधानमा नै उल्लेख गरिएका हुन्छन् । सबै तहमा सरकार तीन अङ्गहरु कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (अदालत) हुन्छन् । केन्द्रीय÷सङ्घीय सरकार साझा र सहमतिका आधारमा र राज्य÷प्रादेशिक सरकार स्वायत्त र स्वशासनका आधारमा सञ्चालन हुन्छन् । केन्द्रीय÷सङ्घीय सरकारमा सबै राज्य÷प्रदेशको प्रतिनिधित्व हुन्छ । तीन तहका सरकारबीच संवैधानिक रुपमा राज्यशक्ति, सार्वभौमसत्ता र अधिकारको बाँडफाँट हुन्छ, जुन एकपक्षीय रुपमा खोस्न सकिँदैन । सङ्घीय व्यवस्थामा जनसंख्या, भौगोलिक आकार र स्रोतहरुका आधारमा सानाठूला प्रदेशहरुको समान हैसियत हुन्छ ।
(4) राज्यको पुनःसंरचना कुन अवस्थामा गरिन्छ ?
पुरानो संविधानले काम नगरेमा वा निरङ्कुश भएमा, देशमा ठूला–ठूला जनआन्दोलन विद्रोह वा क्रान्ति भएमा, राजनीतिक अस्थिरता आएमा र बाह्य वा आन्तरिक युद्ध समाप्त भएपछिको अवस्थामा राज्यको पुनःसंरचना गरिन्छ ।
(5) प्रदेश तथा स्थानीय निकायहरु केका आधारमा निर्माण गरिन्छन् ?
प्रदेश तथा स्थानीय निकायहरु पहिचानका पाँच र सामथ्र्यका चार आधारमा निर्माण गरिन्छन् ।
पहिचानका ५ आधारहरु : जातीय÷समुदायगत आधार, भाषिक आधार, सांस्कृतिक आधार, भौगोलिक÷क्षेत्रगत निरन्तरताको आधार र ऐतिहासिक निरन्तरताकोआधार ।
सामथ्र्यका ४ आधारहरु : आर्थिक अन्तरसम्बन्ध र सामथ्र्यको आधार, पूर्वाधार विकासको अवस्था र सम्भावनाको आधार, प्राकृतिक स्रोत र साधन उपलब्धताको आधार, प्रशासनिक सुगमताको आधार ।
(6) पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले अनुमोदन गरेका १४ प्रदेशहरु कुन–कुन हुन् ?
खस–हिन्दु–आर्य जात समूहको सांस्कृतिक पहिचानमा आधारित ४ प्रदेश
१) नारायणी प्रदेश (खस–पर्वतेसहित अन्य)
२) कर्णाली प्रदेश (खस–पर्वतेसहित अन्य)
३) खप्तड (खस–पर्वतेसहित अन्य)
४) सुनकोशी प्रदेश (खस–पर्वतेसहित अन्य)
आदिवासी जनजातिको पहिचानमा आधारित ८ प्रदेश
१) लिम्बुवान प्रदेश (लिम्बूसहित अन्य)
२) किरात प्रदेश (राईसहित अन्य)
३) शेर्पा प्रदेश (शेर्पासहित अन्य)
४) नेवा प्रदेश (नेवारसहित अन्य)
५) तमुवान प्रदेश (गुरुङसहित अन्य)
६) मगरात प्रदेश (मगरसहित अन्य)
७) ताम्सालिङ प्रदेश (तामाङसहित अन्य)
८) जडान (भोटे–लामासहित अन्य)
जाति–भाषा–क्षेत्र मिश्रितमा आधारित २ प्रदेश
१) मिथिला–भोजपुरा–कोच–मधेस प्रदेश (मधेसी, तराईका आदिवासी जनजाति, मुस्लिमसहित अन्य)
२) थारुवान–लुम्बिनी–अवध (थारु, मधेसी, मुस्लिमसहित अन्य)
गैर भौगोलिक प्रदेश
१) गैर भौगोलिक प्रदेश (देशभरि छरिएका दलितहरु)
पुनश्चः प्रस्तावित प्रदेशहरुका नाम, सीमाना, दुई प्रदेश गाभ्नु परेमा, नयाँ प्रदेश निर्माण गर्नु परेमा, प्रदेशको राजधानी हेरफेर गर्नुपरेमा सम्बन्धित प्रादेशिक व्यवस्थापिकाको दुई–तिहाई बहुमतले निर्णय गर्नुपर्नेछ । प्रादेशिक सरकारले सङ्घीय÷केन्द्रीय सरकारलाई सिफारिश गर्नुपर्नेछ । सङ्घीय÷केन्द्रीय व्यवस्थापिक संसदमा दुई–तिहाई बहुमतले पारित गर्नुपर्नेछ । यदि दुई–तिहाई बहुमत नपुगेमा जनमतसङ्ग्रह गर्न सकिनेछ ।
(7) गैर भौगोलिक प्रदेश केलाई भनिन्छ ?
