आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्नकुमार वान्तवाको हत्या भएको थियो ।वान्तवाको पश्चिमी इलामको इभाङ्गस्थित जङ्गलमा तत्कालीन पञ्चायती प्रहरीले हत्या गरेको थियो । उनको हत्या भएको आज ठीक ३३ वर्ष पुगेको छ । आज जिल्लामा विभिन्न कार्यक्रम गरी वान्तवाको ३३ औं स्मृति दिवस मनाइँदै छ । नेकपा एमाले र त्यसका भातृ तथा जनवर्गीय संगठन र विद्यार्थी संगठनहरुले इलाममा विभिन्न स्थानहरुमा छट्टाछुट्टै कार्यक्रमको आयोजना गरी वान्तवाको समृति दिवस मनाउँदैछन् ।
पञ्चायत विरोधी जुनसुकै तत्वलाई माटोमा मिलाउन आएको सरकारी आदेश मानिरहेका सुरक्षाकर्मीका अगाडी त्यही सरकारको विरोधी, त्यसमा पनि कम्युनिष्ट भएर जनता जगाउनु चानचुने कुरा थिएन । तर, पञ्चायती व्यवस्थाको जाँतोमा पिँधिएका तीनै जनताका लागि ज्यान दिएर सहिद रत्नकुमार वान्तवाले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा आफ्नो नाम स्वर्णीम अक्षरले लेख्न सफल भए ।
नेपाली कम्युनिष्ट आन्देलनको इतिहासमा योगदान गरेका थोरै योद्धामध्ये रत्नकुमार पनि अग्रपङ्तिमा पर्दछन् । क्रान्तिबाट मात्र परिवर्तन सम्भव देख्ने र पञ्चायती व्यवस्थाका जरो उखेल्न सकिन्छ भन्ने विश्वास लिने वान्तवा जनतालाई पनि पञ्चायतका विरुद्धमा लाग्न आह्वान गर्थे । पञ्चायतबाट प्रताडित बनेका आफन्त र नेपाली जनताको मुक्तिका लागि लड्ने वान्तवाको अनुहार उस्तै देखेर उनका काकाका छोरा बम वान्तवा र छिमेकी निमा शेर्पालाई समेत प्रहरीले हत्या गरेको थियो । इभाङ्गको जंगलमा रत्नकुमार वान्तवाले भौतिक शरीर तिलाञ्जली दिएको करिब ११ वर्षपछि नेपाली राजनीतिले अर्को मोड लियो, जुन परिवर्तन त्यतिबेला जनताको मुक्ति सावित भयो ।
रत्नकुमार वान्तवा र उनले गरेका काम
वुवा गर्जमान राई र आमा पुष्पमाया राईका कोखबाट २००८ साल चैत २७ गते इलामको चमैतास्थित चित्रे भन्ने गाउँमा गरिब किसान परिवारमा जन्मिएका वान्तवा ६ जना दाजुभाई र ६ जना दिदीबहिनीहरुमध्ये चौथो सन्तान थिए । गरीब परिवारमा हुर्किएका वान्तवाले २०२५ सालमा एसएलसी उत्तीर्ण गरेपछि केही वर्ष स्थानीय रक्से प्राइमरी स्कूलमा सहशिक्षकको रुपमा सेवा गरे ।
पछि सानीआमाको सहयोगमा धरानबाट आइ ए को अध्ययन पूरा गरी वान्तवाले काठमाण्डौमा धेरै दुःख, कष्ट र अभावकाबीच संघर्ष गर्दै आफ्नो विएड सम्मको अध्ययन पूरा गरे । २०३२ सालदेखि इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउन थाले र त्यहीँबाट कम्युनिष्ट राजनीतिमा उनको सक्रियता बढ्यो ।
यही क्रममा २०३२ साल भदौमा चमैताको चित्रे गाउँमा अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी कोअर्डिनेशन इलाम जिल्ला कमिटी माले गठन गर्न सक्रिय रहे र इलामका मामा गणेश राईका घरबाट रातारात माओ, मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्ट नेताका तस्विरहरु र पुस्तकहरु चित्रेमा ओसार्ने काममा व्यस्त रहे ।
