Thursday, 28 August 2014

पृथ्वीनारायण शाह काल्पनिक पात्र हुन् : मुकुन्दे

  551 Google +0  1
नेपालका बाइसे चौविसे राज्यलाई एकिकरण गरेका पृथ्वी नारायण शाह काल्पनिक पात्र मात्र हुन भन्दा विश्वास नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।
भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् । सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए । राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।
भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहासमा पृथ्वीनाराण शाहको जन्म वि.स १७७९ मा भएको उल्लेख छ  र महेन्द्रको वि.सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।
रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ । उनले इतिहासलाई मिलाउन अनेक प्रयास गरिएको बताएका छन् । १० पुस्ताको भएको शाहको जनसङ्ख्या काठमाडौँमा नभएको भन्दै उनी भन्छन् शाहको त्यत्रो इतिहास भएको भए यहाँ किन नेवारहरुको मात्रै जनसङ्ख्या बढी हुन्थ्यो ? यहाँ पनि बुझ्नुपर्ने कुरा छ ।
त्रिभुवनको जन्म र प्रजातन्त्र आएको मिति पनि मिल्न गएको छ, त्रिभुवनको जन्म १९६३ फाल्गुन ७ गते भएको भनिएको छ, यता नेपालमा पनि २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको छ । त्रिभुवनको छोरा महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते भएको उल्लेख छ । यसरी हेर्दा बाबु र छोरोको उमेरमा १४ वर्षको मात्र अन्तर छ । १४ वर्षमा कसरी त्रिभुवनले छोरा पाए होलान् ? मुकुन्द प्रश्न गर्छन् ? यही प्रसङ्ग गंगालाल श्रेष्ठले पहिले पनि उठाएको थिए । विंसं २०११ सालमा सुभेच्छुकहरुबाट ४५ हजार रुपैया भेला पारी बेलायतमा श्रीपेज बनाउन अडर दिएको तथ्य बाहिर आएको बेला विंसं १८३१ मा नै मृत्यु भएका पृथ्वीनारायण शाहको शिरमा कसरी श्रीपेच रह्यो भन्ने कुरा पनि विवादास्पद रहेको छ ?
डिल्लीबजारमा भोजन गृह चलाउँदै आएका भरत बस्नेतको फोटोमा नै श्रीपेच हालिएको चर्चा चलेको छ । पृथ्वी नारायण शाह सम्बन्धी हुने धेरैजसो कार्यक्रम पनि भोजन गृहमै हुने गरेको छ भने अन्यत्र भएका कार्यक्रमलाई पनि बस्नेतले सहयोग गर्दै आएको जनाइएको छ । राजेन्द्रलक्ष्मीदेवीको तस्बिर भने छाउनीमा रहेको संग्रालयमा क्यान्टिन चलाउने महिलाको भएको हल्लि खल्लि चलेको छ । भारतमा गान्धीले चलाएको दिव्यसन्देशको नेपाली अनुवाद नै दिव्योपदेश भएको मुकुन्दले बताए । सन्देशलाई यहाँ ल्याएर उपदेश भनिएको छ । अरू केही फरक छैन उनले भने पृथ्वीनारायण शाहले मेरो साना दुःखले आज्याको मुलुक हैन भनेको कुरा पनि महेन्द्रले बल्लतल्ल लेखेका हुन् । जुन अहिले पढ्न पाइन्छ । ती पृथ्वीनारायण भन्ने को हुन् र कस्ता थिए भन्ने अझैपनि खोजीको विषय बनेको छ ।

को हुन् मुकुन्दे ?

