Tuesday, 27 January 2015

ज्याद्रो रोग हेपाटाइटीस बी बाट बच्ने अचुक उपायहरु

ज्याद्रो रोगको रुपमा परिचीत हेपाटाइटीस बी का कारण कैयौं मानिसले अल्प आयुमै ज्यान गुमाउनु परेको समाचार हामीले दैनिक रुपमा सुन्दै तथा देख्दै आएका छौं । केही बर्ष पहिले एड्स रोगलाई खतरनाक रोगका रुपमा चिनीन्थ्यो भने हाल आएर हेपाटाइटीस बी एड्स भन्दा पनि भयानक रोगको रुपमा देखा परेको छ ।

यो रोग लागेमा कलेजोलाई संक्रमण गर्दै जण्डिस, पेट दुख्ने, फुल्ने, अरुचि, वाकवाकी, थकाई लाग्ने, कलेजो सुन्निने भई अन्त्यमा कलेजोको क्यान्सरबाट मृत्यु समेत हुनसक्छ । एड्सको जीवाणुभन्दा सयै गुणा बढी र छिटो संक्रमण हुने हुनाले हेपाटाइटीस बी अत्यन्तै डरलाग्दो रोग भएको कुरा सावित भैसकेको छ । यस्तो भयानक रोगबाट बच्नका लागी तल उल्लेखित उपायहरु पढ्नुहोस् ।


१. टाटु नखोप्ने । टाटु खोप्नै परेमा स्टेरिलाईज गरेको औजार प्रयोग गर्ने ।

२. लागु औसधको प्रयोग नगर्ने ।

३. स्टेरिलाइज्ड सिरिन्जको प्रयोग गर्ने ।

४. खिया लागेको फलामे बस्तुबाट चोटपटक लाग्नबाट बच्ने ।

५. जुठो तथा बासी खानेकुरको सेबन नगर्ने ।

६. दैनिक स्नान गर्ने । घर वरपरको वातावरण सफा राख्ने । खुला ठाउँमा सौच नगर्ने । चर्पिको प्रयोग गर्ने ।

७. सफा पानीको सेवन गर्ने ।

८. हेपाटाइटीस बी विरुद्ध खोप लिने । बच्चा जन्मेको डेढ महिनादेखि सुरु गरेर एकएक महिनाको अन्तरमा ३ पटक हेपाटाइटीस बी विरुद्ध खोप लगाउनु पर्छ ।

९. आफूलाई हेपाटाइटीस बी लागेको थाहा पाएपछि महिलाले गर्भाधान नगर्नु बेस । यदि गर्भाधान भएको खण्डमा, सन्तानको जन्म हुने बित्तिक्कै बच्चालाई हेपाटाइटीस बी खोपा लगाउनु पर्छ ।

माथी उल्लेखित लक्ष्ण देखा परेमा चिकित्सकको सल्लाह बमोजिम ओषधीको सेवन गर्नु उपयुक्त हुन्छ । 

