Friday, 20 February 2015


माझ किरात र पल्लो किरात ईतिहासबाट पाठ सिकौ
=============================
किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् । यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य गर्दथे । किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे । यसरी किरात चौतरियाको प्रत्यक्ष शासन त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन ।

प्रथम त यिनीहरु कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित हुँदा कदापी खुशी थिएनन् ।

दोस्रो हिन्दू धर्म अनुसार बिष्णु अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।

तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए, सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित युद्ध यात्रा अगाडि बढिरेको थियो । यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ) रावाहाङ राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र चौदण्डी(हाल उदयपुर ) राज्यका राजगुरु स्वरुप सिंह कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे । युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्, गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए । सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार, सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे । पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो । यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो । कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके । हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५ तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।
त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा, रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै ठाउँमा किरातीहरुले युद्ध हारे पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् । प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो । त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे किराती सेनाको लिम्वू सरदार र रघु राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो, त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो । किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए । कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा, किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त भयो । — with Jeki Chapcha and10 others.

No comments:

Post a Comment