राजधानीको केन्द्रविन्दु रत्नपार्कको बारेमा थाहा भएकाहरुको लागि मुकुन्दे नयाँ नाम हैन । रत्नपार्कको एक रुखमा चढेर भाषण गरिरहेको मान्छे र उसको भाषण सुन्नलाई लालयित भएर बसेका मानिसहरू केही समयअगाडीसम्म मुकुन्दको परिचय यही नै थियो । तर अहिले मुकुन्देको परिचय फेरिएको छ । २२ दिन जेल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर अहिले सामाजिक सञ्जाल फेसबुकमा आएका छन् ।
विंसं २०३५ सालमा भोजपुरमा जन्मेका मुकुन्द घिमिरेले इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका छन् । विआइसिसिको सरकारी जागिर छाडेर उनी एकाएक  रत्नपार्कमा भाषण गर्न पुगे । ३५ वटा वसन्त काटिसक्दा पनि विवाह नगरेको मुकुन्द राजधानीको घट्टेकुलोमा बसोबास गर्दछन् । कतिले मुकुन्दलाई पागलको संज्ञा दिएतापनि उनमा भएको ज्ञान प्रशंसा भने सबैले गर्ने गर्दछन् , के राजनीति, के धर्म के दर्शन के साहित्य के इतिहास सबैमा उनको दख्खल प्रशंसनिय रहेको छ ।
हालै मुकुन्दे ले फेसबुकमा राखेको स्टाट्समा पनि पृथ्वीनारायण शाह नभएको दावी छ
- See more at: http://khabarpati.com/np/mukunda-ghimire-says-prithivinarayan-is-only-imaginary/#sthash.dx7Qz0BD.dpuf





Wednesday, 20 August 2014

pahadma bikas huna kina diyena


पहाडमा बिकास हुन किन दिइएन ?
प्यालेस्टिनी हरुलाई अन्यत्र धपाएर जीसस क्राइष्टको जन्मभुमीलाई बलपूर्वक मुक्त गरी इजरायल बनाए जस्तै हाम्रो पहाडका आदिबासी मगोलियनहरुलाई दबाएर भारतीयहरुका लागि जबर्जस्ती नेपाललाई हिन्दु राज्य बनाइएको हो, मेची खोल्सापारी दार्जीलिङ् पहाडमा रेल उहिल्यै चिप्लेको हो, आफ्नै जुम्रा टोक्ने अनि सुत्केरीका अम्रा खाने चिनिया स्याल भोटेहरू रेल लिएर हाम्रो रसुवा माथि केरुङ् सम्म आइपुग्दा मेचीकाली पहाडमा चाहिँ सुरुङ् रेलमार्ग बन्न नदिने विकास बिरोधी तत्व छ !
पहाडमा रेल चल्यो भने Local मंगलेहरु स्वत: करोडपति भइहाल्छन्, मंगोलियन सबै करोडपति भए भने निमुखा बाहुनको हिन्दु राज्य खतरामा पर्दछ, पहाडमा स्कूल खुल्दा भोटेका चिम्सा आँखा ठुला हुन्छन् , उनीहरुको पनि दृष्टिकोण फराकिलो भएर स्वयम् रास्ट्रपति उम्मेदवार उठ्न सक्दछन् , पहाडमा Hospital खुले भने भोटिनी मीत आमाहरु सुत्केरी व्यथाले मर्न छोड्छन् , पगिता भोटे जन्मेभने उनीहरुकै बहुमत पुगेर रास्ट्रपति निर्वाचित हुने डर हुन्छ !
विश्वको एकमात्र हिन्दुराज्यमा विधर्मी मंगोलियन रास्ट्रपति बन्यो भने पशुपतिनाथको पुजा गर्दैन र कुनैले गरेछ भने पनि आफु आफैंमा झगडा पर्छ ,त्यसैले पहाडलाई विकास हुन रोकेर बरु तराई मधेशमा नया बस्ती बजार खोलेर , राजमार्ग बनाएर , भारत बाटै हिन्दु जनसंख्या झिकाएर हिन्दुराज्यको सदा ग्यारेन्टी गरिएको हो !
यो देश जन्माउने जनैको साँचो देखाएर म मुकुन्दे रास्ट्रपति भएपछि माथि भोटे गाउंबाट रेल चलाइनेछ , Vatican City मा पादरीलाई सहुलियत भए जस्तै बाहुनलाई रेलमा Free गरिनेछ !?

Saturday, 9 August 2014

 

