किराँत राई मुन्दुम, संगीत र साहित्य ।
बुलु मुकारुङ / जितेन राई ।
बुलु मुकारुङ / जितेन राई ।
विषय प्रवेश :-
किरात खम्बू राई जाति एक्काइसौं शताब्दिको पूर्व प्रभात कालमा आइ पुग्दा एउटा गहन विषय मुन्दुम अभिलेखन कार्यमा जुटेका छौं । यस कार्यले भोलिका निमित्त सन्ततिलाई आफ्नो अस्तित्व, पहिचान र गरिमा बारेमा बोध गराउने छ । प्राचीन मानव सभ्यता सँगै किराँत सभ्यताको कुरा उठाउनु पर्ने भएकोले किराँत सभ्यताका विभिन्न चरणहरु मध्ये संगीत पक्ष पनि महत्वपूर्ण एउटा पाटो हो । मानव विकास क्रम सँगै किराँत खम्बूहरुले आविस्कार र प्रयोग गर्दै आएका गीत संगीत, बाजागाजा तथा साहित्यबारे संक्षिप्त टिपोट गरिएको छ ।

मुन्दुम किराँत खम्बू राई जातिकै आदि एवं अन्त्य पहिल्याउने दर्शन शास्त्र हो । ‘मुन्दुम’ श्रुति, आख्यान र दन्त्य कथ्य परम्परा बाटै अघि बढे तापनि यस शास्त्रद्वारा किराँत खम्बु राई जातिको जीवनयापन अहिलेसम्म निर्देशित छ ।
अहिलेका नाक्छोङ, बिजुवा वा माङ्पाहरुले प्राचीन लय, भाका र तालका आधारमा ती ‘रिदुम–मुन्दुम’ हरूलाई नै पछ्याइरहेको पाइन्छ । यस अर्थमा ‘मुन्दुम’, ‘संगीत’ र ‘साहित्य’ एक अर्काका पूरक मान्नुपर्ने हुन्छ । मुन्दुमको ‘शब्द’ र ‘ध्वनी’ सुुन्दा पनि प्राच्य शब्द, शैली र भाकाहरू रहेकाले प्राचीन खम्बू किराँतीहरुका रिदुम–मुन्दुम संगीतात्मक थियो भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
रिदुम मुन्दुम बोल्दा, गाउँदा, वा फलाक्दा गरिने लयात्मक तौर तरीका साथै उठान बैठान गर्ने एक किसिमको जुन प्रविधी छ त्यो नै संगीत हो । त्यसकारण मुन्दुम र संगीत फरक गरेर आ–आफ्नो अवधारणा निर्माण गर्नु यहाँ सान्दर्भिक हुँदैन । हुन त मुन्दुम, संगीत र साहित्य पृथक अर्थ बोकेका शब्दहरु हुन् ।
किराँत खम्बु राई भन्नाले आठपहरे, कुलुङ, कोयू, खालिङ, चाम्लिङ, थुलुङ, दुमी, पुमा, बान्तावा, वाम्बुले, बाहिङ, नाछिरिङ, नेवाहाङ, याक्खा, लोहोरुङ, साम्पाङ्ग आदि पर्दछन् ।
यसभित्र पनि पाछाका धेरै हाँगाबिंगाहरु छन् । ती हाँगाबिंगाहरुमा तन्त्र मन्त्र र सूत्रहरु छन् । गीत, संगीत र नाचगानहरु छन् साथै बाजागाजाहरु छन् ।
केही बाजाहरु फलामबाट बनेका छन् । अधिकांश बाजाहरु काठ, बांस र छालाबाट बनेका छन् । केही किराँती बाजाहरु माटोबाट बनाइएका पाइन्छन् भने केही बाजागाजाहरु जनावरका सिंग (पुङ्) र हाडबाट बनाइएका पनि पाइन्छन् । अन्तरराष्ट्रिय बाजागाजा संग तुलना गर्न सकिने बाजाहरु पनि छन् ।
