Thursday, 20 November 2014


अमेरिकाको ग्रीनकार्ड पाउने तीन तरिका

बासु फुलारा

        अमेरिकाको ग्रिनकार्ड पाउने एउटा तरिका हो, पोलिटिकल एसाइलम । यदि तपाई आफ्नो देशमा बस्दा जाति, वर्ण, राष्ट्रियता, धर्म, निश्चित सामुदायिक समुहको सदस्यता वा राजनीतिक आस्थाका आधारमा तपाईलाई कुनै वर्ग वा समुहबाट शोषण गरिएको, अभियोग लगाइएको , यातना दिइएको र तपाई आफ्नो देशमा बस्दा फेरी पनि पीडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविश्यमा पनि तपाईल आफ्नो देशमा फर्केर जाँदा गम्भिर जोखिम उठाउनुपर्ने वा तपाईलाई उल्लेखित बुँदाहरुमध्ये कुनै एउटा बुँदाका आधारमा भविश्यमा यातना पाउन सक्ने सम्भावना र डरत्रास कायम रहेको अवस्थामा तपाईले अमेरिकामा पोलिटिकल एसाइलमका लागि आवेदन दिन सक्नुहुनेछ । यसरी आवेदन दिएपछि तपाईको आवेदन स्वीकृत भएमा तपाईले ग्रिनकार्ड पाउनुहुनेछ । सुरुमा आवेदन स्वीकृत भइसकेपछि तपाईले असाइलीको दर्जा पाउनुहुनेछ । आवेदन स्वीकृत भएको एकवर्षपछि तपाईले ग्रिनकार्ड फाइल गर्न सक्नुहुनेछ । तपाईले एसाइलमका लागि निवेदन दिंदा श्रीमति र छोराछोरीको नाम राख्नुभएको छ भने वा उहाँहरु असाइलीका रुपमा तपाईसँग अमेरिका आउनु भएको छ भने उहाँहरुले पनि ग्रिनकार्डका लागि आवेदन दिन पाउनुहुनेछ । 
       अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, विवाह । तपाईको अमेरिकन नागरिकसँग विवाह भएको खण्डमा तपाईले अमेरिकाको ग्रिनकार्ड पाउन सक्नुहुनेछ । अमेरिकन नागरिकसँग विवाह गरिसकेपछि संख्यात्मक तरिकाले ग्रिनकार्ड पाउने कुनै वार्षिक कोटाको बन्देज यसमा हुँदैन । तपाईले चाँडै ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर थाहा पाउनुपर्ने कुरा के छ भने तपाईको विवाह साँचो हुनुपर्छ । कुनै पनि जालसाजी वा ठगी गरेर विहे गरेको हुनुहुदैन । तपाईले अध्यागमनको कागजको लागि विवाह गरेको हुनुहुँदैन । तपाईको एक अर्काप्रतिको दाम्पत्य जीवनमा हुनुपर्ने माया र जिम्मेवारी हुनुपर्छ । विवाह गरेपछि दुबैजनाले वैवाहिक जीवन एकसाथ विताएको हुनुपर्छ । संक्षेपमा भन्दा विवाह सम्पूर्ण रुपमा कानुनी हुनुपर्छ ।
    अमेरिकाको ग्रिनकार्ड पाउने अर्को तरिका हो, असाधारण योग्यता । तपाईको विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लेखित क्षेत्रमा तपाईले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धीको विस्तृत र दरिलो प्रमाण वा दस्तावेजका आधारमा तपाईले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईले आफूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लेखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ । खुशीको कुरा के छ भने तपाईले यसरी ग्रिनकार्डका लागि निवेदन दिंदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । तपाईले आफै निवेदन दिन सक्नुहुन्छ । अमेरिकाको अध्यागमन कानुन अनुशार तपाई अमेरिकामा आउँदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईले काम जारी राख्ने प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै तपाईको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ ।