देशका विभिन्न भागमा छरिएर रहेका राज्यको मूलप्रवाहबाट पछाडि पारिएका वा उत्पीडनमा परेका समुदायको पहिचानका आधारमा बनाइएको शासकीय–एकाइ नै गैर भौगोलिक प्रदेश हो । कुनै भौगोलिक क्षेत्रमा आधारित नहुने वा यसको कुनै भौगोलिक सीमा नरहने भएकाले गैर भौगोलिक प्रदेश भनिएको हो । यस किसिमका प्रदेशमा सम्बन्धित समुदाय भित्रबाट निर्वाचित प्रतिनिधिहरुलाई सम्बन्धित समुदायको पक्षमा नीति तथा योजना बनाउने कार्यकारी अधिकार दिइएको हुन्छ ।
(8) विशेष संरचना भनेको के हो ? प्रस्तावित १४ प्रदेशभित्र अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत जाति, समुदाय, संस्कृतिको संरक्षण र सम्वद्र्धन कसरी हुन्छ ?
प्रदेश (राज्य) भित्र स्थापित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई ‘विशेष संरचना’ भनिन्छ ।
स्वायत्त क्षेत्र : कुनै पनि प्रदेशभित्र आदिवासी जनजातिको कुनै एक जाति÷समुदाय÷भाषाको बाहुल्य भएको सघन क्षेत्रलाई ‘स्वायत्त क्षेत्र’ भनिन्छ ।
संरक्षित क्षेत्र : कुनै पनि प्रदेशभित्रका अति अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत जाति/समुदाय/संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तोकिएको क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ भनिन्छ ।
विशेष क्षेत्र : कुनै पनि प्रदेशभित्रका स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रले नसमेटेका पिछडिएका, आर्थिक र सामाजिक रुपमा पछाडि पारिएका जाति÷समुदाय÷क्षेत्रका आधारमा स्थापना गरिने भौगोलिक क्षेत्रलाई ‘विशेष क्षेत्र’ भनिन्छ ।
(9) पहिलो संविधानसभामा प्रस्तावित स्वायत्त क्षेत्रहरु कुन–कुन हुन ?
१ कोचिला स्वायत्त क्षेत्र २ झाँगड÷उराव स्वायत्त क्षेत्र
३ धिमाल स्वायत्त क्षेत्र ४ मेचे स्वायत्त क्षेत्र
५ सन्थाल स्वायत्त क्षेत्र ६ लेप्चे स्वायत्त क्षेत्र
७ याक्खा स्वायत्त क्षेत्र ८ चेपाङ स्वायत्त क्षेत्र
९ दुरा स्वायत्त क्षेत्र १० कुमाल स्वायत्त क्षेत्र
११ दनुवार स्वायत्त क्षेत्र १२ पहरी स्वायत्त क्षेत्र
१३ थामी स्वायत्त क्षेत्र १४ माझी स्वायत्त क्षेत्र
१५ बराम स्वायत्त क्षेत्र १६ थकाली स्वायत्त क्षेत्र
१७ छन्त्याल स्वायत्त क्षेत्र १८ सुरेल स्वायत्त क्षेत्र
१९ सुनुवार स्वायत्त क्षेत्र २० जिरेल स्वायत्त क्षेत्र
२१ ह्योल्मो स्वायत्त क्षेत्र २२ व्यासी स्वायत्त क्षेत्र
यसमा छुटेका धानुक, भुजेल, ताजपुरिया, दराई, गनगाईका पनि स्वायत्त क्षेत्र प्रस्ताव गर्न सकिने अवस्था छ ।
LikeLike ·  · 
(1) सङ्घीयता भनेको के हो ?
सङ्घीयत (Federalism) ल्याटिन भाषाको (Foedus) शब्दबाट आएको हो । जसको अर्थ { Union) (संघ, एकता) र (Contract) (करार, सम्झौता) हुन्छ । सङ्घीयता भनेको केन्द्रीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारबीच सहमतिको आधारमा राज्यशक्ति बाँडफाँट तथा साझेदारी राज्य सञ्चालन गर्ने शासन व्यवस्था हो । सङ्घीयतामा केन्द्रीय सरकार साझा शासनका आधारमा सञ्चालन हुन्छ । प्रादेशिक सरकार र स्थानीय सरकार स्वशासनका आधारमा सञ्चालन हुन्छन् । सङ्घीयताले सिंहदरबारमा केन्द्रित शासन अधिकारलाई स्थानीय वडा तहसम्मका जनताले उपभोग गर्नसक्ने स्वशासन अधिकार प्रदान गर्नेछ ।
