Tuesday, 27 May 2014

पेट तथा आन्द्रा को क्यान्सर का लक्षणहरु बेलैमा थाहा पाई राखौं

पेट तथा आन्द्रा को क्यान्सर का लक्षणहरु बेलैमा थाहा पाई राखौं ,
(शेयर गरेर अरुलाई जानकारी गराउन कहिल्यै नभुल्नु होला
)
१) थकान
२) कमजोरी
३) स्वास प्रश्वासमा अब्ठ्यारो वा दम
४) पालतो, अनियमित र पटक पटक दिसा लाग्नु
५) दिसामा रगत वा गाडा रगत देखा पर्नु
६) थौरै तथा पटक पटक दिसा लाग्नु
७) तौल घट्दै जानु आदी
यि मध्ये सबै वा केही लक्षण हरु देखा परेमा यथासक्य छिटो स्वास्थ्य जाँच गराऔं

माछा, मासु कस्तो र कती खाने

     हुन त पौष्टिक दृष्टिकोणले माछामासु पोषिलो खाना हो । तर आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रका रको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरुले मासु खादा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । साधारणतया मासु प्रोटिनको राम्रो स्रोत भएतापनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुनसक्छ ।


रातो मासु अर्थात खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि मात्र खराब चिल्लो बन्छ । त्यसैले मासु खादा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरुमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायमा सांस्कृतिक प्रचलन र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएको हुन्छ । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ग्रिल्ड, बेक वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी विभिन्न अंगका मासु जस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ । यी अंगका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई र केही मात्रामा भिटामिन बी पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु फोहरको रुपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ । यस्तै रातो मासु हाली बनाएको ससेज जस्ता परिकारमा लामो समय संरक्षण गर्न प्रिजरभेटिभ राख्ने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ ।े रातो मासु प्रोटिनको स्रोत भएपनि स्वास्थ्यको दृष्टिकोणले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाही थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासु भन्नाले कुखृुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु, पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोहि भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी छालासहित कुखुराको खुट्टा, पखेटा, साप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउदा र छाला निकाल्दा तृप्त फ्याटी एसिड कम हुन्छ । ग्रिल, बेकगरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । किनकि छालाले मासु नरम राख्नुका साथै तृप्त फ्याटी एसिड पनि हट्ने हुन्छ । यस्तै कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेस, हटडग पनि स्वस्थकर हुँदैनन् ।

चराचुरुङ्गीको प्रकारअनुसार पनि चिल्लोको प्रतिशत फरक फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालको चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारको मासुमा तृप्त फ्याटी एसिड कम भएतापनि उपयुक्त पकाउने विधि छनोट गर्न सकेमा, स्वस्थकर र सफा वातावरणमा उत्पादन भएको चराचुरुङ्गीको मासु उपभोग गर्न सकेमा अस्वस्थकर मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले मासु भन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्वहरु प्रशस्त हुन्छ । खासगरी यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरु पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओगेमा–३ फ्याटी एसिड पनि हुन्छ ।Raw-Meat-1
जया प्रधान, पोषणविद्
केही माछा (सेलफिस)मा कोलेस्टेरोलको मात्रा बढी हुने भएकोले प्रायः खानामा संलग्न गरिदैन । तर (सेलफिसमा कोलेस्टेरोलको मात्रा धेरै भए तापनि तृप्त फ्याटी एसिडको मात्रा कम हुने भएकाले भोजनामा यसलाई परहेज गर्न जरुरी पर्दैन । यस्तै माछा पखाल्दा, काट्दा तथा पकाउदा सावधानी अपनाउन सकेमा हानिकारक कीटाणु पनि नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुको साथै यसमा पाईने ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ । ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकोले मुटुसम्बन्धी समस्यालाई कमगर्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ ।

माछा र ओमेगा–३ फ्याटी एसिड

माछामा चिल्लोको परिमाण विशेषत फ्याटी एसिड बढी हुन्छ तर प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्व प्रशस्त मात्रामा हुन्छ । जसले नियमित रुपमा माछा खाने गर्छ उसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।
माछामा स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिड प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कमगरी मुटु स्वस्थराख्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ

मेडिकल जाँचहरु किन गरिन्छ? यसका आवस्यकता र औचित्यहरु

आम जनमानसमा रोग जति जटिल भयो, त्यति नै जटिल त्यसका जाँचहरु हुन्छन् भन्ने सोचाइ रहेको पाइन्छ। प्रायजसो विरामी र उसका परिवारले रोगको पहिचान र निदानका लागि डाक्टरहरुलाई कुनै पनि कसर बाँकी नराखी हुनसक्ने सबै जाँच र उपचार गर्न दवाव दिने गर्छन्। उपचारका लागि भन्नु राम्रो कुरा हो तर रोगको जाँच भनेकै रोगको उपचार हो भन्ने जसरी आफूले देखेसुनेको भरमा यो समस्याको लागी यो, त्यो समस्याको लागी त्यो जाँच गर्ने भनेर डाक्टरहरुलाई दवाव दिनु राम्रो होइन। हाम्रो समाजमा जति धेरै जाँच गरायो त्यति राम्रो डाक्टर रहेछ भन्ने, जति महंगो जाँच गरायो त्यति राम्रो उपचार भएको मान्ने सोचाइ धेरैमा रहेको पाइन्छ। र यदि डाक्टरले आफ्नो क्लिनिकल ज्ञानका आधारमा रोगको पहिचान गरी उपचार शुरु गर्न खोजेमा उसको डाक्टरी ज्ञान र उपचारलाई नै शंकाको दृष्टिले हेर्ने गरिन्छ। यस्तो समस्या मानसिक स्वास्थ्यको क्षेत्रमा अझ बढि हुन्छ, जहाँ रोगको पहिचान र उपचार प्राय: क्लिनिकल समस्याबारे विरामी र उसका परिवारसँगको कुराकानी र विरामीको जाँच आधारमा गर्ने गरिन्छ।
मेडिकल स्कुलमा रोगको पहिचानका लागि विरामीसँग गरिने समस्याबारेको पुछताछ (हिस्ट्री/ History लिनु) र विरामीको क्लिनिकल जाँच (Physical exam/ डाक्टरले गर्ने विरामीको जाँच) लाई बढि प्राथमिकता दिनुपर्छ भनेर सिकाइन्छ र वास्तवमा त्यो ठिक पनि हो किनभने धेरैजसो रोगहरु क्लिनिकल ज्ञानको राम्रो प्रयोगबाट नै पत्ता लगाउन सकिन्छ। तर व्यवसायको नाममा हरेकजसो चोक र गल्लीमा खुलेका ल्याबहरुले हाम्रो वर्तमान मानसिकता र अवस्थालाई दर्शाउँछ। यी व्यापारिक संस्थाहरुले चिकित्सा शास्त्रमा भनिएको आधारमा भन्दा पनि व्यावसायिक लाभका लागि विभिन्न जाँचहरु गर्ने गराउने गर्छन्। अनि विरामी र रोगको उपचार नभएर जाँचको रिपोर्टको उपचार शुरु हुन्छ। “तपाईको जन्डिस थोरै बढेको छ, यो औषधी खाएर पछि फेरी जाँच्न आउनु होला।“ “तपाईको युरिक एसिड थोरै बढि देखिन्छ, यो औषधी खानुहोला।“ “तपाईको पेट दुखेको रहेछ, त्यसैले एउटा भिडियो एक्सरे र इन्डोस्कोपी गर्नुपर्छ।“ आदी आदी
त्यसोभने यी जाँचहरु के साच्चिकै आवश्यक छन् त? साधारण सस्तो औषधी पनि किन्न नसक्ने अवस्था भएको बेलामा के यस्ता जाँचहरु गराइराख्नु आवश्यक हुन्छ? साधारणतया यस्ता जाँचहरुले निम्न लिखित कुराहरुमा सहयोग पुर्याइरहेका हुन्छन्।
१. रोगको पहिचान (डायग्नोसिस/ Diagnosis) मा,
२. रोग र विरामीको अवस्थाको जानकारी दिनमा,
३. मेडिकल स्कुलहरुमा अध्ययन र अनुसन्धानमा
रोगको उपचारका लागि पहिला रोगलाई चिन्नु र बुझ्नुपर्छ। त्यसका लागि विरामीसँग समस्याका बारेमा सोधपुछ गर्ने, विरामीको क्लिनिकल जाँच गर्ने गरिन्छ र माथि भनिएजस्तै धेरैजसो अवस्थामा यो रोगको पहिचानका लागि या त काफी हुन्छ या यो यो रोगहरु हुनसक्छन् भनेर अनुमान लगाउन सकिन्छ र त्यसका आधारमा आवश्यक जाँचहरु गरेर उपचार शुरु गर्न सकिन्छ। क्लिनिकल ज्ञानका आधारमा मात्रै रोगको पहिचान गर्नसकिएको अवस्थामा अन्य जाँचहरु गराइरहनुले विरामी र उनको परिवारमा अनावश्यक आर्थिक भार पर्नुका साथै विरामीलाई अनावश्यक खतरामा पनि पारिरहेको हुन्छ। जस्तै- एक्सरे, सिटी स्क्यान गर्दा विरामीलाई केहि मात्रामा भएपनि हानिकारक विकिरण पर्ने गर्छ। त्यस्तै इन्डोस्कोपी गर्दा खानानलीमा घाउ हुनसक्ने, प्वाल पर्नसक्ने थोरै भएपनि खतरा हुन्छ। त्यसैले जाँचहरु गराउँदा फाइदा बेफाइदा राम्रोसँग विचार गरेर मात्रै गर्ने गर्नुपर्छ, जसले गर्दा विरामीलाई अनावश्यक खतरा पनि नपुगोस्, अनावश्यक खर्च पनि नहोस् र रोगको बारेमा पनि जानकारी मिलोस्।