यी कुराहरुको लागि बन्नुहोस् स्वार्थी

 
प्रकाशित मिति: 2:28:50 pm, August 06, 2014 
3507
 
11
 
6
 
0
 
3547
 
 
woman1हामीलाई धेरैजसो स्वार्थी नबन्नु भनेर घरमा सिकाइएको हुन्छ । सबैलाई राम्रो व्यवहार गर्दै मिलेर बस्ने शिक्षा पनि दिइएको हुन्छ । तर धेरैजसो कुराहरु सिक्नु र गर्नुमा धेरै फरक हुने गर्दछ । स्वार्थीलाई धेरै मानिसहरुले मन पराउँदैनन् तर कतिपय ठाउँमा तपाईं स्वार्थी बन्नु अत्यावश्यक हुने गर्दछ । यहाँ हामी तपाईंलाई कस्तो अवस्थामा तपाईं स्वार्थी बन्नुपर्ने भन्ने विषयमा जानकारी दिँदै छौँ ।
१. निष्पक्ष व्यवहार गर्ने विषयमाः
धेरैजसो मानिसहरुले तपाईंसँग निष्पक्ष व्यवहार गर्दैनन् । यस्तो अवस्थामा उनीहरुको हित सोच्नु तपाईंको लागि नराम्रो हुने गर्दछ । यदि कोही व्यक्तिहरु तपाईंको बारेमा निष्पक्ष हुँदैनन् भने तपाईं स्वार्थी हुनुहोस् र आफूलाई के गर्दा राम्रो हुन्छ त्यो मात्र गर्नुहोस् । त्यस्ता व्यक्तिको बारेमा तपाईं सोच्दै नसोच्नुहोस् र आफ्नो तरिकाले काम गर्नुहोस् ।
२. आफ्नो सपना पूरा गर्नः
यदि तपाईं आफ्नो जीवनमा कुनै लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भने केहि कुरा गुमाउनु पनि पर्ने हुन्छ । यस्तो अवस्थामा मासिहरुको आलोचना सहन तयार रहनुहोस् र स्वार्थी बन्नुहोस् । लक्ष्य प्राप्तिका लागि रणनिति बनाउन सुरु गर्नुहोस् र आफैँलाई समय दिनुहोस् । त्यसपछि मात्र तपाईं आफ्नो लक्ष्य प्राप्त गर्ने मार्गमा सफल हुनसक्नुहुनेछ र यससँगै मानिसहरुले तपाईंलाई स्वार्थीको ट्याग पनि उपहारमा दिएका हुन्छन् ।
३. सत्यलाई साथ दिनः
सधैँ सत्य कुराको साथ दिनुहोस् । यदि तपाईंले सत्य कुराको साथ दिँदा स्वार्थी भनिनु हुन्छ भने त्यसलाई स्विकार गर्नुहोस् तर झुटो कुरालाई साथ दिएर त्यसमा नफस्नुहोस् । सबै मानिसहरुको आफ्नो छुट्टै निति नियम हुने गर्दछ, त्यसलाई नै पछ्याउँदै आफ्नो कुराहरु सुन्नुहोस् ।
४. धेरै प्रश्न गर्ने व्यक्तिसँगः
यदि कसैले तपाईंलाई धेरै नै प्रश्न गर्ने गर्दछन् भने उनीहरुलाई ‘हो’ भनेर कुरा समाप्त गर्नुहोस् । यदि तपाईंले यस्तो कुराहरु गर्नुहुन्छ भने तपाईंलाई स्वार्थी भन्ने पनि हुन्छन् । तपाईंले बिना कारण प्रश्नमाथि प्रश्न थुपार्ने व्यक्तिहरुबाट छुटकारा पाउने यो नै सजिलो तरिका हो ।
५. पहिले आफू अनि मात्र अरु कोहिः
आजको संसारमा तपाईं सबैको भलाई गर्न सक्नुहुन्न । आधुनिक संसारमा सबैभन्दा पहिले आफ्नो आवश्यकताहरुलाई पूरा गर्नुहोस् त्यसपछि आफ्नो परिवारलाई प्राथमिकता दिनुहोस् र त्यसपछि मात्र बाहिरको संसारमा ध्यान दिनुहोस् तर आफ्नो केहि नगुमाई । मन नभई दिमागबाट काम गर्नुहोस् । आफ्नो जीवन सन्तुलनमा राख्नुहोस् ।
६. थोरै दुरी राख्नुहोस्ः
प्रत्येक सम्बन्ध, काम र कुरामा सन्तुलन बनाउनुहोस् । कुनै पनि कुरा अति भएको खण्डमा पहिले आफैँलाई हेर्नुहोस् । मानिसहरुसँग धैर्यता र सहजताका साथ कुरा गर्नुहोस् तर आफूलाई दबाएर होइन । थोरै दुरी त जे कुरामा पनि राख्नै पर्छ ।
७. प्राथमिकताहरुः
आफ्नो प्राथमिकताहरुलाई थाहा पाउनुहोस् र त्यसलाई क्रमबद्ध तरिकाले पूरा गर्नुहोस् । अरुलाई आफ्नो आवश्यकता परेको खण्डमा सहयोग गर्नुहोस् तर आफ्नो काम बिगारेर होइन । भावुक व्यक्तिहरुका लागि यस्तो गर्नु सहज हुँदैन तर गर्नैपर्नेहुन्छ । (एजेन्सी)
- See more at: http://www.ratopati.com/2014/08/06/157047.html#sthash.9JCA07Rh.xkxh3eKX.dpuf