(2) सङ्घीय व्यवस्था विश्वका कुन–कुन देशमा छन ?
विश्वमा करीब २९ सङ्घीय देश छन् । एसियामा भारत, पाकिस्तान, मलेसिया, युनाइटेड अरब इमिरेटस र इराक छन् । युरोपमा स्विजरल्यान्ड, अस्ट्रिया, जर्मनी, रुस, बेल्जियम, बोस्निया र स्पेन छन् । उत्तर अमेरिकामा संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, सेन्ट किट्स र नेभिस छन् । अफ्रिकामा दक्षिण अफ्रिका, नाइजेरिया, इथियोपिया, सुडान, कङ्गो र कोमोरस छन् भने अस्ट्रेलियामा अस्ट्रेलिया छ ।
(3) विश्वमा सङ्घीयता कति प्रकारका छन् ?
विश्वमा प्रमुख दुई प्रकारका सङ्घीयता प्रयोगमा देखिन्छन् । स्थापना भइसकेका विभिन्न राज्य÷देश मिलेर बनेको सङ्घीयतालाई ‘एकआपसमा आबद्ध सङ्घीयता’ ९ऋयmष्लन त्यनभतजभच ँभमभचबष्किm० भनिन्छ । जस्तै– अमेरिका, अस्टे«लिया, स्विजरल्यान्ड आदि । एउटै देशभित्र उत्पीडनमा परेका जाति, भाषा, धर्महरुलाई विद्रोह हुन नदिन बनेको सङ्घीयतालाई ‘एकसाथ राख्ने सङ्घीयता’ ९ज्यमिष्लन त्यनभतजभच ँभमभचबष्किm० भनिन्छ ।
(4) प्रयोगका आधारमा सङ्घीयता कति प्रकारका छन् ?
विश्वमा मुख्यतया तीन प्रकारका सङ्घीयताको प्रयोग भएको देखिन्छ । पहिलो– केन्द्र शक्तिशाली भएको मिश्रित सङ्घीयता, जहाँ राज्य÷प्रदेशहरु पनि अधिकारयुक्त हुन्छन् । उदाहरणका लागि जर्मन, स्विजरल्यान्ड आदि । दोस्रो– केन्द्रको मातहतमा सहकारी ढाँचाबाट चल्ने सङ्घीयता । उदाहरणको लागि भारत । तेस्रो– एउटा केन्द्र र शक्तिशाली राज्य÷प्रदेशहरुबीच प्रतिस्पर्धामा चल्ने सङ्घीयता । उदाहरणको लागि क्यानडा आदि । नेपालको सन्दर्भमा– दह्रो केन्द्रीय नेतृत्व र व्यापक स्वायत्तता र स्वशासित राज्य÷प्रदेश सहितको सङ्घीयता उपयुक्त हुने देखिन्छ ।
(5) सङ्घीय स्वरुप कति प्रकारका छन् ?
विश्वमा प्रयोग भएका धेरै सङ्घीय स्वरुपलाई मुख्यतया तीन प्रकारको (जातीय सङ्घीयता, पहिचानजनित सङ्घीयता, प्रशासकीय÷भौगोलिक सङ्घीयता) मा विभाजन गर्न सकिन्छ ।
जातीय सङ्घीयता : जातीय सङ्घीयतामा प्रदेशको नाम र सीमाना लक्षित जातिको थातथलोका आधारमा गरिन्छ । लक्षित जातिलाई राजनीति र प्राकृतिक स्रोतमा अग्राधिकार र प्रशासनमा प्राथमिकता दिइएको हुन्छ । प्रदेशलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रदान गरिएको हुन्छ । सङ्घीय (केन्द्र) तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गठनमा जातिगत प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
पहिचानजनित सङ्घीयता : पहिचानजनित सङ्घीयतामा प्रदेशको निर्माण जातीय, भाषिक वा सांस्कृतिक र मानव बसोबास गरेको भूगोलका आधारमा गरिएको हुन्छ । सामथ्र्यलाई पनि प्रदेश निर्माणको आधार मानिएको हुन्छ । कुनै पनि जातिलाई अग्राधिकार दिइएको हँुदैन । सङ्घीय (केन्द्र) तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा प्रदेशको प्रतिनिधित्व भूगोलका आधारमा हुन्छ, जातीय आधारमा होइन ।
प्रशासकीय÷भौगोलिक सङ्घीयता : प्रशासकीय÷ भौगोलिक सङ्घीयतामा भूगोललाई आधार मानेर प्रदेश निर्माण गरिन्छ । उदाहरणका लागि वर्तमान नेपालको ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लालाई लिन सकिन्छ ।