हाल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल “नरेश” को नेतृत्वमा गणेश राई “रविन”, भक्त देवान “मालेसया” रत्नकुमार वान्तवा “महेश” रहेको एक कमिटी गठन भयो । २०३२ मा रत्नको सक्रियतमा पार्टीको मुखपत्र “कम्युनिष्ट” स्टेनसिलमा काटेर प्रकाशित गरिएको थियो । जब झलनाथ खनाल गिरफ्तारीमा परे त्यसपछि पार्टी सचिवको जिम्मा रत्नले लिएका थिए ।
२०३३ फागुनमा इलाम जिल्ला कमिटी क्रान्तिकारी कोअर्डिनेशन कमिटी “माले” पुनर्गठन गरी रत्नकुमार वान्तवा सचिव र गणेश राई, धनकुमार थुलुङ्ग, बसन्त पराजुली सदस्य रहे ।
पछि रत्नले झापाको आफ्नो जमिन १९ हजार रुपियाँमा बिक्री गरी पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसबेला चलेको वुर्जुवा शिक्षा बहिस्कारको अभियानमा सक्रिय वान्तवाले २०३५ जेठमा आफ्नै नेतृत्वमा मोहनकुमार “कृष्ण”, बम वान्तवा, डिल्लीप्रसाद र पदम राई समेतको पाँच जनाको टोलीले भियतनामी गुरिल्लाहरुले गरेको सुरुङ्ग युद्धबाट प्रभावित भई चमैताको चित्रे गाउँमा आफ्नै घरमा सुरुङ्ग खन्न शुरुवात गरे ।
पुष ११ मा नेकपा “माले” को स्थापना भई रत्न संस्थापक केन्द्रिय सदस्य बने । २०३५ मा सुरुङ्ग भएको थाहा पाएर प्रहरीले घरमा छापा मार्न शुरु गरेको थियो । २०३५ माघ २६ र २७ गते तत्कालीन नेकपा “माले” इलामको पहिलो जिल्ला सम्मेलन रत्नको घरमा सम्पन्न भयो । त्यसबाट रत्नकुमार वान्तवा सचिवमा र ध्वज बिक्रम राई, कुमार तिवारी, लोकबहादुर लिम्बू, र जीवन मगर सदस्य भए ।
२०३५ फागुन २० गते सुखानी काण्डमा मारिएका पाँच शहिदको स्मृति दिवसको अवसरमा जिल्लाब्यापी वालिङ्ग, पोष्टरीङ्ग र पर्चा वितरण कार्य वान्तवाको अगुवाईमा भएको थियो ।
यसरी गरिएको थियो वान्तवाको हत्या
चैत २७ मा जन्मिएर चैत २७ मानै दिवंगत हुँदा ठ्याक्कै २७ बर्ष पुगेको दिन नौलो संयोग भयो । क्रान्तिकारी रत्नकुमार तीन महिनाअघि मात्र नेकपा मालेका केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीले खटाएअनुसार ताप्लेजुङ्ग यात्रा तय गरी हिँडेका थिए ।
रत्न, सुशिला श्रेष्ठ, ‘कल्पना’ निरमाया राई रत्नको जन्म घर चमैताबाट इभाङ्ग पुगेको तीन दिन भएको थियो । अघिल्लो दिन उनकै मावली घर इभाङ्गमा बैठक गरेर पार्टीको जिम्मेवारी बाँडफाँड गरी भोलीपल्ट तीन जनाको टोली ताप्लेजुङ्ग पुग्नै पर्ने थियो । बिहान उज्यालो हुनुअगावै हिँडेका उनीहरुले घरबाट केही तल पुगेपछि मान्छे बोलेको जस्ता आवाज सुने । १०/१५ जनाको समुहमा रहेका मान्छे देख्दा स्थानीय बासिन्दा हुन् वा प्रहरी, उज्यालो भइनसकेकाले ठम्याउन सकेनन् ।
समूहमा रहेकाहरुले हातमा लामालामा लाठी बोकेको देखेपछि आफूहरु सशंकित हुनु स्वभाविक नै थियो । नभन्दै उ त्यही हो रत्नकुमार भन्ने आवाज आएलगत्तै प्रहरीको घेरामा पर्दा मात्र आफूहरुले प्रहरी रहेछ भन्ने थाहा पाए । उम्किने कुनै अवसर नै थिएन ।