किराँत खम्बू राई जातिहरु प्रस्तर युगीन अवस्थाका र सभ्य जाति मानिन्छन् साथै यही युग देखि हात हतियार र बाजागाजाको प्रयोग गरिएको मानिन्छ ।
अहिले पनि चाछुवा–चामाङ चाड (खोलादेउ) मा किराँत खम्बु राई जातिले प्रयोग गर्दै आएका हातहतियार तथा बाजागाजाको लयात्मक गीतिवर्णन र पूजा नाक्छोङ, बिजुवा, माङपा द्वारा गरिन्छ ।
नाक्छोङ, बिजुवा, माङपाहरु रिदुम मुन्दुम गाउँदा प्रायः एक्लै गाएको देखिन्छ तर अन्य किराँत दाजुभाइ, दिदी बहिनीहरुले अन्य मेला पर्व र चाडमा गीत गाउँदा एकल, युगल र समूहमा स्वर मिलाएर गाएको देखिन्छ ।

खण्ड १
किराँत राई बाजाहरु :-
१. सुसेली (सुइसुइला) : किराँत राईहरुले सुसेलीलाई मीठो संगीतको रुपमा प्रयोग गरेको पाइन्छ । सुसेली कुनै वस्तुको सहायता बिना मुखले मात्रै पनि सुसेल्न सकिन्छ, भने मुखमा हातको औंला प्रयोग गरेर टाढासम्म सांकेतिक आवाज सूचना प्रवाहको निम्ति पनि प्रयोग गरिन्छ ।
२. पात (पिपिरी) : सुसेलीको प्रयोगपछि बोट बिरुवाको पातलाई दोबारेर मुखमा ओंठको सहायताले फुकेर निकालेको आवाजलाई पनि सांगीतिक रुपमा प्रयोग गर्न सकिन्छ ।
३. सिङ् (पुङ्) : किराँतीहरुले शिकारी युग देखि नै सिङ् (पुङ्) बाजाको रुपमा प्रयोग गरेको देखिन्छ । अर्ना वा त्यस्तै खाले ठूला जनावरको सिङ्लाई पनि बाजाको रुपमा प्रयोग गरेको पाइन्छ ।
४. यलम्बर : बांसबाट निर्मित विभिन्न बाजाहरु मध्ये यलम्बर बाजा किराँतीहरुको महत्वपूर्ण र मौलिक बाजा हो । जुन बाँसको दुवैतिरको आंख्ला राखी त्यसैको चोया निकालेर तन्काई बांसकै चोइटा च्यापेर बीचमा चारकुने प्वाल पारी बनाएको हुन्छ । यो बाजा सांगीतिक सभ्यताको परिचायक पनि हो ।
५. बिनायो : बिनायो बाजा पनि बांसको प्रजाति मालिङ्गो द्वारा निर्मित बाजा हो । मालिङ्गोको कप्टेरोलाई बीचमा नहर्नीले खिपेर एउटा सानो जिब्री निकालिन्छ र यसको एक छेउमा धागोको डोरीले बाँधी ओंठको छेउमा लगी श्वास (हावा) को माध्यमले बजाउने लोकप्रिय बाजा हो ।
६. मुरली : मुरली बाजा पनि मालिङ्गो वा बांसद्वारा नै बनाइन्छ ।
७. जोरमुरली : जोरमुरली मुरली जस्तै मालिङ्गो वा बांसद्वारा बनाइन्छ । दुईवटा मुरलीलाई जोडेर धागोले बाँधी बनाइन्छ, तर यसको बनावट मुरली भन्दा थोरै फरक हुन्छ । मुरलीको फुक्ने छड्के ताछेर बनाइएको हुन्छ, र प्वालहरु सिधा हुन्छ भने जोर मुरलीको फुक्ने सिधा ताछिएको हुन्छ, र यसको प्वालहरु दायां बायां छेउ छेउमा बनाइएको हुन्छ ।