छोरो पाउने चल्तीका सुत्र

सुनिता पहरी - “छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !”
मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए ।
गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् । तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे “गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।”
दिदीको सहज जवाफ थियो “होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।”
पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–“के छोरा हुन्छ डाक्टरले भनेका हुन् र ?”
होइन डाक्टरले त केहि पनि भनेका छैनन् । तर यसपालि उनीहरुले छोरा पाउने सुत्र प्रयोग गरेका छन् । त्यसैले पक्का छोरा हुन्छ भन्नेमा उनीहरु ढुक्क छन् । दिदीको यो सहज जवाफ सुनेर म तीनछक परे ।
छोरा पाउनकै लागि भनेर वर्षेनी सन्तान जन्माएको,  भाकल गरेको, भ्रुणको लिंग पहिचान गरि गर्भपतन गराएको कुरा आजकाल जताततै पढ्न पाईन्छ । सुनिन्छ । तर छोरो पाउने सुत्र र सुत्र प्रयोग गर्ने बिधिको कुरा मैले पहिलो पटक सुनेकी थिए । मनमा खुल्दुली लाग्यो, आखिर के रै छ त छोरा पाउने सुत्र ?
दिदीलाई जोड गरे त्यो सुत्र जसरी नि मलाई नि ल्याइदिनुपर्‍यो भनेर । त्यसपछिका लगातार ३–४ दिनसम्म उनलाई सुत्रका बारेमा सोधिरहे । दिदीले पनि त्यो सुत्र हात पार्न सकिनन् । तर दिदीका अनुसार त्यो सुत्र तालिकामा छोरा पाउन कुन महिना, बार, गतेमा यौन सम्बन्ध राख्ने भन्नेबारे विस्तृतमा उल्लेख छ रे । अनि श्रीमान श्रीमतीको उमेरले पनि यसमा भूमिका खेल्छ रे । जसरी हिसाबमा सुत्र प्रयोग गरेपछि समस्याको हल हुन्छ त्यसरी नै छोरा पाउने सुत्र नबिगारी प्रयोग गरे छोरा हुने पक्का हुन्छ रे । यी सबै रे का कुरा कसरी पत्याउनु ? आखिर सुत्र आफ्नो हात परेको छैन । तर सुत्रले दिमाग रन्थनाउन छाडेन ।
आमा, भाउजू अनि साथीहरुबीच कहिलेकाहिँ भएका कुराकानीमा कस्ता लक्षण भए छोरा र छोरी पाइन्छ भन्ने सुनेकी छु । गर्भवती महिलाले सपनामा केरा खाएको देखे छोरा हुन्छ, पेटमा छोरा भए गुलियो खान मन हुन्छ अनि छोरी भए अमिलो पिरो जस्ता कुरा धेरै सुनिन्छन् ।
त्यस्तै, गर्भवती महिला जाँगरिला भएनन् अनि अलि अल्छि गर्छन् भने पक्का छोरी हुन्छ भनेर ठोकुवा पनि गर्छन् । सोच्छु, कुरा यदि साँच्चै हुँदो हो त घरधन्दा पनि सम्हालेका अनि कामकाजी महिला सबैले त छोरा नै पाउनुपर्ने हो ! अनि ग्रामीण भेक जहाँ खेतीपाती, मेलापात अनि घरधन्दाबाट एकछिन पनि फुर्सद नपाउने जाँगरिला महिला सबैले त छोरा नै पाउनुपर्ने हो । तर छोरा नपाएको भनेर यातना खेप्नेमा त उनीहरु नै बढी छन् ।
वैज्ञानिक रुपमै छोरा र छोरी पाउने सुत्र बनेको अहिलेसम्म कहि कतै पुष्टि भएको छैन । तर पनि यस्ता कुरामा मानिसको चासो धेरै छ । दिदीको कुराले मेरो पनि चासो बढायो ।  छोरा पाउने सुत्रबारे गुगलमा खोजी गरे ।
ओहो....... कति धेरै नतिजा...। छोरा पाउने केहि सुत्र आमाबुवाको जन्ममितिका आधारमा तयार गरिएका भेटिए । केहि सुत्रमा वर्ष, महिना, दिन अनि बार मिलाउनुपर्ने भेटियो । कतै महिलाको डिम्ब निष्कासनको पहिलो चरणमा यौनसम्बन्ध राख्नुपर्ने कुरा लेखिएको भेटियो । कुनैमा राशि त कुनैमा खानपिनमा ध्यान दिनुपर्ने कुरा । सुत्रहरु जताततै थिए । कुनै सुत्र सित्तै उपलब्ध थिए भने कुनै सुत्रका लागि पैसा तिर्नुपर्ने ।