 (वासु देब फुलारा न्युयोर्कमा रहदै आउनुभएका नेपाली कानुन व्यवसायी  हुनुहुन्छ । उहाले यो स्तम्भमार्फत तपाईका कानुनी समस्याहरु समाधान गर्नुका साथै अमेरिकी कानुनबारे  सामाग्रीहरु प्रस्तुत गर्दै जानुहुनेछ । तपाईका पनि कुनै जिज्ञासा छन् भने खसोखास साप्ताहिकको इमेल ठेगाना वा उहाको इमेल ठेगानामा प्रश्न पठाउन सक्नुहुनेछ । यि पाठकका जानकारीका लागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । कानुनी उपचारका लागि भने तपाईले उहा“को कानुनी कार्यालय क्षेत्री ल फर्ममा सम्पर्क राख्न सक्नुहुनेछ ।  – सम्पादक )

Tuesday, 18 November 2014

कागतीका अदभूत गुणहरू थाहा पाइ राख्नुसother


विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।

१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।

२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।

३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।

४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।

५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।

६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।

७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।

८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।

९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।

१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।

११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।

१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।

१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)  रातोपाटी

(1) राज्यको पुनःसंरचना भनेको के हो ?

(1) राज्यको पुनःसंरचना भनेको के हो ?
विश्वमा करीब २०० देशमा दुई प्रकारका शासन प्रणाली छन्, एउटा एकात्मक र अर्को सङ्घीय (सङ्घात्मक) । यी दुवैका संरचना फरक–फरक हुन्छन् । एउटा संरचना वा शासन प्रणालीले देश चलाउन गाह्रो वा अप्ठ्यारो भएमा पुनः अर्को संरचना निर्माण गर्नुपर्ने हुन्छ, जसलाई राज्यको पुनःसंरचना भनिन्छ ।
(2) एकात्मक शासन व्यवस्था कस्तो हुन्छ ?
एकात्मक शासन व्यवस्थामा संविधानतः देशको सम्पूर्ण शक्ति एउटै केन्द्रमा रहन्छ । कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (सर्वोच्च अदालत) केन्द्रीय तहमा मात्र हुन्छन् । केन्द्रको शाखा÷एकाइको रुपमा जिल्ला÷स्थानीय सरकारको व्यवस्था गरिन्छ ।
(3) सङ्घीय (सङ्घात्मक) व्यवस्था कस्तो हुन्छ ?
सङ्घीयता (सङ्घात्मक) मा सामान्यतः दुई कतै–कतै तीन तहका सरकार सङ्घीय (केन्द्रीय सरकार), प्रदेशिक÷राज्य (प्रस्तावित १४ प्रदेशका सरकार) र स्थानीय (नगर र गाउँ सरकार) हुन्छन् । तीन तहका सरकारका क्षेत्राधिकार संविधानमा नै उल्लेख गरिएका हुन्छन् । सबै तहमा सरकार तीन अङ्गहरु कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (अदालत) हुन्छन् । केन्द्रीय÷सङ्घीय सरकार साझा र सहमतिका आधारमा र राज्य÷प्रादेशिक सरकार स्वायत्त र स्वशासनका आधारमा सञ्चालन हुन्छन् । केन्द्रीय÷सङ्घीय सरकारमा सबै राज्य÷प्रदेशको प्रतिनिधित्व हुन्छ । तीन तहका सरकारबीच संवैधानिक रुपमा राज्यशक्ति, सार्वभौमसत्ता र अधिकारको बाँडफाँट हुन्छ, जुन एकपक्षीय रुपमा खोस्न सकिँदैन । सङ्घीय व्यवस्थामा जनसंख्या, भौगोलिक आकार र स्रोतहरुका आधारमा सानाठूला प्रदेशहरुको समान हैसियत हुन्छ ।