८. बांसुरी : मुरली जस्तै बांसुरी पनि सुसिर वाद्य अन्तरगत कै अर्को बाजा हो तर बांसुरीमा सातवटा प्वाल हुन्छ ।
९. बिम्बिलिमा : यो बाजा बांसको जातिबाट पनि बनाइन्छ, र खासगरी सप्रेको गहुँ, जौ, उवाका नलबाट बनाइएको मुरली जस्तै फुकेर हावा द्वारा बज्ने बाजा हो । तर यो बाजा अहिले लोपोन्मुख रहेको देखिन्छ ।
१०. ढोल (केन) : किराँतीहरुको प्रमुख तालबाजा ढोल (केन) नै हो । साकेवा लाक् (साकेला नाच) मा यो बाजा प्रमुख रुपमा प्रयोग गरिन्छ । यो नेपालकै लोकप्रिय बाजा पनि हो ।
११. ढ्याङ्ग्रो : ढ्याङ्ग्रो प्रायशः धामी, झाँक्री, बिजुवा र माङ्पा साथै उनीहरुका सहयोगी केनछरुवाले प्रयोग गरेको पाइन्छ । ढ्याङ्ग्रो बजाउने गजा लेकाली बेत (कुकुर दाइने) बाट तीन ठाउँमा आगोले सेकाई बङ्याएर बनाइएको हुन्छ ।
१२. झ्याम्टा : ढोल सँग सँगै झ्याम्टा पनि साकेवा लाक् (साकेला नाच) मा बजाइन्छ । कतै कतै बिजुवा, माङपाहरुले पनि थानमा बस्दा पूजा आजा गर्दा प्रयोग गरेको पाइन्छ ।
१३. थाल : थाल विशेषतः धामी, झाँक्री, बिजुवा, माङपाहरुले धामी बस्दा, फलाक्दा र मुन्दुम मन्त्रहरुका कैरन ल्याउँदा बजाउने गरेको पाइन्छ । कतै कतै रातको समयमा एकनाशले यो थाल बाजा बजाएर जङ्गली जनावरलाई मोहित पारी शिकार गर्ने गरेको पनि पाइन्छ ।
खण्ड २
किराँती गीत संगीत, नाच र साहित्य
१. रिसिया : मानव विकासको क्रमसंगै किराँतीहरुले समाजलाई अनुशासित बनाउँदै लैजाँदा केही नियम, कानून, मुन्दुमको निर्माण गरे त्यही मुन्दुम लयात्मक ढंगले वाचन गर्ने शैली हो रिसिया वा रिसिवा ।
२. होक्छामा : यो ज्यादै पुरानो लय हो । यो लय गाएर पानी पार्ने, रुखको पात झार्ने र फूल फुलाउने जस्ता ज्यादै चमत्कारपूर्ण रहस्यात्मक कार्य गरिन्थ्यो । जसभित्र किराँत साहित्य र संगीतको प्रवल प्रभाव रहन्थ्यो ।
३. दोलोकोम्मादो : यो गीत साकेला नाच्दै हिड्दा बाटो र साकेला थान वरिपरी फुल्न लागेका फुलहरुको कोपिला फुलेर पनि ओइलि सक्यो र अब घर फर्किनु पर्छ भन्ने भाव बोकेको गीत र भाका हो ।
४. हाक्पारे : यो गीतको लय पनि ज्यादै पुरानो हो । यो लयमा पुरानो कथा, किराँत दर्शन, साहित्य र प्राकृतिक वर्णन पाइन्छ साथै मनको भावनाहरु र जीवन यापनका यावत पक्षहरुको वर्णन पनि पाइन्छ ।
५. यारी-हियारी : यो गीत विवाहको बेला केटा र केटी दुवै पक्षबीच सवाल र जवाफ (जुवारी) शैलीमा गाइने गीत हो । यो गीत सुङखीम (जन्ती-पाहुना राख्ने अस्थायी वा नयाँ घर) मा गाइने गरिन्छ । पाहुना बिदा गर्ने बेला पनि कतै कतै गाउने गरेको पाइन्छ ।