Friday, 8 August 2014

आदिवासी दिवस2071

केही महत्वपूर्ण जानकारी सहित विश्वको शुभकामान
विश्वका ९० देशमा एकैसाथ मनाउने २०औ आदिवासी दिवसको उपलक्षमा सबै आदिवासी जनजातिहरु जातिय उत्पीडिनबाट मुक्त रहोस । सम्पूर्ण आदिवासी जनजातिल आफ्नो भाषा , धर्म, संस्कृति, मौलिक परम्परा तथा प्रथाजन्य कानुनका अधिकारहरु निर्विवाद तथा निर्भय तरिकाले उपभोग गर्न पावस । दोस्रो संविधनसभाबाट जारी हुने संविधानमा उत्पीडित आदिवासीको पहिचान र स्वशासनको अधिकार सहितको सङ्घीयता सुनिश्चित गरोस भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
आङ काजी शेर्पा किसान
निर्वतमान महासचिव
नेपाल आदिवासी जनजाति महासंघ
(1) विश्व आदिवासी दिवस कहिले देखि र किन मनाएका हुन ?
(क) जेनेभा स्विटरजरल्याण्डमा डिसेम्बर १९८२ मा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसकोे रुपमा मनाउने निर्णय ग-यो ।
(ख) २००४ को साधारण सभाले २००५ देखि २०१४ को दशकलाई विश्व आदिवासी दशक घोषण ग¥यो । सो साधारण सभाले दोस्रो दशकमा पनि वािर्षक रुपमा विश्व आदिवासी दिवस मनाउने निर्णय ग-यो ।
(ग) प्रथम दशकको उद्धेश्य आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा भोग्नु परेका समस्या समधान गर्न अन्तराष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु थियो ।
(घ) अप्रिल २००० मा संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी मञ्च स्थापना गर्ने मानव अधिकार आयोगको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदले पनि अनुमोदन ग-यो ।
(ङ) आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा आदिवासी जनजातिले भोग्नु परेका समस्याबारे छलफल गर्ने अख्तियारी आदिवासी स्थायी मंञ्चलाई प्रदान गरियो ।
(च) संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मंञ्चले आदिवासी जनजातिकंो अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।
(2) यस वर्षको विश्व आदिवासी दिवसको नारा के हो ?
"सम्पूर्ण अन्तरहरुलाई न्यूनीकरण गर्दै, आदिवासी जनजातिको अधिकार कार्यन्वयन (स्थापित) गरौ"
(3) आदिवासी जनजाति क–कस्लाई भनिन्छ ?
(क) कुनै पनि देश वा राष्ट स्थापना हुनु भन्दा अगावै त्यस भूगोलमा भएका मानव समुदायलाई त्यहीका आदिवासी भनिन्छन् । अमेरिका स्थापना हुनु भन्दा अगाडी त्यहाँ न्यटेभि अमेरिकन भएको हुनाले उनीहरुलाई अमेरिकाका आदिवासी भनिन्छ । अष्ट्रेलिय देश स्थापना हुनुभन्दा अगावै त्याहाँ एबोर्जिन्स भएको हुनाले एर्बोिर्जन्सहरुलाई अष्ट्रेलियका आदिवासी भनेका हुन । गोर्खा र नेपाल राज्य स्थापना हुनुभन्दा अगावै यहाँ लिम्बु, राई, तामाङ, शेर्पा, नेवार, गुरुङ, मगर, थारु, राउटे कुसुण्डा, भुजेल, सुनुवार, दनुवार ताजपुरिया, धानुक सहित ५९ समुदाय थिए त्यसैले उनीहरु सबै नेपालका आदिवासी जनजाति हुन ।
(ख) आदिवासी जनजातिका पृथक भाषा, धर्म, संस्कृति तथा मौलिक परम्परा हुन्छन् ।
