Wednesday, 24 September 2014

संसारकै सबैभन्दा साना १० देश

संसारमा विभिन्न कुराले विश्व चर्चा पाइरहेका हुन्छन् । यस्तै संसारकै सवैभन्दा साना देशका नामले चर्चा कमाएका छन यी १० देशले ।


१. वेटिकन सिटी
sano desh 1वेटिकन सिटी
यो संसारको सबैभन्दा सानो देश हो, यो देशको क्षेत्रफल ० दशमलव ४४ किलोमिटर छ । त्यो देशको जनसंख्या ८०० रहेको छ ।
२. मोनाको
sano desh 2मोनाको
युरोपको मोनाको नामको देश संसारको दास्रो सानो देश भनेर चिनिन्छ । २० वर्षदेखि लगातार समुद्री लहरका कारण अब यो देशको क्षेत्रफल २ दशमलव २ किलोमिटर बाँकी रहेको छ । यो पर्यटनका दृष्टिले राम्रो देश हो ।
३. मालदीप
sano desh 3मालदीप
हिन्दमहासागरका अवस्थित मालदीप संसारको सानो देशमा गनिएको छ । क्षेत्रफलका हिसाबले यो देश संसारको नवौा सानो देश हो । यसको कुल षेत्रफल २९८ वर्ग किलोमिटर रहेको छ । र्यटलनका हिसावले यो देश पनि मानिसहरुलाई धेरै आकर्षित गर्ने देश हो ।
४. लिक्टनस्टीन
sano desh 4लिक्टनस्टीन
यो महादेशमा अवस्थित यो देश स्विजरलयाण्ड र अष्ट्रेलियाको बीचमा रहेको छ । यो देश संसारको छैटौँ सानो देश हो । यसको क्षेत्रफल १६० दशमलव ४ वर्गकिलोमिटर रहेको छ ।
५.नौरु
sano desh 5नौरु
संसारको तेस्रो सानो देश भनेर चिनिने देश नौरु हो । यो देशको क्षेत्रफल २१ दशमलव ३ वर्गकिलोमिटर रहेको छ ।
६. सैन मैरिनो
sano desh 6सैन मैरिनो
सैन मैरिनो संसारको पाँचौ सानो देश हो । ६१ वर्ग किलोमिटर मा फैलिएको देश हो । यो एक प्राचिन देश हो ।
७. मार्शलद्विप
sano desh 7मार्शलद्विप
मध्यमहासागरमा अवस्थित मार्शलद्वीप संसारको सातौँ नम्बरको सानो देश मानिएको छ । यो देशको क्षेत्रफल १८१ वर्गकिलोमिटर रहेको छ । यो देश सन १०८६ मा अमेरिककाबाट अलग भएर अस्तित्वमा आएको थियो ।
८. माल्टा
sano desh 8माल्टा
मालटा संसारको १० औँ नम्बरको सानो देश हो । यसको क्षेत्रफल ३६१ वर्ग किलोमिटर रहेको छ ।
९. तुवालु
sano desh 9jpgतुवालु
यो देश संसारको चौथो सानो देश हो २६ वर्गकिलोमिटरमा फैलिएको यो देश सन १९७८ मा अस्तित्वमा आएको हो ।
१०. सेंट किट्स एबम नेबिस
sano desh 10सेंट किट्स एबम नेबिस
सेंट किट्स एबम नेबिस देशको क्षेत्रफल २६१ वर्गकलोमिटर रहेको छ । पुर्वी कैरेबियन सागरमा रहेो यो देशका मानिस मानिसको आयस्रोतको प्रमुख माध्यम पर्यटन रहेको छ ।
- See more at: http://nepaliheadlines.com/2014-09-24-11-37-17.html#sthash.qO9bkpgb.dpuf







Tuesday, 23 September 2014

दाहालले वैद्यलाई पत्र लेखे,


दाहालले वैद्यलाई पत्र लेखे, 'एकताका लागि बल प्रयोगको नीति स्वीकार छ'