६. साइमाछाम : यो गीतमा खासगरी नारी जातिले जन्म र मृत्युबीच जीवनमा भोगेको विभिन्न पक्षहरुको व्याख्या, विश्लेषण र वर्णन गरिएको पाइन्छ । जस्तै–
नवै र महिना आमाको गर्भ
दशैँ र महिना जनमै लियौं
छ है र महिना काखैमा खेल्यौं
दुई र वर्षमा पाइला सारयौं
पाँचै र वर्षमा चोलिया लायौं
पन्ध्र है वर्षमा विहे नै भयो
बीसै र वर्षमा सामर्थ्य भयौं
........ असी है वर्षमा थपक्कै बसी
घरले जाऊ जाऊ वनले आऊ आऊ
खै मेलो सर्दैन ..................... आदि आदि ।

७. साकेवा लाक् (साकेला) : साकेवा, साकेला, साक्ले, तोषी, भूमि पूजा, आदि पर्यायवाची नामले चिनिने साकेला नाच किराँतीहरुको प्रमुख लोक नाच हो । यसका विभिन्न नाच्ने शैलीहरु छन्, जसलाई सिली भनिन्छ । गीत, संगीत र नाच सँगसँगै गरिने भएकोले यो पूर्ण साँगीतिक र साँस्कृतिक नाच हो । जसमा धेरै प्रकारका नाचिने सिलीहरु (हावभाव) छन् । जस्तै:– नारावा सिली, सुम्दि सिली, सिखी सिली, पारु सिली, मोछामा सिली, नाइमा सिली, किवा सिलाी, चाम्चा सिली, चुइमा सिली, उप्पा सिली, नाकिमा सिली, रैका सिली आदि ।
यी उल्लेखित सिलीहरुको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरु पनि यी उल्लेखित सिलीहरुको उत्पत्तिबारे प्रशस्तै कथा किंवदन्तिहरु पनि छन् । राई किराँतीहरु पितृ र प्रकृति पूजक भएका हुनाले पितृ र प्रकृतिकै सेरोफेरोमा रहेर जन्म देखि मृत्यु सम्मका जीवनका भोगाइहरुबाट विविध सिलीहरु उत्पत्ति भएको छ । जसले किराँतहरुले जीवनभरी समाजमा रहँदा के के गर्छन्, कस्तो कस्तो खान्छन् र कस कसलाई पूज्छन् पुकार्छन्, यी सबैको वर्णन गीतमा हुन्छ, भने नाचमा यी सबै हाउभाउहरु प्रदर्शन गरिन्छ ।

८. अन्य नाच र गीतहरु : रिसिया, लौलौके भाका, झ्याउरे, चुट्के, ख्याली भाका, दम्के गीत, होप्माछाम लय आदि ।
यस बाहेकका लोप हुने अवस्था र लोप भइ सकेका गीत, संगीत, भाका, लय, बाजागाजा र किराँती लोक साहित्य, लोक कथा, उखान टुक्काहरुको खोज अनुसन्धान र अभिलेखन गरिनु जरुरी छ । ठाउँ, स्थान र भेक अनुसारका हराउँदै गइ रहेका भाका र बाजाहरु, भाषा र साहित्य, मन्त्र र मुन्दुमहरु संकलित गरिनु नितान्त आवश्यक छ । जसबाट राई किराँती खम्बुहरुले जीवन यापन गर्ने संस्कृति र सभ्यताको विकास गर्दै लैजाने छन् ।

श्रोत:- kiratraiyayokkha.com बाट साभार ।

No comments:
Post a Comment