तर यी कुनै पनि सुत्र वैज्ञानिक रुपले पुष्टि भएका र सतप्रतिशत नतिजा दिने भनेर कसैले पनि ग्यारेन्टी भने दिएको पाइएन । तर पनि मानिसको चासो यस्ता सामग्रीमा धेरै ! त्यहि भएर होला छोरा पाउने सुत्रबारेका धेरै सामाग्री भेटिएको । एउटा कुनै सामान किन्नु परे त ग्यारेन्टी र वारेन्टी खोजिन्छ आजकाल । तर इन्टरनेटमा पाइने अनि कसैले भनेकै भरमा यस्ता सुत्रमाथि सोझै विश्वास गरेर धेरै दम्पतीले दुख पाएका छन् ।
सपनामा केरा खाएको अनि गुलियोमा बढी जोड दिएकै आधारमा छोरा हुन्छ भनेर ढुक्क भएर बसेकाले छोरी पाउँदा मन अमिलो बनाउँछन् । खानपान र सपनाकै आधारमा छोरा वा छोरी हुन्छ भनेर ठोकुवा गर्नेका कारण ती गर्भवती महिला, उसका परिवारले मानसिक रुपमा धेरै पीडा सहनुपरेको उदाहरण पनि छन् । मुखले छोराछोरी दुवै समान हुन् भन्ने तर मानसिकता भने परिवर्तन नगर्ने प्रवृत्तिले महिलामाथिको हिंसा सुसुप्त रुपले वृद्धि हुन सहयोग पुगिरहेको छ ।
परिवार र समाजले छोरालाई महत्व दिने गरेकै कारण पनि धेरै नेपाली महिला हिंसाको मारमा परेका छन् । महिलामाथि हुने हिंसाका स्वरुप पछिल्लो समय फेरिदै गएका छन् । छोरा पाउने ग्यारेण्टि ठानेर बिना आधार सुत्र प्रयोग गर्नु पनि महिला माथि हुने हिंसाकै एउटा रुप हो ।
त्यसमाथि मेरी दिदीकी साथी औसत महिलाभन्दा शिक्षित पनि हुन् ।  एक शिक्षित महिलाले नै छोरालाई महत्व दिएर यस्तो सुत्र प्रयोग गरेको सुनेर दुःख लाग्यो । उच्च माध्यमिक तह सम्मको  शिक्षा हासिल गरेकी अनि अस्पतालमै काम गर्ने मेरी दिदीकी साथी त एक उदाहरण मात्रै हुन् ।
एक छोरीकी आमासमेत रहेकी उनी दोस्रो सन्तान छोरा नै होस् भन्ने चाहन्छन/चाहन्नन् त्यो आफ्नो ठाउँमा होला, तर परिवार र समाजको दवावका सामु उन्ले सुत्र प्रयोग गरेको सुनेर मेरो आश्चर्य झन् बढ्यो । परिवार र समाजको अपेक्षालाई चुनौती दिएर अघि बढ्ने हिम्मत अनि सामाजिकरणकै प्रक्रियामा थोपरिएका पुरातनवादी विचारलाई चिर्दै छोरा र छोरीमाथिको भेदभाव हटाउन शिक्षित वर्ग नै अघि नगरेसम्म यो समस्या समाधान हुन सक्दैन । तर महिला एक्लैले यस्ता निर्णय गर्न सजिलो छैन ।
छोरा पाउनकै लागि यस्ता सुत्रमाथि विश्वास गर्नेहरुको संख्या अझ धेरै हुन सक्छ । इन्टरनेटमा छ्यासछ्यास्ती पाइने यस्ता सुत्र प्रयोग गरेर कतिले पुत्र लाभ गरे भन्ने कुरा पनि खोजीको रोचक विषय हुनसक्छ ।
यदि दिदीकी साथीले यो पटक छोरा नै पाइन् भने पनि मेरो बिचारमा त्यो त केबल संयोग मात्र हुनेछ । किनकी छोरा र छोरी पाउने वास्तविक र वैज्ञानिक रुपले नै पुष्टि भएको सुत्र त यस्तो छ –
महिलाको एक्स क्रोमोजोम : पुरुषको वाइ क्रोमोजोम .  छोरा
महिलाको एक्स क्रोमोजोम :   पुरुषको एक्स क्रोमोजोम .  छोरी
छोरा र छोरी जन्मनुमा महिलाको कुनै दोष हुँदैन किनकी महिलासँग केवल एक्स क्रोमोजोम मात्र हुन्छ भने भ्रुणको लिंग निर्धारण गर्ने एक्स र वाइ दुवै क्रोमोजोम त पुरुषसँगै हुन्छ ।