Tuesday, 4 November 2014

युरिक एसिड : कसरी जोगिने?


dr-kapilmani-kc
कार्तिक १८ - हाम्राे शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत  केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।
शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्ा्राम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई  हाइपरयुरिसेमिया भन्छन्। हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई  गाउटी अर्थराइटिस् भन्छन्।
युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ। यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ। ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन। यस्तो अवस्थालाई  प्राइमरी गाउट भनिन्छ भने पाँंच प्रतिशतमा कुनै कारणबाट युरिक एसिड बढेको पाइन्छ। यसलाई सेकेन्डरी गाउट भनिन्छ। लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि)  सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरु षहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ।
 धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन्। सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानाैं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड  बढेको संकेत गर्छ। यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घँुडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ।
कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ। तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न  मिल्दैन। हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा आउने बिमारीको संख्या बढ्दो छ। त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन  अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हँुदैन। सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपि|mजेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ।
युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरानलगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ। सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ। त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ। तर प्रत्येक  बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन। यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्ा्रेेको अवस्थामा  युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ। माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ।
जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ। लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दहीलगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन्। यसरी सबैजसो खानेकुरा  बन्देज गर्न जरुरी पनि छैन। बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्त्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ। विशेष गरी माछा, मासु -रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्णर् रूपमा खान हुँदैन। यस्ता खाने  चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो।
युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ। यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ। यसले रगतमा यसको मात्रा कम हुन्छ। युरिक एसिडको समस्या भएका बिमारीहरूले  नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ। सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्ा्रामप्रति डेसिलिटरभन्दा कम भएको राम्ा्रो हुन्छ।
 युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ। लामो समयसम्म
रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ। युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पुर्‍याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिगि्रन सक्छ। मिर्गौलाको भित्री सानासाना कोषहरूमा युरिक  एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पुर्‍याउन सक्छ।
सुुरुसुरुको अवस्थामा मिर्गौलामा नेप|mाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ। अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ। यसलाई युरेट स्टोन भन्छन्। शरीरमा युरिक एसिड बढ्दै  गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ। यसले मुटुमा पनि केही असर देखाउन सक्छ। तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन्।
केसी मीनभवनस्थित सिभिल सर्भिस अस्पतालका सर्जन हुन्। 















