Friday, 20 February 2015



माझ किरात र पल्लो किरात ईतिहासबाट पाठ सिकौ
=============================
किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् । यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य गर्दथे । किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे । यसरी किरात चौतरियाको प्रत्यक्ष शासन त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन ।

प्रथम त यिनीहरु कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित हुँदा कदापी खुशी थिएनन् ।

दोस्रो हिन्दू धर्म अनुसार बिष्णु अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।

तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए, सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित युद्ध यात्रा अगाडि बढिरेको थियो । यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ) रावाहाङ राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र चौदण्डी(हाल उदयपुर ) राज्यका राजगुरु स्वरुप सिंह कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे । युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्, गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए । सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार, सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे । पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो । यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो । कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके । हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५ तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।
त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा, रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै ठाउँमा किरातीहरुले युद्ध हारे पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् । प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो । त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे किराती सेनाको लिम्वू सरदार र रघु राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो, त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो । किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए । कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा, किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त भयो । — with Jeki Chapcha and10 others.

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला ! (1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ? (2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ । (3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । यसप्रकारका त्रास फैलाए राईहरुलाई दशै मान्न र टिका लगाउन बाध्य बनाए । (4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए । (5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए । (6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए । (7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ । (8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लागएर शान्तिपूर्ण वार्त गर्न विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए । (9) दशैबारे हाम्रा मागहरु :- * सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस । * राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस । * हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस । * नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस । (10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो । (11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ? (12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन । (13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस ! (14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ? (15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस ! अतिहिन्दुवादीहरु स्वदेशी तथा विदेशी शक्तिहरु

आईसीआरसीले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘आइसीआरसी’ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौँ नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भण्डारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लिखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्ष पहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ । स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार सङ्गठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयम् सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो । कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठुलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ । चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या २०५० सालमा गराइयो भने ठिक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।

Saturday, 7 February 2015

श्रीमानको के कुरामा रिसाउँछन् श्रीमती ?

जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो
श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छः १. चिसो रुमाललाई बेडमा राखेर बिर्सनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ । २. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनुः जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् । ३. ‘आउँदै छु’ भन्छन् तर खाना खान आउँदैनन्ः तपाईंले बनाएको खाना मिठो भएर नै उनले तपाईंसँग विवाह गरेपनि विवाह पछि उनले यो कुरा बिर्सन्छन् । टिभी हेर्नु, मेल चेक गर्नु र खाना खाँदा पत्र–पत्रिकालाई यताउती गर्नु उनीहरुको मनपर्ने बानी हुन् । खाना चिसो भयो भनेर जतिसुकै भनेपनि उनीहरुलाई त्यो कुराको वास्तै हुँदैन । ४. आफ्नै सामानहरु थाहा नहुनुः धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् । ५. बाथरुम भित्र नै पेपर पढ्छन्, चुरोट खान्छन् र बाहिर अरुलाई कुराउँछन्ः धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने गर्दछन् । उनीहरुको यो बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै छैन । बाथरुमभित्र पिइएको चुरोटको गन्ध सबैतिर फैलिएको कुन श्रीमतीलाई राम्रो लाग्ला र ? ६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्ः श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ । ७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्ः उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै नाश्ता खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ । (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/11/28/186133.html#sthash.5HJRrZ13.gtZuz3xp.dpuf