रगत सफा गर्ने उपाय

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् ः
लसुन ः बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ ः उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर ः गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।
गाँजर ः गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती ः शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस ः मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् । एजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सधैँ खुसी रहन वैज्ञानिकले सुझाएका ६ मन्त्र

सधैँ खुसी रहन वैज्ञानिकले सुझाएका ६ मन्त्र


खुसी के हो भन्ने विषयमा छलफल गर्ने हो भने, यसको टुङ्गो सायद कहिले लाग्दैन । खुसी एक महसुस गर्ने विषय हो । तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ ?हो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन् ।
1१. तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः
सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ । विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ । बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ । यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ । सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ । आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस् । नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ । रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने गर्दछ । आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस् ।
२. नकारात्मक सोचलाई फ्याँकिदिनुहोस्ः
सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै । हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ । यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ । आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ । उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ ।
3३. सकारात्मक कुराहरुको नोट बनाउनेः
आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस् । सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ । आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस् । आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस् । एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन् ।
4४. दिमागलाई फ्रेस बनाउने तरिका अपनाउनुः
हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन् । आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन् । यदि हामीले हाम्रो दिमागलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ । विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन् ।
Business people communicating with each other against white५. अरुलाई सहयोग गर्नुहोस्ः
आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस् । हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ । हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ । दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ । आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस् । अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ ।
6६. उज्वल भविष्यको आशा गर्नुहोस्ः
आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस् । यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस् । आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस् । यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ । आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

ख्याल गर्नुहोस् यसो भएमा पेटको क्यान्सर हुन सक्छ !

काठमाडौं, माघ १३ - तपाईलाई मुटु नजिकै पोलेको अनुभव हुन्छ ? हुन्छ भने सतर्क हुनुहोस् । यो पेटमा हुने क्यान्सरको लक्षण भएको एउटा अनुसन्धानले देखाएको छ । इंग्ल्याण्डमा हालै भएको एउटा अनुसन्धानले यसरी मुटु नजिकै पोल्नु पेटको क्यान्सरको लक्षण भएको निस्कर्ष निकालेको हो ।
यो अनुसन्धानले तीन हप्ताभन्दा मुटु नजिकै धेरै पोल्ने र खाना निल्न असहज भए डाक्टरको सल्लाह लिन सुझाएको छ । किनभने पेटमा हुने क्यान्सरको सुरुवाती लक्षणको बारेमा धेरैलाई थाहा छैन । 
डाक्टरका अनुसार क्यान्सर रोग जति छिटो पत्ता लाग्छ उपचार त्यत्ति नै सजिलो हुन्छ । त्यसैले पब्लिक हेल्थ इंग्ल्याण्डको बी क्लियर अन क्यान्सर अभियानले पेटको क्यान्सरको सुरुवाती लक्षणको बारेमा धेरैलाई जानकारी गराउदै हिँडेको छ ।
के के हुन् पेटको क्यान्सरको लक्षण ?
*    तीन हप्ताभन्दा धेरै अपच हुनु
*    खाना निल्न असहज हुनु
*    धेरै डकार आउनु
*    खाना खाँदा छिट्टै पेट भरिनु
*    वान्ता आउला जस्तो हुनु वा आउनु
*    पेटको माथिल्लो भागमा दुख्नु वा असुविधा महशुस गर्नु
ब्रिटिश जर्नल अफ जनरल प्राक्टिस प्रकाशित एउटा सोधपत्र अनुसार धेरैले आफूमा यी लक्षण देखा परेपनि ख्याल गर्दैनन् । किनभने धेरै मानिस क्यान्सर पुष्टि हुने डरले पनि स्वास्थ्य समस्याको बारेमा खुलेर कुरा गर्न चाहदैनन् । कोहि डाक्टरमा विश्वास गर्दैनन् त कोहि बढ्दै गएको उमेरलाई यसको कारण मान्छन् ।
यो अभियानले यी लक्षण देखिएका मानिसलाई लापरवाही नगर्न सुझाव दिएको छ । क्यान्सर भएको समयमै पत्ता लागे उपचारपनि पूर्ण रुपमा स्वस्थ हुने डाक्टर बताउँछन् ।
- प्रस्तुति : सजना तिमल्सिना (एजेन्सीको सहयोगमा)

Sunday, 18 January 2015

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।

यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।


  • १ पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।


  • २ नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।



  • ३ पिसाव रोक्ने

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।


  • ४ गुलियो खाने बानी

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।


  • ५ पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।


  • ६ मासु बढी खाने

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।


  • ७ अनिद्रा

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।


  • ८ चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

  • ९ पेनकिलर सेवन

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।


  • १० जाँड रक्सी

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ । यी १० कुरा सँधै ख्याल गर्नुस्


अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! जानी राख्नु होस

अल्सर प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ ।
 यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने छाति वा पेटको माथिपट्टिको भाग दुख्छ ।


