बासु फुलारा
अमेरिकाको ग्रिनकार्ड पाउने एउटा तरिका हो, पोलिटिकल एसाइलम । यदि तपाई आफ्नो देशमा बस्दा जाति, वर्ण, राष्ट्रियता, धर्म, निश्चित सामुदायिक समुहको सदस्यता वा राजनीतिक आस्थाका आधारमा तपाईलाई कुनै वर्ग वा समुहबाट शोषण गरिएको, अभियोग लगाइएको , यातना दिइएको र तपाई आफ्नो देशमा बस्दा फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविश्यमा पनि तपाईल आफ्नो देशमा फर्केर जाँदा गम्भिर जोखिम उठाउनुपर्ने वा तपाईलाई उल्लेखित बुँदाहरुमध्ये कुनै एउटा बुँदाका आधारमा भविश्यमा यातना पाउन सक्ने सम्भावना र डरत्रास कायम रहेको अवस्थामा तपाईले अमेरिकामा पोलिटिकल एसाइलमका लागि आवेदन दिन सक्नुहुनेछ । यसरी आवेदन दिएपछि तपाईको आवेदन स्वीकृत भएमा तपाईले ग्रिनकार्ड पाउनुहुनेछ । सुरुमा आवेदन स्वीकृत भइसकेपछि तपाईले असाइलीको दर्जा पाउनुहुनेछ । आवेदन स्वीकृत भएको एकवर्षपछि तपाईले ग्रिनकार्ड फाइल गर्न सक्नुहुनेछ । तपाईले एसाइलमका लागि निवेदन दिंदा श्रीमति र छोराछोरीको नाम राख्नुभएको छ भने वा उहाँहरु असाइलीका रुपमा तपाईसँग अमेरिका आउनु भएको छ भने उहाँहरुले पनि ग्रिनकार्डका लागि आवेदन दिन पाउनुहुनेछ ।
अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, विवाह । तपाईको अमेरिकन नागरिकसँग विवाह भएको खण्डमा तपाईले अमेरिकाको ग्रिनकार्ड पाउन सक्नुहुनेछ । अमेरिकन नागरिकसँग विवाह गरिसकेपछि संख्यात्मक तरिकाले ग्रिनकार्ड पाउने कुनै वार्षिक कोटाको बन्देज यसमा हुँदैन । तपाईले चाँडै ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर थाहा पाउनुपर्ने कुरा के छ भने तपाईको विवाह साँचो हुनुपर्छ । कुनै पनि जालसाजी वा ठगी गरेर विहे गरेको हुनुहुदैन । तपाईले अध्यागमनको कागजको लागि विवाह गरेको हुनुहुँदैन । तपाईको एक अर्काप्रतिको दाम्पत्य जीवनमा हुनुपर्ने माया र जिम्मेवारी हुनुपर्छ । विवाह गरेपछि दुबैजनाले वैवाहिक जीवन एकसाथ विताएको हुनुपर्छ । संक्षेपमा भन्दा विवाह सम्पूर्ण रुपमा कानुनी हुनुपर्छ ।
अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, असाधारण योग्यता । तपाईको विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लेखित क्षेत्रमा तपाईले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धीको विस्तृत र दरिलो प्रमाण वा दस्तावेजका आधारमा तपाईले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईले आफूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लेखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ । खुशीको कुरा के छ भने तपाईले यसरी ग्रिनकार्डका लागि निवेदन दिंदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । तपाईले आफै निवेदन दिन सक्नुहुन्छ । अमेरिकाको अध्यागमन कानुन अनुशार तपाई अमेरिकामा आउँदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईले काम जारी राख्ने प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै तपाईको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ ।
(वासु देब फुलारा न्युयोर्कमा रहदै आउनुभएका नेपाली कानुन व्यवसायी हुनुहुन्छ । उहाले यो स्तम्भमार्फत तपाईका कानुनी समस्याहरु समाधान गर्नुका साथै अमेरिकी कानुनबारे सामाग्रीहरु प्रस्तुत गर्दै जानुहुनेछ । तपाईका पनि कुनै जिज्ञासा छन् भने खसोखास साप्ताहिकको इमेल ठेगाना वा उहाको इमेल ठेगानामा प्रश्न पठाउन सक्नुहुनेछ । यि पाठकका जानकारीका लागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । कानुनी उपचारका लागि भने तपाईले उहा“को कानुनी कार्यालय क्षेत्री ल फर्ममा सम्पर्क राख्न सक्नुहुनेछ । – सम्पादक )

No comments:
Post a Comment