रोगको पहिचान गरेर उपचार शुरु गरीसकेपछि पनि रोगको अवस्थाको बारेमा जानकारी पाउन, रोगको हुनसक्ने जटिल अवस्थाहरु आएको छ छैन, रोगले भविष्यमा कुन रुप लिनसक्छ (प्रोग्नोसिस/ prognosis) भन्न जाँचहरु गर्नुपर्ने हुन्छ। जस्तै- मधुमेह रोगको पहिचान भएर उपचार शुरु गरिसकेपछि पनि नियमित रुपमा रगतमा सुगरको मात्रा हेरिरहनुपर्ने हुन्छ। तर यदि कुनै जाँचले विरामीको उपचारमा वा अवस्था बारे जानकारी दिन केहि मद्दत पुर्याउदैन भने त्यो जाँच गरेर विरामी र परिवारलाई अनावश्यक सास्ती दिनु मेडिकल इथिक्समा पर्दैन। किनभने यो पेशा व्यापार गर्ने ठाँउ होइन।
कहिलेकाहि जाँचहरु अध्ययन र अनुसन्धानका लागि गर्नुपर्ने हुन्छ। विरामीको अवस्था सुधारको लागि, रोगको उपचारका लागि ती जाँचहरुको रिपोर्टले केहि फरक पार्दैन तर भविष्यमा अन्य विरामीमा हुने यस्तै रोगहरुको उपचारको अनुसन्धानका लागि यस्ता जाँचहरुले फाइदा पुर्याइरहेका हुन्छन्। यस्ता जाँचहरु गर्दा यो कुराको जानकारी विरामीलाई गराउनुपर्छ र विरामीबाट त्यसको लिखित स्वीकृति (written consent) लिएको हुनुपर्छ। साथै विरामीलाई त्यसको आर्थिक भार पर्नु हुदैंन।
यी माथिका अवस्थाहरु बाहेक अन्य उदेश्यले गर्ने गराइने जाँचहरु अनइथिकल (unethical) हुन्। आजको टेक्नोलोजीको दुनियामा डाक्टरहरु जाँचहरुमा यति भरपर्न थालेका छन् कि उनीहरु विरामीसँगको सामान्य कुराकानीले पत्ता लाग्ने रोगहरुमा पनि अनावश्यक जाँचहरु गराउने गर्छन्। विरामीहरुसँगको छोटोमिठो कुराकानी, सान्त्वनाका केहि शब्दहरु, न्यानो स्पर्शले उनीहरुको समस्या कम गर्न र उपचार गर्न कति सहयोगी हुनसक्छ भन्ने कुरा बिर्सदै गइरहेका छन्। कति नाम चलेका डाक्टरहरुका बारेमा मैले सुनेको छु उनीहरु विरामीलाई राम्ररी हेर्दा पनि हेर्दैनन्, कुरा गर्दा पनि गाली गरेको जसरी गर्छन् र खालि जाँचहरुका रिपोर्टका आधारमा औषधी लेख्छन्। त्यस्तै पैसाको लागि डाक्टरहरु अनावश्यक जाँचहरु गराउँछन् भनेर कति आरोपहरु लाग्ने गर्छन्, जुन पूर्णरुपमा असत्य पनि होइन। विरामी र उनका परिवारसँग राम्रोसँग कुरा नगर्नु, राम्रो तरिकाले कुरा बुझाएर क्लिनिकल जाँच नगर्नु, अन्य जाँचहरुको किन आवश्यक छन्, तिनका रिपोर्ट के आयो, त्यसले विरामीको अवस्थाबारे के जनाउँछ भन्ने कुरा नबुझाउनु, उपचारका के के विकल्पहरु छन्, रोगको र औषधी उपचारको के कस्ता जटिल अवस्था खराबीहरु आउनसक्छन् भनेर जानकारी नदिनु र समग्रमा विरामीको उपचारमा विरामी र उनका परिवारलाई सहभागी नगराई रोबोटले जस्तो जाँचहरुको रिपोर्ट हेर्दै औषधी मात्रै लेख्ने गर्नाले यस्ता आरोपहरु लाग्ने गर्छन्।
जुनसुकै अस्पतालमा दिनहुँ देखिने भीडबाट अनुमान लगाउन सकिन्छ कि डाक्टरहरु कति व्यस्त हुन्छन् भनेर। तर यो कुराले विरामीसँग गर्नुपर्ने कुराकानी, जानकारी र सान्त्वनाका शब्दहरुको वार्तालापमा वाधा पार्नु हुदैंन। र यसको लागि उपभोक्ता समूह विरामी र उनका परिवारमा पनि चेतनाको आवश्यकता पर्छ। किनभने रोगको पहिचान र उपचारका लागि जाँचहरु गर्नैपर्छ भन्ने मानसिकताले राम्रो गर्छु भन्ने डाक्टरहरुलाई पनि अनावश्यक जाँचहरु गराउन दवाव पर्ने गर्छ।
(यो लेख ११ अप्रिल २०११ को 'दि काठमाडौं पोस्ट' मा प्रकाशित डा. रवि शाक्यले लेख्नु भएको 'Medical Investigations: their relevance in treatment' लेखका आधारमा लेखिएको हो। उहाँ हाल मानसिक रोग विशेषज्ञको रुपमा मानसिक अस्पताल, लगनखेल मा कार्यरत हुनुहुन्छ। यो लेख लेख्न सहयोग पुर्‍याउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यबाद्)Dr. Bhagwan Koirala
____________________________________