खाली पेट अथवा खाना खाइसकेपछि पनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ । वाक्दा रगत नै पनि आउन सक्छ । अल्सर लागेमा के खानेकुरा खाने ? चिसो दुध पटक पटक दिनको ७ ८ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै ४ ५ पटक खाने । खानामा दुध, दाल, विस्कुट, रोष्ट भात, मुगको दाल, स्याउदाना, जाउलो खाने ।

 फलफूलमा जस्तै अङ्गुर पाकेको केरा, स्याउदाना, गाँजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खानुहुन्छ । अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने । पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी, अमिलो दहि र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रंग हालेको चिया र कफी नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।

Tuesday, 13 January 2015

भाषा परीक्षा उत्तीर्ण सबैले जान पाउने भए कोरिया

प्रकाशित मिति: 10:04:55 am, January 12, 2015 

7625
4
6
0
7659

korea ko form vardai (1)सोल,पुस २८ – रोजगार अनुमति प्रणाली (र्इपिएस) भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवाहरु कोरिया आउन पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली ल्याउने घोषणा गरेको छ ।
मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चाल्र वर्ष इपिएसमार्फत आउने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ । पहिलोमा कम्बोडियाली र दोस्रोमा इन्डोनेसियाली कामदार परेका छन् । कम्बोडियालाई ९ हजार १ सय ३० र इन्डोनेसियालाई ६ हजार ७ सय १२ जनाको कोटा छुट्याइएको छ ।
त्यस्तै भियतनामलाई ६,४०० ,थाइल्यान्डलाई ५,४९५ ,श्रीलंकालाई ४,२९४ छुट्याइएको छ । छुट्याइएका कोटामध्ये नेपाली कामदार सबैभन्दा बढी मे र सबैभन्दा कम सेप्टेम्बरमा आउनेछन् । जनवरीमा ५२२,फेब्रुअरीमा ३४८ ,मार्चमा एक हजार २ सय ७२ ,अप्रिलमा ८८१ ,मेमा १५५६,जुनमा ४८१,जुलाईमा २६०,अगस्टमा २६३,सेप्टेम्बरमा १५५ ,अक्टुबरमा १८७,नोभेम्बरमा १५१ र डिसेम्बरमा ३३७ नेपाली कोरिया आउने तय भएको छ ।
२०१४ का लागि निर्धारित ५३ हजार कोटामध्ये ५१ हजार २ सय ११ जनाको कम्पनीमार्फत श्रमसंम्झौता भइसकेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
कोरियाले यो वर्षका लागि ५५ हजार ४ सय १४ कोटा निर्धारण गरेको छ । इपिएस नेपालका अनुसार सन् २०१५ का लागि ३ हजार ६ सय ६३ ले भाषा परीक्षा उत्तीर्ण गरेका छन्, जसमा ३ हजार ४ सय ६३ पुरुष र २ सय महिला छन् । एकपटक भाषा परीक्षा उत्तीर्ण गर्नेहरु २ वर्षसम्म योग्य हुन्छन् । प्रस्तुत तालिकाअनुसार अघिल्लो वर्ष २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरी २०१४ मा कोरिया आउन नपाएका २७ सय नेपाली पनि यो वर्ष आउन पाउने छन् ।
छुट्याइएका कोटामध्ये नेपाली कामदार सबैभन्दा बढी मे र सबैभन्दा कम सेप्टेम्बरमा आउनेछन् । जनवरीमा ५२२,फेब्रुअरीमा ३४८ ,मार्चमा एक हजार २ सय ७२ ,अप्रिलमा ८८१ ,मेमा १५५६,जुनमा ४८१,जुलाईमा २६०,अगस्टमा २६३,सेप्टेम्बरमा १५५ ,अक्टुबरमा १८७,नोभेम्बरमा १५१ र डिसेम्बरमा ३३७ नेपाली कोरिया आउने तय भएको छ ।
२०१४ का लागि निर्धारित ५३ हजार कोटामध्ये ५१ हजार २ सय ११ जनाको कम्पनीमार्फत श्रमसंम्झौता भइसकेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/2015/01/12/198421.html#sthash.o3KuG2u8.bJaBpVqk.dpuf