(4) राज्यको पुनःसंरचना कुन अवस्थामा गरिन्छ ?
पुरानो संविधानले काम नगरेमा वा निरङ्कुश भएमा, देशमा ठूला–ठूला जनआन्दोलन विद्रोह वा क्रान्ति भएमा, राजनीतिक अस्थिरता आएमा र बाह्य वा आन्तरिक युद्ध समाप्त भएपछिको अवस्थामा राज्यको पुनःसंरचना गरिन्छ ।
(5) प्रदेश तथा स्थानीय निकायहरु केका आधारमा निर्माण गरिन्छन् ?
प्रदेश तथा स्थानीय निकायहरु पहिचानका पाँच र सामथ्र्यका चार आधारमा निर्माण गरिन्छन् ।
पहिचानका ५ आधारहरु : जातीय÷समुदायगत आधार, भाषिक आधार, सांस्कृतिक आधार, भौगोलिक÷क्षेत्रगत निरन्तरताको आधार र ऐतिहासिक निरन्तरताकोआधार ।
सामथ्र्यका ४ आधारहरु : आर्थिक अन्तरसम्बन्ध र सामथ्र्यको आधार, पूर्वाधार विकासको अवस्था र सम्भावनाको आधार, प्राकृतिक स्रोत र साधन उपलब्धताको आधार, प्रशासनिक सुगमताको आधार ।
(6) पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले अनुमोदन गरेका १४ प्रदेशहरु कुन–कुन हुन् ?
खस–हिन्दु–आर्य जात समूहको सांस्कृतिक पहिचानमा आधारित ४ प्रदेश
१) नारायणी प्रदेश (खस–पर्वतेसहित अन्य)
२) कर्णाली प्रदेश (खस–पर्वतेसहित अन्य)
३) खप्तड (खस–पर्वतेसहित अन्य)
४) सुनकोशी प्रदेश (खस–पर्वतेसहित अन्य)
आदिवासी जनजातिको पहिचानमा आधारित ८ प्रदेश
१) लिम्बुवान प्रदेश (लिम्बूसहित अन्य)
२) किरात प्रदेश (राईसहित अन्य)
३) शेर्पा प्रदेश (शेर्पासहित अन्य)
४) नेवा प्रदेश (नेवारसहित अन्य)
५) तमुवान प्रदेश (गुरुङसहित अन्य)
६) मगरात प्रदेश (मगरसहित अन्य)
७) ताम्सालिङ प्रदेश (तामाङसहित अन्य)
८) जडान (भोटे–लामासहित अन्य)
जाति–भाषा–क्षेत्र मिश्रितमा आधारित २ प्रदेश
१) मिथिला–भोजपुरा–कोच–मधेस प्रदेश (मधेसी, तराईका आदिवासी जनजाति, मुस्लिमसहित अन्य)
२) थारुवान–लुम्बिनी–अवध (थारु, मधेसी, मुस्लिमसहित अन्य)
गैर भौगोलिक प्रदेश
१) गैर भौगोलिक प्रदेश (देशभरि छरिएका दलितहरु)
पुनश्चः प्रस्तावित प्रदेशहरुका नाम, सीमाना, दुई प्रदेश गाभ्नु परेमा, नयाँ प्रदेश निर्माण गर्नु परेमा, प्रदेशको राजधानी हेरफेर गर्नुपरेमा सम्बन्धित प्रादेशिक व्यवस्थापिकाको दुई–तिहाई बहुमतले निर्णय गर्नुपर्नेछ । प्रादेशिक सरकारले सङ्घीय÷केन्द्रीय सरकारलाई सिफारिश गर्नुपर्नेछ । सङ्घीय÷केन्द्रीय व्यवस्थापिक संसदमा दुई–तिहाई बहुमतले पारित गर्नुपर्नेछ । यदि दुई–तिहाई बहुमत नपुगेमा जनमतसङ्ग्रह गर्न सकिनेछ ।
(7) गैर भौगोलिक प्रदेश केलाई भनिन्छ ?