Tuesday, 7 October 2014

बिहान उठ्ने बित्तिकै पानि पिउनाले के के रोग बाट छुटकारा हुन्छ ! जान्नै पर्ने कुरा

हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रिय छ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।
पानि पिउने विधि
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।
निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ। स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौ स्वस्थ रहौ।

गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ।

यी विश्व–प्रसिद्ध व्यक्तित्वहरु, जसले खान छाडे ‘माछामासु’

प्रकाशित मिति: 8:30:38 am, October 07, 2014 

4394
 
20
 
3
 
0
 
4425
 

हिटलरhitler
हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो । सम्यक भोजनको पक्षमा थिए, हिटलर । मासुबाहेक उनी तामसिक मानिने कुनै पनि खाद्य खाँदैनथे । जीवनमा उनले एकपटक मात्र चुरोट र रक्सी सेवन गरे, बाल्यकालमा स्कुलबाट निकालिएको खुसियालीमा । त्यसपछि उनले नशालु पदार्थको सेवन कहिल्यै गरेनन् । शाकाहारी हिटलर जनावरलाई अत्यन्त माया गर्थे । शाकाहारी भोजनले बल, वुद्धि, आरोग्य र शान्ति बढ्छ भन्नेमा उनी विश्वास गर्थे । उनी चकलेटका ठूला पारखी थिए ।
अल्बर्ट आइन्सटाइनalbert
अल्बर्ट आइन्सटाइन अहिलेसम्मकै बुद्धिमान् व्यक्ति मानिन्छन् । ‘ई बराबर एमसी स्क्वायर’ फर्मुला प्रतिपादन गरेर भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याइदिएका उनी जीवनको उत्तराद्र्धतिर शाकाहारी भोजनतर्फ आकर्षित भएका थिए ।
मांसाहार गर्दाताका पनि आफ्नो मन शाकाहारी नै भएको महसुस आफूलाई भएको उनले एक समय बताएका थिए । एक मित्रलाई लेखेको चिठीमा उनले भनेका थिए, ‘मासु खाँदा जहिल्यै पनि मलाई पापबोध हुने गथ्र्यो । पापबोध गर्दै मासु खानु नमज्जा हुन्थ्यो । अन्त्यमा मासु खानै छोडिदिएँ ।’
शाकाहारी भोजनको पक्षमा आइन्सटाइनका भनाइलाई शाकाहारी भोजनको पक्षमा आवाज उठाउनेहरूले गुरुमन्त्र मान्ने गरेका छन् । ‘स्वास्थ्यलाई फाइदा पु¥याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो’, एउटा सन्दर्भमा आइन्सटाइनले भनेका थिए । शाकाहारी भोजनमा प्रसन्नता र शान्ति निहीत हुने उनको भनाइ थियो ।
बिल क्लिन्टनbill