तपाईंलाई बाथ त भएन?

 बाथ कस्तो किसिमको रोग हो? कारण के हो? यो निको हुन्छ कि हुँदैन, यसका लक्षण के के हुन्छन् भनेर अहिले पनि हामीले बुझेका छैनौं। बाथलाई अंग्रेजीमा 'आथ्राइटिस' भन्ने गरिन्छ। तराईतिर यसलाई 'गठिया' पनि गरिन्छ।


बाथले विशेषत: मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई प्रतिनिधित्व गरेको हुन्छ। शरीरका कुनै पनि हाडजोर्नी, मांसपेशी, छाला, नसा दुखेर उत्पत्ति हुने रोग हो, बाथ। यसले हाडजोर्नीबाहेक शरीरका कुनै पनि भित्री अंग जस्तै- मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो आदिलाई पनि हानि गर्छ। बाथ एकै किसिमको हुँदैन। एउटै कारणबाट लाग्दैन। सयौं किसिमका हुन्छन्। रोगको लक्षण छुट्याई विभिन्न बाथको नामांकन र विशेषता हेर्ने गरिन्छ।

कारण

अहिलेसम्म सयौंभन्दा बढी बाथ रोग भएको पाइएको छ। कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, छुट्याएर उपचार गरिन्छ। सबै खालका बाथ कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणाली गडबडीले हुने गर्छ। अर्थात्, प्रत्येक मान्छेभित्र रोगसँग लड्ने आफ्नै किसिमको क्षमता हुन्छ। बाथले शरीरमा हानिकारक एन्टिबडिज तत्त्व उत्पत्ति गराई हाड, जोर्नी र कार्टिलेज तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग प्रतिरोधात्मक प्रणालीलाई नै दुर्बल पार्छ।

नेपालीमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खाने, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिड...को हड्डीमा हुने बाथ बढी भेटिएको छ। तीमध्ये कतिपय बाथ जीवाणु र किटाणुको संक्रमणबाट पनि हुने गर्छन्। जस्तै- क्षयरोग, भाइरल रोग आदि। कतिपय बाथ वंशाणुगत पनि हुने गर्छन् अर्थात् एकै परिवारमा धेरैजनालाई उक्त रोग भएको हुन्छ।

लक्षण

बाथ कुनै एक व्यक्तिविशेषलाई मात्रै हुने रोग होइन। यो नवजात शिशुदेखि ८०-९० वर्षको उमेरसम्मका जुनसुकै व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ। साधारणतया बाथ बढीजसो हड्डी खाने खालका हुन्छन् भने अरू मांसपेशी, छाला, आँखा, नसा तथा शरीरका भित्री अंगमै असर गरी उत्पन्न हुने बाथ पनि हुन्छन्।

प्राय: बाथका रोगी हामीसँग आउँदा दु:खाइसहित आउँछन्। प्राय: सबैमा हाडजोर्नी दुख्‍ने, सुन्‍निने, फुल्ने, समस्या देखिन्छ। बिरामीमा बिहान उठ्दा हातका औंला, जोर्नी कक्रक्क पर्ने, साह्रो हुने, मुठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भएजस्तो हुने, हिँड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ। शरीर झमझम गर्ने, मांसपेशी दुख्‍ने , ज्वरो आउने, कपाल झर्ने, चिसो पानीमा हात राख्दा छालाको रङ परिवर्तन हुने, शरीरमा रातानीला ससाना टाटा आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाँखजस्तो गालामा रातो डाम आउने, मुखमा घाउ हुने आदि हुन्छन्। उकालो-ओरालो गर्दा र भ:याङ चढ्दा हड्डी दुख्ने गर्छ। यी बाथका आआफ्ना लक्षण हुन्।

बाथ बालबालिकालाई पनि लाग्ने गर्छ। कतिपय बाथले वर्षौं पीडा दिइरहेका हुन्छन् तर तिनले शरीरलाई अरू हानि गर्दैन। तर, नराम्रा बाथले केही दिन, महिना र वर्ष दिनभित्रै हड्डी बांगिने र मुटु, मिर्गौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पु:याउँछन्। त्यसैले बाथलाई हामीले हाडजोर्नी दुख्ने रोगमात्र भनेर पनि बुझ्नु हुँदैन। यसले शरीरको कुनै अंगलाई आन्तरिक रूपमा क्षति गराइदिन सक्छ।

बाथरोगीको अवस्था

बाथरोगीको अवस्थामा अहिले धेरै फरक आइसकेको छ। धेरैजसो मानिस बाथलाई रोगको रूपमा नभई अभिशापका रूपमा बुझ्ने गर्थे। तर, अहिले रोगप्रतिको धारणा बदलिइसकेको छ र बाथ एक साधारण रोग भइसकेको छ। उपचारपछि निको हुने रोग भइसकेको छ।

विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँनयाँ औषधि र उपचार पद्धति आइसकेका छन्। यो रोगको उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुन्छन्।

यो रोगलाई हामी सजिलै चिन्न सक्छौं। समयमै उपचार यसको औषधि हो। जसले छिटो उपचार पाउँछ, उसले आफूलाई अपांग हुनबाट बचाउँछ र अरूलाई पाठ सिकाउन सक्छ।

Monday, 26 May 2014

के हो टन्सिल र टन्सिल के कारणले हुन्छ जानौ???


टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने,
थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय
यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ
हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन
प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ ।
मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय
प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने
व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य
ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस,
स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।
टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फो
इड
तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ ।
यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने
त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु
भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर
टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ ।
यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस
टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै
नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।

लक्षण
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न
गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ ।
विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ
तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ ।
पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै
लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।

उपचार
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु
पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार
औषधि सेवन गर्नुपर्छ ।
टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने
हुन्छ ।
टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल
टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस
दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण
फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल
भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण
कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस,
टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस
हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र
शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ

सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ
प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार
घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म
पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण
भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस)
अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।
यसमा दोहोरी–
दोहोरी घाँटी दुख्ने,
घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख
गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने
गर्छ । परीक्षण गर्दा टन्सिलहरु
आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र
बढी रातो देखिन्छन् ।
घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन्


उपचार
नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर
निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुन
पानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनै
पनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५
पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ ।
बालबालिकलाई अरु भित्रि असर नहोस भनेर
चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।

गर्भवती महिलाका लागि तीस टिप्स

  
१.नियमित रूपमा -प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौन सम्पर्क गरे गर्भ रहन सक्छ।

२.गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छैन ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

३. कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ।

४.गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।
५.छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।

६.गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भैरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो।

७.गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न -पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण) भए पनि अल्ट्रासाउन्ड -भिडियो एक्सरे) को आफ्नै महत्व छ।

८.आर्थिक विपन्नता वा सेवाको अभावले पटक-पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ-छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ।

९.मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ। प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक-फरक हुन्छन्।

१०.नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउँछन् भने अधिकांश -करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन्।

११.गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने -पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ।

१२.गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू -तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन्।

१३.विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ। यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ।

१४.पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरि गराउनुपर्छ।

१५.प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग -भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ।

१६.पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खाना खानुपर्छ।

१७.नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो।

१८ जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ।

१९. मधुमेह, उच्चरक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक-पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।

२०.गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको -पेट) को उचाइ बढ्छ।

२१.गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङ्गहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार -मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्।

२२.विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अङ्ग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मिन सक्छन्।

२३.गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो-छिटो लाग्ने, योनिस्राव -सेतो पानी) अलि बढी बग्ने, पिँडौला एवं जननेन्दि्रय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिँडौला बाउँडिने हुन्।

२४. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन।

२५.करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ।

२६.शिशुको टाउको बाङ्गिनु, शिशु उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भैरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिले बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्।

२७.जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी -३५ वर्ष भन्दा माथि) हुँदा, पटक-पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्‍याउनुपर्छ।

२८.सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता -२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता -२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ।

२९.उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्।

३०.पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने -सानो सूतक हुने), महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन्।

यूरिक एसिड बढ्दा के खाने ? के नखाने ?

डा. हेमराज कोइराला
रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन ।


रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ । यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्पmत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।
के खाने  ?________________________________________________________________________

१ उषाः पान (पानी पिउने)
रगतमा यूूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २÷२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।
२. चेरी ः– प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले यूुरिक एसिडलाई न्यूुट्रलाइज गर्नुुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुन बाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यृुरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४÷४ घण्टामा ३०–४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पु¥याउँछ ।
३. स्याउः– दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूुरिक एसिडलाई न्यूूट्र«लाइजेसन गर्नुुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
४. अमिला फलफूुल ः– अमिला फलफूुलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।
५. फाइवर्स फूड ः– चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ
६. ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पु¥याउछ ।
७. केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युूरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।
८. आलसको तेलः – आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।
९. ग्रीन टी ः– ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

के नखाने :_________________________________________________________________________

१. यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२. समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
३. मदिरा ः– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी,
≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।
४. कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५. दाल – गेडागुडि ः– दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।
६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुु¨ो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ ।
७. जंक फूड ः– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।
८. अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि राम्रो होइन ।

पानी : किन र कति पिउने? (अत्यन्त्य महत्व पूर्ण जानकारी)

पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्य स्वीकारेका छन्। जीवन जीउनका लागि पानी अत्यन्त महत्त्वपूर्ण तत्त्व हो। पृथ्वी र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ। तर पनि यसको महत्त्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं।हाम्रो शरीर रचनामा सर्वाधिक (६०-७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव-रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगिन नै पानी हो। हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ। पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफँै पनि संलग्न हुने, विभिन्न तत्त्वको परिवहन गर्ने/गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याहउने काम पनि पानीले नै गर्छ। एउटा बयष्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शरीरमा रहने पानीको दुई तिहाई हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ।शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानीको आवश्यकता पर्छ। जसमध्ये ७०० मिलिलिटर (मिलि)पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३००मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ।बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ।यसैगरी शरीरबाट हरेक दिन ४५०मिलि पानी छालाबाट उडेर, ४०० मिलि पानी श्वाससँगै घुलेर, १५०मिलि पानी दिशासँग मिसिएर र बाँकी पानी पिसाबका रूपमा बाहिर जान्छ।