देशका विभिन्न भागमा छरिएर रहेका राज्यको मूलप्रवाहबाट पछाडि पारिएका वा उत्पीडनमा परेका समुदायको पहिचानका आधारमा बनाइएको शासकीय–एकाइ नै गैर भौगोलिक प्रदेश हो । कुनै भौगोलिक क्षेत्रमा आधारित नहुने वा यसको कुनै भौगोलिक सीमा नरहने भएकाले गैर भौगोलिक प्रदेश भनिएको हो । यस किसिमका प्रदेशमा सम्बन्धित समुदाय भित्रबाट निर्वाचित प्रतिनिधिहरुलाई सम्बन्धित समुदायको पक्षमा नीति तथा योजना बनाउने कार्यकारी अधिकार दिइएको हुन्छ ।
(8) विशेष संरचना भनेको के हो ? प्रस्तावित १४ प्रदेशभित्र अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत जाति, समुदाय, संस्कृतिको संरक्षण र सम्वद्र्धन कसरी हुन्छ ?
प्रदेश (राज्य) भित्र स्थापित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई ‘विशेष संरचना’ भनिन्छ ।
स्वायत्त क्षेत्र : कुनै पनि प्रदेशभित्र आदिवासी जनजातिको कुनै एक जाति÷समुदाय÷भाषाको बाहुल्य भएको सघन क्षेत्रलाई ‘स्वायत्त क्षेत्र’ भनिन्छ ।
संरक्षित क्षेत्र : कुनै पनि प्रदेशभित्रका अति अल्पसङ्ख्यक, लोपोन्मुख र सीमान्तकृत जाति/समुदाय/संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तोकिएको क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ भनिन्छ ।
विशेष क्षेत्र : कुनै पनि प्रदेशभित्रका स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रले नसमेटेका पिछडिएका, आर्थिक र सामाजिक रुपमा पछाडि पारिएका जाति÷समुदाय÷क्षेत्रका आधारमा स्थापना गरिने भौगोलिक क्षेत्रलाई ‘विशेष क्षेत्र’ भनिन्छ ।
(9) पहिलो संविधानसभामा प्रस्तावित स्वायत्त क्षेत्रहरु कुन–कुन हुन ?
१ कोचिला स्वायत्त क्षेत्र २ झाँगड÷उराव स्वायत्त क्षेत्र
३ धिमाल स्वायत्त क्षेत्र ४ मेचे स्वायत्त क्षेत्र
५ सन्थाल स्वायत्त क्षेत्र ६ लेप्चे स्वायत्त क्षेत्र
७ याक्खा स्वायत्त क्षेत्र ८ चेपाङ स्वायत्त क्षेत्र
९ दुरा स्वायत्त क्षेत्र १० कुमाल स्वायत्त क्षेत्र
११ दनुवार स्वायत्त क्षेत्र १२ पहरी स्वायत्त क्षेत्र
१३ थामी स्वायत्त क्षेत्र १४ माझी स्वायत्त क्षेत्र
१५ बराम स्वायत्त क्षेत्र १६ थकाली स्वायत्त क्षेत्र
१७ छन्त्याल स्वायत्त क्षेत्र १८ सुरेल स्वायत्त क्षेत्र
१९ सुनुवार स्वायत्त क्षेत्र २० जिरेल स्वायत्त क्षेत्र
२१ ह्योल्मो स्वायत्त क्षेत्र २२ व्यासी स्वायत्त क्षेत्र
यसमा छुटेका धानुक, भुजेल, ताजपुरिया, दराई, गनगाईका पनि स्वायत्त क्षेत्र प्रस्ताव गर्न सकिने अवस्था छ ।
LikeLike ·  · 
(1) सङ्घीयता भनेको के हो ?
सङ्घीयत (Federalism) ल्याटिन भाषाको (Foedus) शब्दबाट आएको हो । जसको अर्थ { Union) (संघ, एकता) र (Contract) (करार, सम्झौता) हुन्छ । सङ्घीयता भनेको केन्द्रीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारबीच सहमतिको आधारमा राज्यशक्ति बाँडफाँट तथा साझेदारी राज्य सञ्चालन गर्ने शासन व्यवस्था हो । सङ्घीयतामा केन्द्रीय सरकार साझा शासनका आधारमा सञ्चालन हुन्छ । प्रादेशिक सरकार र स्थानीय सरकार स्वशासनका आधारमा सञ्चालन हुन्छन् । सङ्घीयताले सिंहदरबारमा केन्द्रित शासन अधिकारलाई स्थानीय वडा तहसम्मका जनताले उपभोग गर्नसक्ने स्वशासन अधिकार प्रदान गर्नेछ ।
(2) सङ्घीय व्यवस्था विश्वका कुन–कुन देशमा छन ?