वान्तावालाई एक जना खाइलाग्दो प्रहरीले अँठ्याएर समातेको थियो । तैपनि उम्किन प्रयास गरिरहेका थिए । सँगै रहेकी सुशीलालाई भने त्यस बेलासम्म पनि प्रहरीले पक्रेका थिएनन् । त्यही मौका छोपेर सुशीलाले रत्नलाई समात्ने प्रहरीको हातमा लाठीले बेस्सरी बजारेपछि रत्नकुमार प्रहरीबाट उम्किन सफल भए । एक छिनमै ड्याम गोली चलेको आवाज आयो । उम्किएर भाग्न खोज्ने रत्नकुमार त्यही ढले । भाग्न प्रयास गरिरहेका सुशिलालाई पनि त्यही गोली हानियो । सुशिलाको झोलाबाट सल निकालेर पानी-पानी भनेर कराइरहेका रत्नलाई बाँधियो । केही मुनीको लामो ढुङ्गामा शरीरभर रगताम्य सुताइएका रत्नले आफ्नो जीवनको अन्तिम श्वास त्यही फेरे । सुशीलाको भने पुरै होस हराएको थिएन । एक कुशल सहयोद्धा र नेताको प्राण आफ्नै अगाडि गएको देखीरहेकी उनलाई पनि बाँच्ने आशा थिएन ।
रत्नको सव इलाम सदरमुकाम ल्याउनका लागि त्यहीँका केही मानिसलाई बोकाएर प्रहरीहरु हिँडे । सुशीलाको पनि शरीरभर रगत लतपतिएको थियो । उनको पनि हात बाँधियो र त्यहाँबाट हिँडाइयो । केही तल पुगेपछि रत्नको शव बाटोमा राखेर प्रहरीहरु एक वडाध्यक्षको घरमा खानाखाने सुरमा ओर्लिए । सबैले पोशाक खोले, बन्दुक भुईंमा राखे । सुशीलाको पनि हात खोलियो । सकेसम्म दुश्मनको पञ्जाबाट भाग्ने प्रयास गरीरहेकी सुशीलाले प्रहरीहरुलाई झुक्याएर त्यही मौकामा बाटो तताईन् । सुशीला भागेको केही क्षणपछि पत्तो पाएका प्रहरीले उनको खोजी गरे । सारा जङ्गल खोज्दा पनि सुशीला कतै भेटिइनन् ।
जथाभावी फायरिङ गर्दै खोजतलास गर्दा पनि उनको कतै पत्तो नलागेपछि जङ्गलमा आगो लगाईयो । चैतको खडेरीमा एकै क्षणमा जङ्गल खरानी भयो । ज्यान जोगिने आशा नै नभएर सुरक्षित ठाउँको खोजी गरिहेकी सुशीला भने खोला, खोल्सा र भीरपाखामा लुक्दै आगो र मृत्युसँग संघर्ष गरिरहेकी थिईन् । एकातिर आफ्नो ज्यानको खतरा, अर्कातिर आफ्नो नेता गुमाउँदाको दृष्य, त्यसमाथि पनि आगोसँग संघर्ष गर्नुपर्ने । भोक र प्यासले छटपटाएकी सुशीलाले खोल्सीको पानी पिउँदा पनि घाँटीबाट तल जान सकेन ।
खेदिएको मृगझैं कता जाँदैछु भन्ने उनलाई केही अत्तोपत्तो थिएन । धेरैबेर भागेपछि जङ्गलको केही खाली भाग भेटेर ज्यान बचाउन सकेकी उनको त्यो दिन जङ्गलमै बित्यो । जङ्गल सबै जलेपछि सुशीला पनि त्यही जलेर मरिसकेकी भन्ने लागेर प्रहरीले उनको शव खोजे । उनलाई जीउँदो र मृत फेला पार्न सकेनन् ।
सुशीला त्यहाँबाट हिँडेर एउटा झुप्रोमा पुगिन् । त्यहाँ पनि अघि भाग्ने केटी तैं होईनस् ? भागिहाल्छेस् की प्रहरीलाई खबर गरुँ ? भन्ने जवाफ आएपछि त्यहाबाट हिँड्नुको विकल्प रहेन । पानीकै भरमा तीनरात हिँडेपछि उनी इभाङ्गकै एउटा घरमा पुगिन् । जुन घरमा उनीहरु यसअघि पनि बैठक गर्थे । त्यहाँ पुगेर फेरी आफ्नो सहयोद्धसँग भेट गरिन् ।
