१० बर्शे जनयुद्ध र त्यसको सफलताले मात्तिएका प्रचन्ड,बाबुराम हरुले न त सहयोद्धाका कुरा सुन्ने चेश्टा गरे न त ति सहिद् अनी बेपत्ता परिवार,जनयुद्ध लड्ने र जित्ने अयोग्य लडाकुहरु र आम नेपाली जनताको परिवर्तन प्रतिको आसा,भरोसालाई नै पुरा गरे। गरे त केवल आफ्नो बिलासित्ताको जीवनका आवश्यकताहरु पुरा गरे अनी तिनै बिलासित्ताका प्रचार प्रसारले जनताको मन खिन्न बनाए। सत्य त्यो के हो भने हामी २०५१ साल तिर फर्कदैछौ त्यसमा काङ्रेस होला या एमाले तर प्रचन्ड बाबुरामहरु हामी सर्बहारा नेपालीको प्रतिनिधित्व गर्दै जनताको संबिधान बनाउन सक्नेछैनौ सक्यौ भने फेरी उही २०४७ को जस्ताइ केही फरक राजा बिनाको काङ्रेस र एमाले ले भनेजस्तो पुजिवादिहरुको बनाउला अनी उसोहोभने जनयुद्ध के का लागि थियो त? अनी परिवर्तन र सर्बहाराबर्गका लागि लडिएका १८ बर्ष आत्मसमर्पनका लागि थियो? अघिल्लो संबिधान सभा देखी पटक पटक गल्ती भएकै हो भन्दै माफि माग्ने प्रचन्डलाई हज्जारौ पटक सम्झाउदापनी कुर्सी र सत्ताको उन्मादले सबै सहयोद्धालाइ बिर्सिए अब फेरी माफि माग्न वाध्य तुल्याउदैछ तर अब फेरी उनले माफि मागेर त्यो समय २०७० मङ्सिर ४ भन्दा अघिको समय मिल्नेवाला छैन। जनताले भनेको जस्तो संबिधान जनयुद्धले दिन सकेन। हामीले तिनै सम्सद्बादी दल एमाले, काङ्रेस र राजाका बिरुद्ध लड्यौ राजालाई हटायौ अनी अब काङ्रेस र एमाले लाई सत्ता हस्तान्तरन गर्दैछौ।हिजो जनताद्वारा तिरस्क्रित नेताहरुलाई संबिधान सभामा लैजानु जनमतको अबमुल्यन थियो अनी तिनै तिरस्क्रित हरुले देश हाक्ने अवस्था श्रीजना भयो त्यसैले यो निर्बाचनको परीणाम ठीक उल्टो भयो। उही पात्र अनी उही प्रब्रिती र उही उद्देश्यका लागि पठाउनुपर्ने अनी कसरी सम्भब छ एमाओबादीको जित? हिजो ठुलो दल बनाउदा काम छोडेर अहम्ता र घमन्डका हुन्कार मात्र छोड्ने आफ्नो शरीर बाट दिमाग र आत्मा छोडेर(नेकपा माओवादी) घमन्डका कुबिचारहरुले मात्र दुई तिहाइ आउने होइन।शायद यतिबेला प्रचन्ड बाबुराम हरुले राम्ररी बुझेको हुनुपर्दछ चुनाव जित्नका लागि एक मतको कती महत्व हुन्छ भनेर उनिहरुले माओवादी अलग हुँदा एमाओबादिको फोहोर हटेको भन्ने अनी निर्वाचन सम्पन्न हुँदाको समयमा युद्ध जितेको अनुभुती गर्नेहरुले फेरी बैध्यजी हरुसँग शाहअकार्य हुन्छ भन्नु फेरी पनि स्वार्थको राजनीति शिवाय केही हुन्न। चुनाबि सरकार गठन प्रकृयादेखी निर्वाचन प्रकृयासम्म नेकपा माओबादिको तारो प्रचन्ड किन बने? किनकी बिगत १८ बर्ष देखिको लडाईं प्रचन्डले नै बिश्राम र आत्मसमर्पन तिर लादैछन् त्यो केवल उनको स्वार्थका लागि। अब प्रचन्ड, बाबुराम हरुले जवाफ दिनुपर्छ जनताको संबिधान खै? १० बर्शे जनयुद्धको उपलब्धी के?
am trying
ReplyDelete