(ग) आदिवासी जनजातिका आफ्नै ऐतिहासिक थातथलो हुन्छन् ।
(घ) आदिवासी जनजातिहरु राज्यसत्तामा प्रभुत्व र प्रतिनिधित्व विहिन अवस्थामा हुन्छन् र उनीहरु अधिकांश देशमा शासित अवस्थामा हुन्छन् ।
(ङ) आदिवासी जनजातिका अलिखित ईतिहांस हुन्छन् ।
(च) आदिवासी जनजातिका प्रथजन्या कानुन तथा न्याय हुन्छन् ।
(छ) आदिवासी जनजाति सुमहमा बस्छन् । सामुहिक नेतृत्व र सामुहिक स्वमित्वको व्यवस्था हुन्छन् ।
(4) विश्वमा आदिवासी जनजातिको जनसंख्य कति छन् ?
विश्वमा करिब ३७ करोड आदिवासी जनजाति छन् जुन विश्वको कुल जनसंख्याको ५ प्रतिशत हुन आउछ । विश्वका ३७ करोड आदिवासी जनजाति मध्ये ७० प्रतिशत एशियमा बस्दछन् ।
(5) विश्वमा कति थरिका आदिवासी जनजाति समुदाय छन् ?
विश्वमा करिब ५ हजार थरिका आदिवासी जनजाति छन् ।
(6) विश्वमा कतिवटा देशमा आदिवासी जनजाति छन् ?
विश्वका करिब ९० देशमा आदिवासी जनजाति छन् ।
(7) आदिवासी जनजातिलाई कसरी सम्बोधन गरिन्छ ?
विश्वका विभिन्न देशमा आदिवासी जनजातिलाई ट्राइबल पिपल, पहिलो समुदय, मुलबासी, धर्ति पुत्रपुत्री भनेर सम्बोधन गरेको पाईन्छ ।
(8) विश्वमा कति आदिवासी जनजाति गरिब छन ?
विश्वमा करिब १ अर्ब ११ करोड आदिवासी जनजाति गरिबीका रेखामुनी छन् ।
(9)नेपालमा कति थरिका आदिवासी जनजाति छन् ?
नेपालमा नेपाल सरकारले सूचीकृत गरेका आदिवासी जनजातिहरुमा कुमाल, गुरुङ, चेपाङ, जिरेल, तामाङ, तोक्पेगोला, मार्फली थकाली, थामी, थारु, दुरा, , नेवार, पहरी, बराम, भुजेल, मगर, याक्खा, लिम्बु, राई, , लार्के, वालुङ, ल्होमी (सिङ्सा), शेर्पा, , सियार, सुनुवार, ह्योल्मो, डोल्पो, थुदाम, धानुक, राउटे, कुसुण्डा्र, किसान, गन्गाई, उराँव, ताजपुरिया, तांबे, दनुवार, दराई, धिमाल, बोटे, भोटे, माझी, मुगाल, मेचे, राजवंशी, राजी, लेप्चा ब्याँसी, छन्त्याल, हायु, मार्फाली थकाली, तीन गाउँले थकाली, सुरेल, कुचबाडिया, बाह्रगाउँले र ल्होपा पर्दछन् । आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६६ फागुनमा बुझाएको प्रतिवेदनमा थप २५ सहित जम्मा ८१ आदिवासी जनजातिको सूची पेश गरिएकोछ ।
(10) नेपालमा आदिवासी जनजातिलाई भौगोलिक रुपमा कति क्षेत्रमा वर्गिकरण गरिएको छ ?
भौगोलिक दृष्टिकोणले नेपालका आदिवासी जनजातिलाई ४ क्षेत्रमा वर्गिकरण गरिएका छन् ।
(क) हमालका आदिवासी जनजातिमः व्यासी शौका, भोटे, थुदाम, डोल्पा्े, ह्योल्मो, मुगाल, मार्फली थकाली, तिनगाउँले, वाह्रा गाउँले, सियार, शेर्पा, ताङवे, ल्होमी, तोक्पेगोला (ढोक्प्या) र वालुङ पर्दछन्
(ख) पहाडका आदिवासी जनजातिः कुचवाडीया, बराम, छन्थ्याल, सुरेल, मगर, हायु, चेपाङ, गुरुङ, पहरी, लार्के, नेवार, तामाङ, सुनुवार, जिरेल, भुजेल, थामी, याक्खा, राई, लिम्बु र लेप्चा,
(ग) तराईका आदिवासी जनजातिः धानुक, धिमाल, गन्गाई, उराँव, दराई, किसान, हायु, थारु, मेचे, ताजपुरिया, सन्थाल र राजवंशी र कुचवाडीया