पानी पिउनुका फाइदा


१) शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउँछ।

२) उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्त्वहरु, सोडियम, पोटासियम,क्याल्सियम, फस्फोरस जस्ता इलेक्ट्रोलाइट (नून)हरु र अन्य उत्पादनलाई निष्काशन गरी रक्त शुद्धीकरणम सहयोग पुर्याउँछ।

३) छालाको सौन्दर्यलाई जीवन्त राख्छ।माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे्रस निवारण गर्न सहयोग गर्छ।

४) पाचनपश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्त्वहरु निकाल्नका लागि पनि पानी आवश्यक पर्छ।

५)तिर्खा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त,मिर्गाैला तथा पित्तथैलीकापत्थरी,मोटोपन,जोर्नीदुख्ने,अपच,अनिन्द्रा,एसिडिटी,ग्याष्ट्रिक,अल्सर,कब्जियत,अर्स,मधुमेह,चाया,पोतो,डण्डिफोर,महिनावरीको गडबढी, श्वेतप्रदर,हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्छ।

पानी कति पिउने?

१) पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउन जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ।

२)सामान्यतया पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले ज्यादा पानी पिउन जरुरी छ।सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउन आवश्यक छ।

कसरी पिउने पानी?

१) तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन।
२) बिहान उठ्नेबित्तिकै लगभग १२०० मिलि जति पानी पिउनु स्वस्थकर हुन्छ। यसो गर्दा रातभर सुत्दा हुनसक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्छ।

३) ठोस भोजन गर्नुभन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टापछिसम्म पानी पिउन हुँदैन। भोजन निल्न कठिन भएमा १०मिलि जति पानी लिन सकिन्छ तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलतः विभिन्न प्रकारका पेटका रोग लाग्न सक्छन्।
४) राति सुत्नुभन्दा अगाडि पनी प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ।यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन।

५)यसका अलवा दैनिक १-१ घण्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ।
६) खेल्दा, कुद्दा र परिश्रम गर्नुभन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो। तर परिश्रम गरिरहेको समयमा वा श्रम पश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट (नून) हरुको सन्तुलन बिग्रन गई आपतकालीन स्थिति पनि आउन सक्छ।साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ।

७) तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं, कोल्ड ड्रिङ्क्स तथा अन्य पेय होइन।
८) पिसाबलाई पहेंलो हुन नदिउँ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।

http://www.kirayauae.org/Logo


समाचार

२०७१ जेष्ठ १० गते

यूएइमा साकेला उभौली भूम्यापुजा ५०७४ सम्पन्न

यहि मेइ २३, २०१४ का दिन किरात रार्इ यायोक्खा यूएइ मूल कार्यसमिति दुवाइ, क्षेत्रीय कार्यसमिति अवुधावी र क्षेत्रीय कार्य समिति सोनापुरको संयुक्त आयोजनामा किरात रार्इहरूको महान चाड साकेला उँभौली यलेदोङ-५०७४ दुवाइको एभरेस्ट होटेलमा भव्यताका साथ सम्पन्न.

२०७१ बैशाख ६ गते

दुबर्इमा नेपाली नयाँ बर्ष मनाउदै किराँत रार्इ यायोक्खा यूएर्इ

यहि अप्रिल १८, २०१४ मा नय वर्ष, विक्रम संवत- २०७१ सालको अवसर पारेर किरात रार्इ यायोक्खा यूएइले दुवाइ शहर अन्तर्गत रहेको जावेल पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।.

२०७० चैत्र २२ गते

दुबर्इमा जनजाति महोत्सव युएर्इ २०१३/१४ सम्पन्न

०७ मार्च/दुबर्इ, शुक्रवारका दिन किराँत राई यायोक्खा यूएर्इ मुलकार्यसमितिका वर्तमान अध्यक्ष उमेश राईलाई यायोक्खा यूएर्इले सम्मानका साथ बिदार्इ...