विश्वमा करीब २९ सङ्घीय देश छन् । एसियामा भारत, पाकिस्तान, मलेसिया, युनाइटेड अरब इमिरेटस र इराक छन् । युरोपमा स्विजरल्यान्ड, अस्ट्रिया, जर्मनी, रुस, बेल्जियम, बोस्निया र स्पेन छन् । उत्तर अमेरिकामा संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, सेन्ट किट्स र नेभिस छन् । अफ्रिकामा दक्षिण अफ्रिका, नाइजेरिया, इथियोपिया, सुडान, कङ्गो र कोमोरस छन् भने अस्ट्रेलियामा अस्ट्रेलिया छ ।
(3) विश्वमा सङ्घीयता कति प्रकारका छन् ?
विश्वमा प्रमुख दुई प्रकारका सङ्घीयता प्रयोगमा देखिन्छन् । स्थापना भइसकेका विभिन्न राज्य÷देश मिलेर बनेको सङ्घीयतालाई ‘एकआपसमा आबद्ध सङ्घीयता’ ९ऋयmष्लन त्यनभतजभच ँभमभचबष्किm० भनिन्छ । जस्तै– अमेरिका, अस्टे«लिया, स्विजरल्यान्ड आदि । एउटै देशभित्र उत्पीडनमा परेका जाति, भाषा, धर्महरुलाई विद्रोह हुन नदिन बनेको सङ्घीयतालाई ‘एकसाथ राख्ने सङ्घीयता’ ९ज्यमिष्लन त्यनभतजभच ँभमभचबष्किm० भनिन्छ ।
(4) प्रयोगका आधारमा सङ्घीयता कति प्रकारका छन् ?
विश्वमा मुख्यतया तीन प्रकारका सङ्घीयताको प्रयोग भएको देखिन्छ । पहिलो– केन्द्र शक्तिशाली भएको मिश्रित सङ्घीयता, जहाँ राज्य÷प्रदेशहरु पनि अधिकारयुक्त हुन्छन् । उदाहरणका लागि जर्मन, स्विजरल्यान्ड आदि । दोस्रो– केन्द्रको मातहतमा सहकारी ढाँचाबाट चल्ने सङ्घीयता । उदाहरणको लागि भारत । तेस्रो– एउटा केन्द्र र शक्तिशाली राज्य÷प्रदेशहरुबीच प्रतिस्पर्धामा चल्ने सङ्घीयता । उदाहरणको लागि क्यानडा आदि । नेपालको सन्दर्भमा– दह्रो केन्द्रीय नेतृत्व र व्यापक स्वायत्तता र स्वशासित राज्य÷प्रदेश सहितको सङ्घीयता उपयुक्त हुने देखिन्छ ।
(5) सङ्घीय स्वरुप कति प्रकारका छन् ?
विश्वमा प्रयोग भएका धेरै सङ्घीय स्वरुपलाई मुख्यतया तीन प्रकारको (जातीय सङ्घीयता, पहिचानजनित सङ्घीयता, प्रशासकीय÷भौगोलिक सङ्घीयता) मा विभाजन गर्न सकिन्छ ।
जातीय सङ्घीयता : जातीय सङ्घीयतामा प्रदेशको नाम र सीमाना लक्षित जातिको थातथलोका आधारमा गरिन्छ । लक्षित जातिलाई राजनीति र प्राकृतिक स्रोतमा अग्राधिकार र प्रशासनमा प्राथमिकता दिइएको हुन्छ । प्रदेशलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रदान गरिएको हुन्छ । सङ्घीय (केन्द्र) तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गठनमा जातिगत प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
पहिचानजनित सङ्घीयता : पहिचानजनित सङ्घीयतामा प्रदेशको निर्माण जातीय, भाषिक वा सांस्कृतिक र मानव बसोबास गरेको भूगोलका आधारमा गरिएको हुन्छ । सामथ्र्यलाई पनि प्रदेश निर्माणको आधार मानिएको हुन्छ । कुनै पनि जातिलाई अग्राधिकार दिइएको हँुदैन । सङ्घीय (केन्द्र) तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा प्रदेशको प्रतिनिधित्व भूगोलका आधारमा हुन्छ, जातीय आधारमा होइन ।
प्रशासकीय÷भौगोलिक सङ्घीयता : प्रशासकीय÷ भौगोलिक सङ्घीयतामा भूगोललाई आधार मानेर प्रदेश निर्माण गरिन्छ । उदाहरणका लागि वर्तमान नेपालको ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लालाई लिन सकिन्छ ।