  • एकताको आधार बनिसकेको छैनः एमाओवादी उपाध्यक्ष श्रेष्ठ



dahal baidya
काठमाडौं, आश्विन ७ - एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेख्दै 'बल प्रयोग' नीति स्वीकार गर्ने जनाएको छ । नेकपा-माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन् । शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो ।
 एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई सोमबार पत्र लेख्दै वैद्य माओवादीले अघि सारेको छमध्ये जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नेबाहेक अन्य बँुदे प्रस्तावलाई सैद्धान्तिक रुपमा सहमति जनाएका छन् । यसले दुई माओवादीबीच एकताका लागि सैद्धान्तिक गाँठो खुकुलो भएको छ ।
 वैद्य माओवादीले अघि सारेका सैद्धान्तिक मुद्दालाई सैद्धान्तिक रुपले स्वीकार गरे पनि तत्काल पार्टी एकता हुनेमा एमाओवादीकै कतिपय नेताहरु ढुक्क छैनन् । वैद्य माओवादीभित्र पनि एमाओवादीसंग एकता गर्ने नगर्ने बिषयमा दुई धार छ । सचिब नेत्रबिक्रम चन्द एमाओवादीमा विचलन आइसकेको उल्लेख गर्दै एकता गर्ने पक्षमा छैनन् ।
 पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक ६ बुादे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ' दाहालले वैद्यलाई लेखेको पत्रमा उल्लेख छ, '२ नं. बुादाको हकमा हामीले जनवादी क्रान्तिका बााकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ ।' उनले खुला छलफल गरी एकताका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 'तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहादै यस विषयमा समेत तपाईहरुसाग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ' उनको भनाइ छ ।
 वैद्य माओवादीले बैशाखको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले एमाओवादीसंग एकताका लागि छ बुदा अघि सारेको थियो । एकताको शर्तका लागि अघि सारेका बुदाहरुमा माक्र्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसदवादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने' प्रस्तावमा उल्लेख छ, 'पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने, जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने ।'
 दाहालले बुदा नम्बर दुईमा उल्लेख भएको नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई भने अस्वीकार गरेको छन् । एमाओवादीले जनवादी क्रान्ति पुरा भएको निश्कर्ष निकाल्दै पुजीवादी क्रान्तिमा जाने निर्णय गरिसकेको छ ।
  त्यसबेला वैद्य माओवादीको केन्द्रीय समितिको बैठले 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी माओवादी कम्युनिस्ट केन्द्रका रुपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय' गरेको थियो । दाहालले वैशाख २३ गते वैद्य माओवादी, पोलिट्व्यूरोको 'पार्टी एकता सम्बन्धी प्रस्ताव'लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको बताएका छन् ।  
 'स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ' दाहालले स्पष्ट गरेको छन्,  'यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।'
 एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैचारिक, राजनीतिक कार्यदिशाको आधार तयार नभएसम्म पार्टी एकता हुन नसक्ने टिप्पणी गरेको छन् । 'पार्टी एकताका लागि आधार बनिसकेको छैन, तर एकताका लागि छलफल भने जारी छ' उनले भनाइ छ, 'तत्काल पार्टी एकता हुने संभावना देखिदैन ।'
 माओवादी प्रवक्ता पम्फा भुसालले एकताका लागि वार्ता प्रक्रिया सुरु हुने बताइन् । 'हाम्रो पार्टीले एकताका लागि अघि सारेका प्रस्तावलाई सकरात्मक रुपमा लिनु राम्रो हो, अब एकताका लागि छलफल सुरु हुन्छ' उनले भनिन्, 'एमाओवादीले एकताका लागि पठाएको पत्रबारे पार्टीभित्र छलफल भए पछि प्रक्रिया अघि बढ्छ ।'
प्रका

Friday, 19 September 2014

किड्नी फेल कसरि हुन पुग्दछ यो बाट बच्ने उपाय के के हुन

डा.राजदेव राम
शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।
नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।
उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।