२०७० चैत्र ८ गते

कि.रा.यू.यूएर्इबाट सम्मानका साथ अध्यक्षलार्इ बिदार्इ

आधुनिक जीवन सैली र परिवर्तनको सिकार बन्दै गएको हाम्रो समाजमा हाम्रो मौलिक संस्कार, परम्परा र संस्कृति बचाउन निकै चुनौती पूर्ण रहेको यस अवस्थामा परार्इ भुमिमा नि...
हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोसहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली हाम्रो सहयोगी संस्था तथा ब्यक्तिहरूको नामावली
यूएर्इमा एक किराँती मन भएका नेपालीहरूको एक किराँत रार्इ साहित्यिक मञ्चको स्थापना भएको छ । जहाँ प्रबासमा रहेर नि आफ्नो लेख-रचना र श्रजनाहरूलार्इ निरन्तरता रूपमा अधि बढाउदै आएका छन । यति मात्र नभएर हाम्रा प्रवासी श्रजक मित्रहरूले पुस्तक, कबिता संग्रह, गजल संग्रह, उपन्यास इत्यादीहरू प्रकाशन गरिसकेको अवस्था छ । जसमा मुम्चे रार्इ द्धारा लेखिएको एक किलो जंगल कबिता संग्रह, सुवास संगम रार्इ द्धारा लेखिएको तथा प्रकाशित....

२०७१ बैशाख १९ गते

साकेला उँभौली यालेदुङ-५०७४

माहावंशी भूमि-पुत्र किरात रार्इहरूको माहान चार्ड साकेला उँभौली यालेदुङ-५०७४ को अवसरमा किरात रार्इ यायोक्खा यूएर्इले आगामी २०१४ मेइ २३ तारिख शुक्रवारका दिन निम्न स्थान र समयमा

२०७१ बैशाख १९ गते

जानिक रूपमा पोष्ट गरिएको जानकारी

किरात रार्इ यायोक्खा यूएइ मूल कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरू, साथै संस्थापक सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य, सल्लाहकार सदस्य, मानार्थ सदस्य, कार्यकारी सदस्य तथा साधारण सदस्यज्यूहरू

२०७१ बैशाख ४ गते

खुल्ला विज्ञप्ती

आदरर्णिय यूएर्इ बासी नेपाली दाजु-भाइ तथा दिदी-बैनीहरू, केहि समया यता देखि यूएर्इमा ब्यापकरूपले कोरोना (Corana Virus) नामक भाइरस फैलिएको कुरा

२०७० चैत्र ९ गते

दुबर्इमा नयाँ बर्षको शूभकामना सहित बनभोज कार्यक्रमको निम्तो

यहि अप्रिल १८, २०१४ (बैशाख ५ गते २०७१ साल) का दिन सफा पार्कको खुल्ला सभाहलमा हुने जानकारी गरार्इन्छ । नेपाली नयाँ वर्ष २०७१ को पावन अवसरमा...

२०७० चैत्र १० गते

आदिबासी जनजाती महोत्सब यूएर्इ २०१३/१४

आगामी महिना अप्रिल ४, २०१४ का दिन ''आदिवासी जनजाति महोत्सव-२०७०'' दुबाइ को जाबेल पार्कमा सम्पन्न गर्ने भएको हुनाले यस महोत्सवमा किराय यूएइको

यदि तपार्इहरू संग नि यस्तै किसिमको रार्इभाषाका गितहरू भए हामी संग सम्पर्क गर्नुहोला ।

Strategic Planing Icon

हाम्रो उपलब्धीहरू

हाल सम्म हामीले यूएइमा रहेर गरेको कार्यबाट हामीले पाएका सन्तुष्टि र अन्य व्यक्तिहरूले पाएको सेवा हाम्रो उपल्बधी ।

हाम्रो कार्य समिति

हाम्रो सदस्यहरूको सम्पूण जानकारीहरू यहा हुने छ ।.
Strategic Planing Icon

फोटोग्यालरी

बिभिन्न कार्यक्रमहरूको फोटोहरू यसमा लगाइने छ । कार्यक्रमको सिर्षक सहित ।
सर्वाधिकार ©२०७० किराँत रार्इ यायोक्खा यूएर्इ Websityokkha%20UAE%20Bidhan%202014.pdf