यता रत्नको शवलाई इलाम बजार ल्याएर पञ्चायतको विरोध गर्नेको यही हविगत हुन्छ भन्दै बजारभर घुमाईयो र एक ठाउँमा लगेर गाडियो । त्यतिबेला पनि उनको परिवार भने रत्नको हत्याप्रति अनभिज्ञ नै थियो । पञ्चायती व्यवस्था नै भएको कारण पार्टी पूर्वी कमाण्ड र केन्द्रले पनि उनको हत्याको खोजबिन गर्न सकेन । अहिले पनि उनको योगदानप्रति पार्टीले चासो नदिएको परिवारले गुनासो गरिरहेका छन् ।

राम योङ्हाङ
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- पत्रकार महासंघलाई आर्थिक सहयोग नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल पत्रकार महासंघ इलामको निर्माणाधिन भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुहुने भएको छ । अध्यक्ष खनालले पत्रकार महासंघलाई संसद विकास कोष मार्फत ५० हजार रुपैंया दिने आज इलाममा आयोजित एक कार्यक्रमकाबीच घोषणा गर्नुभयो । महासंघको तीन तले भवन निर्माणाधीन रहेकोमा अव एक...
- चार महिनामा शान्तिप्रकृया टुङ्ग्याइन्छ-खनाल इलाम/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्धारित समयभित्र संविधान निर्माण गर्न र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सवैले एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । लडाकूहरुको समायोजन र संविधान निर्माण गर्न सकिए संक्रमणकालको अन्त्य हुने उहाँले बताउनुभयो । आफ्नो जन्मगाउँ इलामको साँखेजुङ्गमा आज नेकपा एमाले गाउँ कमिटीले आयोजना गरेको...
- चटयाङले एकै परिवारका तीन घाइते इलाम नगरपालिका-७, स्थित धोविधारामा गएराति परेको चट्याङले लागेर वालिकासहित एकै परिवारका तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा चार वर्षीया बालिका रुबिना राई, उनका बाबु २३ बर्षीय बिजय राई र आमा २२ बर्षीया रोष्ना राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय सुरेश मास्केको घरमा डेरा लिई बसेका...
- सरकारले पौडेलमाथिको मुद्दा फिर्ता लिने भएपछि कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम फिर्ता भरतपुर कारागारमा भएको आक्रमण पछि उपचारका क्रममा निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथिको ज्यान मुद्धा सरकारले फिर्ता लिने भएको छ । नेपाली कांग्रेसको दबाबपछि सरकारले पौडल र उनीसँगै जेलमा परेका काँग्रेस कार्यकर्ताको मुद्दा फिर्ता लिने भएको हो । सोमबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर मुद्दा फिर्ताको प्रक्रिया सुरु भइसकेको जानकारी...
- पुराना नामहरु हराउँदै ‘संविधान’, ‘संघीय’ जस्ता राजनीतिका चलनचल्ती शब्दहरु मानिसको नामसँग जोडिन थालेका छन् । समय अनुसार अहिले पुरोहितको होइन, आफूले चाहेका नाम जुराउने चलन बढ्दै गएको छ । बच्चाको नाम राख्ने चलनमा आएका यस्तो परिवर्तनले नेपाली पुराना प्रचलित नामहरु हराउँदो अवस्थामा छन् । पेशाले पत्रकारिता गरी आएका झापा, दमक-११ का कमन देवानले...
बर्गिकरण: फिचर, महत्वपूर्ण