Tuesday, 4 November 2014

युरिक एसिड : कसरी जोगिने?


dr-kapilmani-kc
कार्तिक १८ - हाम्राे शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत  केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।
शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्ा्राम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई  हाइपरयुरिसेमिया भन्छन्। हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई  गाउटी अर्थराइटिस् भन्छन्।
युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ। यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ। ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन। यस्तो अवस्थालाई  प्राइमरी गाउट भनिन्छ भने पाँंच प्रतिशतमा कुनै कारणबाट युरिक एसिड बढेको पाइन्छ। यसलाई सेकेन्डरी गाउट भनिन्छ। लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि)  सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरु षहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ।
 धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन्। सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानाैं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड  बढेको संकेत गर्छ। यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घँुडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ।
कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ। तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न  मिल्दैन। हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा आउने बिमारीको संख्या बढ्दो छ। त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन  अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हँुदैन। सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपि|mजेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ।
युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरानलगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ। सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ। त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ। तर प्रत्येक  बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन। यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्ा्रेेको अवस्थामा  युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ। माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ।
जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ। लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दहीलगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन्। यसरी सबैजसो खानेकुरा  बन्देज गर्न जरुरी पनि छैन। बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्त्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ। विशेष गरी माछा, मासु -रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्णर् रूपमा खान हुँदैन। यस्ता खाने  चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो।
युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ। यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ। यसले रगतमा यसको मात्रा कम हुन्छ। युरिक एसिडको समस्या भएका बिमारीहरूले  नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ। सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्ा्रामप्रति डेसिलिटरभन्दा कम भएको राम्ा्रो हुन्छ।
 युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ। लामो समयसम्म
रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ। युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पुर्‍याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिगि्रन सक्छ। मिर्गौलाको भित्री सानासाना कोषहरूमा युरिक  एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पुर्‍याउन सक्छ।
सुुरुसुरुको अवस्थामा मिर्गौलामा नेप|mाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ। अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ। यसलाई युरेट स्टोन भन्छन्। शरीरमा युरिक एसिड बढ्दै  गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ। यसले मुटुमा पनि केही असर देखाउन सक्छ। तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन्।
केसी मीनभवनस्थित सिभिल सर्भिस अस्पतालका सर्जन हुन्।