Sunday, 11 January 2015

गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन

गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन

गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन
गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए ।
राष्ट्रियताको इतिहास
राष्ट्रियतालाई अध्ययन गर्दा नेपालको इतिहासमाथि सानो दृष्टिपात गर्नु आवश्यक छ । इतिहासले यससम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोरखाको एउटा राजा पृथ्वीनारायण शाहको विजय–अभियानको सफल परिणाम हो । १८औं शदीमा हिन्दुस्तानका भूभागमा अनेकौं राजा–महाराजा जागीरदार तथा साहसी सरदारहरू मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै आफ्नो आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्यहरूको गठनमा तँछाड कि मछाड भन्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् । आफ्ना छिमेकका राजा रजवाडाहरूभन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशलयुक्त थिए । पृथ्वीनारायण शाह तथा उनका तुरन्तैका उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन । त्यो राष्ट्रिय एकताको अभियान थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।
ब्रिटिस साम्राज्यको जग पनि त्यस समयमै बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्विपको तत्कालीन राजनीतिक स्थितिमा राजा रजवाडाहरूका बीच राज्य विस्तारको होड चलिरहेको थियो । त्यही होडको फाइदा उठाएर अंग्रेजहरू ब्रिटिस साम्राज्यको स्थापना गर्न सफल भए । ब्रिटिस साम्राज्यको स्थापनाको प्रक्रियामा अंग्रेजहरूले आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानका अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा गरे, बाँकी रहेको भागमा स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो । ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर अधिकार प्राप्त थिए अनि तद्नुरूप उनीहरूको सम्मान र प्रशस्ति र तोपको सलामीको संख्या निर्धारित गरिएको थियो । ब्रिटिसहरूले यस श्रेणीबद्ध ढंगले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै भिन्न भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानित स्थान दिएका थिए अनि क्रमशः निजाम, कश्मीर, बडौदा आदिको स्थान आउँथ्यो । सुगौली सन्धिले गोरखा राज्य विस्तारको अभियान समाप्त पार्योन ।
गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ ।
सुगौली सन्धिले नेपाल देशको भूगोल निर्धारित गर्योध, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो, यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको, अनेक भाषाभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय अभियानको परिणामस्वरूप र साथै ब्रिटिस विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली सन्धिबाट प्रारम्भ हुन्छ ।
त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तैयार भयो- १. एउटै राजाको मातहत देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो । २. देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा माध्यम नेपाली भाषा भयो । प्रशासकीय एकताको सन्दर्भमै नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले राष्ट्रियताको उदयका लागि तैयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकताको अन्तर्गतमै नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ । र, त्यसरी दुई प्रकारका सामग्रीहरूको चर्चा गर्नु सट्टा एउटा मूल सामग्रीको चर्चा गरे पुग्छ । अर्थात् सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोरखा राजाहरूको विजय अभियानको एउटा अप्रत्याशित सामग्री फेला पर्योग ।
कुनै विजेताले पनि देशहरूको विजय गरिसकेपछि आफ्नो विजेताको लक्षण र गुणलाई नमासेर पनि विजित देशहरू (भूभागहरू) उपर आफ्नो प्रशासनयन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले त्यही काम गरे । तिनीहरूले विजित नेपाली भूभागमा आफ्नो प्रशासन कायम गरे तर विजेताको आफ्नो लक्षण र गुण दोषलाई कायम नै राखे । २ सय वर्षपछि पनि, आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेका छैनन् र जनता पक्षकाले प्रजाका प्रतिनिधिहरू एउटै थलोमा उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले राजाको दमनको सिकार हुनुपर्छ । कतिपय दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा झेंपेर पनि गर्नसक्छन्, मानौं देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पत्ति हो, मानौं राजमुकुट राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शीरशोभा हो, जसलाई बहुमूल्य भएकोले हारजितको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ ।