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०१० पछि शाकाहारी बनेका हुन् । उनले त्यसयता मासु मात्र नभई दुग्ध परिकार खान पनि ठ्याम्मै छोडिदिएका छन् । सन् २००४ मा शल्यक्रिया गरेपछि मासुले स्वास्थ्यलाई राम्रो गर्दैनरहेछ भन्ने उनलाई परेको थियो । अहिले उनी मांसाहार त्याग्न प्रेरित गर्ने अभियन्ता बनेका छन् । शाकाहारी भोजनले मानिसलाई दीर्घजीवी बनाउँछ भन्ने उनको मान्यता छ । ‘म हजुरबुबा भइन्जेलसम्म बाँच्न चाहन्छु । नातिनातिनाको औँला समाएर घुम्ने मेरो इच्छा छ । शाकाहारी भोजनले मेरो यस्तो इच्छा पूरा गर्ने देखेपछि मैले मांसाहार त्यागेको हुँ,’ उनी भन्छन् ।
अहिले उनी तरकारी, फलफूल, गेडागुडी सकेसम्म बढी मात्रामा खाने गर्छन् । चिज, दूधलगायत दुग्ध परिकार र माछा खान उनले छोडिदिएका छन् । विशुद्ध शाकाहारी भोजन गरेयता स्वास्थ्यमा राम्रो सुधार आएको उनी बताउँछन् । ‘रक्तपरीक्षण गर्दा सबै ठिकठाक देखिएको छ । मांसाहार गर्दाभन्दा अहिले मैले आफूलाई बलियो महसुस गरेको छु,’ उनी भन्छन् ।
माइक टाइसनmaical
शाकाहारी भोजन गर्ने खेलाडीको कुरा गर्दा सबैभन्दा पहिले आउने नाम हो, माइक टाइसन । अमेरिकाका रिटायर्ड बक्सर उनी संसारकै बलिया मानिसमा गनिन्छन् । बक्सिङमा उनले पटकपटक विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१० यता उनी शाकाहारी बनेका हुन् । ४८ वर्षीय उनी शाकाहारी भोजनले आफ्नो जीवन पूरै बदलिदिएको बताउँछन् । एक समय आफू लागू औषधको अम्मली भएको र लागू औषध छोड्नुपर्छ भन्ने महसुस भएपछि आफू शाकाहारी बनेको उनी बताउँछन् । ‘अहिले म फिट एन्ड फाइन छु । स्वास्थ्य एकदम राम्रो छ । मेरो जीवन पूरै बदलिएको छ । म लागू औषध सेवन गर्दिनँ । पहिलेजस्तो सडकमा विनाकाम हल्लिदिनँ । क्लब जाँदिनँ र माछामासु खादिनँ,’ उनी भन्छन् ।
अमिताभ बच्चनavitap bachha
बलिउड अभिनेता अमिताभ बच्चन शाकाहारी हुन् । कुनै समय आफूले मांसाहार गर्ने गरे पनि पछि शाकाहारी बनेको उनी बताउँछन् । ‘धर्म अथवा स्वास्थ्यका लागि मैले मांसाहार त्यागेको होइनँ, मासु खान त्यसै मन लागेन र छोडिदिएँ,’ उनी भन्छन् । शाकाहारी खाना उनलाई असाध्यै मिठो लाग्छ ।
पशुअधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था पेटाले सन् २०१३ मा अमिताभ र अभिनेत्री विद्या बालनलाई बलिउडका कामुक शाकाहारी कलाकारको उपाधि दिएको थियो । पेटाले गरेको सर्वेक्षणका आधारमा अभिताभलाई बलिउडको मात्र नभई एसियाकै कामुक शाकाहारी पुरुषको उपाधि दिइएको थियो । अमिताभ र विद्याबाहेक बलिउडका हेमा मालिनी, करिना कपुर, जोन अब्राहम, महिमा चौधरी, मल्लिका सेरावत आदि कलाकार पनि शाकाहारी हुन् । (नयाँ पत्रिकाबाट)
- See more at: http://www.ratopati.com/2014/10/07/172188.html#sthash.Bqy2piRU.dpuf