नेपालको राष्ट्रियताको इतिहासमा सन् १८१६ पछिको काललाई नेपाली भाषाको विकासलाई छाडेर मरुभूमि युग भने पनि हुन्छ, जबकि शासक वर्गको विजयको बाढी रोकिएपछि उनीहरूको शासन र राजनीति केबल दरबारी षड्यन्त्रको दोस्रो नाम हुनपुग्छ । गोरखा पल्टन र त्यसका नेतागण, ‘गोरखालीहरूका विजय अभियानमा अप्रत्याशित रूपले एउटा ठूलो ऐतिहासिक कार्य’ नेपालको वर्तमान विस्तृति गरेपछि आफ्नो अरु कुनै ऐतिहासिक जिम्मेदारीको अभावमा, दरबारको षड्यन्त्रको एउटा हथकण्डा वा हतियार बन्नपुगे । राष्ट्रिय भावनाको सिर्जना नभएकोले तिनीहरू राष्ट्रिय सेनामा परिणत हुनसकेनन् । राज्य विस्तारमा क्षेत्रीय विजयको मार्ग पनि अवरुद्ध भएपछि गोरखा पल्टन केवल भरौटे पल्टन हुनगयो, दरबारका षड्यन्त्रकारीहरूको स्वार्थसिद्धिमा प्रयोग होइदिने शक्तिको रूपमा उनीहरू अवतीर्ण भए । आज पनि नेपालको
पल्टन शाही पल्टनमात्र भएर रहेको छ, राष्ट्रिय पल्टन हुनपाएको छैन । यसको विवेचना अर्को अवसरमा गर्नेछु ।
यस लेखमा यतिमात्र भन्ने मेरो उद्देश्य हो कि शासकले र उनका अनुयायीहरूले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् । विभिन्न जाति र धर्मावलम्बीहरूको ठूलो नेपाली जमातलाई राष्ट्रको रूपमा गठन गर्ने प्रयास उनीहरूबाट भएन । प्रशासक जमिनदारी खालको केवल तिरो उठाउने व्यवस्थामात्र बनेर रह्यो, त्यसमा राष्ट्र निर्माणको भावनाले पटक्कै ठाउँ पाएन । पल्टन केवल गोरखाली पल्टन बनेर रह्यो, जसको दृष्टिकोण विदेशीसँग मुकाबिला गर्नु नपरेकोले र जसको भर्तीको आधार सीमित भएकोले राष्ट्रिय हुनसकेन । सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्वारा विभिन्न जाति तथा भाषाभाषीहरूलाई एउटै संगठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिनसकिन्छ, त्यो भएन । सिविल सर्विस पनि राष्ट्रिय हुनसकेन, किनभने योग्यताको आधारमा, अरु कुनै निश्चित आधारमा त्यसको गठन भएन । शासकको खुसीमा सर्विसवालाहरूको योग्यता निर्भर रहने हुनाले तिनीहरूमा चाकरी मनोवृत्तिले प्रोत्साहन पायो । झन् वार्षिक पजनीको प्रणालीले गर्दा यो मनोवृत्तिले चरम सीमा प्राप्त गर्‍यो । तिनीहरू राजाको नोकर भए, न कि राष्ट्रको सेवक ।
नेपाली राष्ट्रियता
यदि शासकले नेपाली समाज र नेपाल देशको हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सिर्जना गर्नपट्टि लाग्ने थियो । नेपालको शासन व्यवस्थाको आधुनिकीकरण र नेपाली जनताको असहनीय दारिद्र्यको निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्नसकिन्थ्यो । शासनयन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक राष्ट्रिय अभियान, दुवै साथसाथ हुनसकेका भए नेपाल यति पिछडिएको देश रहने थिएन । गरिबी मेटाउनका लागि प्रयुक्त तथा शासनयन्त्रमा सहयोगी भएका जनतामा यत्रो ठूलो राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह हुन् चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो शक्ति हो, ऊर्जा हो भन्ने कुरोपट्टि उनीहरूको ध्यान गएन । ध्यान गएको भए पनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक सम्झेर त्यसको विकासको सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागीर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन ।
मैले भन्न खोजेको के हो भने सन् १८१६ पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन; फ्रेम बनाइयो तर तस्बीर राखिएन; भाँडो कुँदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न सकिन्छ कि जहिले जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाविरुद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्रेरित नेपाली जनताले गरिबीको चुनौतीको सामूहिक रूपबाट मुकाबिला गर्नसक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्दजस्तो हुन पुगेका छन् ।
यो लेख ‘राष्ट्रियताः नेपालको सन्दर्भमा’ नामक लेखको एक अंश हो । यसको शिर्षक नयाँ राखिएको हो । यो लेख तरूण बुलेटिन नं. २, सन् १९७१ बाट साभार गरिएको हो— सं ।