(ङ) भित्रीतराईका आदिवासी जनजातिः राउटे, राजी, माझी, दनुवार, कुसुण्डा, वोटे, दुरा र कुमाल पर्दछन् ।
विकासको दृष्टिकोणले आदिवासी जनजातिलाई ५ वर्गमा विभाजन गरिएकोछ ।
(क) लोपोन्मुख आदिवासी जनजाति ः कुसुण्डा, राउटे, सुरेल, हायु, राजी, लेप्चा, किसान, मेचे, र कुचवाडीय पर्दछन
(ख) अतिसिमान्तकृत ः माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सन्थाल, उराँव, थामी, बोटे, दनुवार र बराम,
(ग) सिमान्तकृत ः सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, राजवंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोक्पेगोला (ढोक्प्या), डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, वालुङ,
(घ) सुविधा वञ्चित ः ताङवे, तिनगाउँले, वाह्रागाउँले, मार्फली थकाली, मगर, राई, लिम्बु, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो र
(ङ) उन्नत समुह ः नेवार र थकाली पर्दछन् ।
(11) नेपाल आदिवासी जनजाति महासंघ कहिले स्थापना भएको हो ?
नेपाल आदिवासी जनजाति महासंघ २०४७ मा निम्न ७ संगठनहरु मिलेर स्थापना भएको हो ।
(क) नेपाल लङ्गाली संघ (हालको नेपाल मगर संघ)
(ख) सगरमाथा सेवा केन्द्र (हालको नेपाल शेर्पा संघ),
(ग) किराँत याक्थुङ चुम्लुङ,
(घ) सुनुवार सेवा समाज
(ङ) किराँत राई साँस्कृतिक संघ र किराँत धर्म संस्कृति उत्थान (हालको किराँत राई यायोक्खा),
(च) नेपाल तामाङ बौद्ध घेदुङ (हालको नेपाल तामाङ घेदुङ),
(छ) नेपाल भाषा मंकःखल (हालको नेवाः देय दवु)
(12) आदिवासी जनजाति महासंघको जिल्ला शाखाहरु गठन भएको छ कि छैन
आदिवासी जनजातिको जिल्ला शाखाको रुपमा करिब ७१ जिल्लामा आदिवासी जनजाति जिल्ला समन्वय परिषद गठन भएका छन् ।
(13) विदेशमा आदिवासी जनजाति महासंघको शाखाहरु गठन भएको छ कि छैन
विश्वका करिब १७ वटा देशमा आदिवासी जनजाति महासंघको अन्र्तराष्ट्रिय शाखा गठन भएका छन्
(14) नेपालमा भएका आदिवासी जनजाति सम्बन्धित राष्ट्रिय संगठन कुन कुन हुन ?
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति उत्थान रािष्ट्रय प्रतिष्ठान, आदिवासी जनजाति पत्रकार महासंघ, आदिवासी जनजाति युवा महासंघ, आदिवासी जनजाति विद्यार्थी महासंघ, आदिवासी चलचित्र संघ, आदिवासी जनजाति कला संस्कृति सञ्जाल, आदिवासी जनजाति कानुन व्यवसायी परिषद्, आदिवासी जनजाति अपाङ संघ, आदिवासी जनजाति मजदुर संघ, आदिवासी जनजाति भू पू सैनिक तथा प्रहरी, आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ, आदिवासी जनजातिको मानव अधिकार सम्बन्धि वकिल समुह (लाहुरनीप), आदिवासी जनजाति फिल्म आर्काइभ, आदिवासी जनजाति महिला सञ्जाल छन् ।
(15) आदिवासी जनजातिको एसिया क्षेत्रिय संगठन छ कि छैन ?
आदिवासी जनजातिको एसिय क्षेत्रीय संगठन छ जस्लाई एशिया इन्डिजिनियस् पिपल्स् प्याक्ट (ए आई पि पि) भनिन्छन् ।
(16) आदिवासी जनजातिको अन्तर्राष्ट्रिय संगठन छ कि छैन ?
आदिवासी जनजातिको अन्तर्राष्ट्रिय संगठन छ जसलाई संयुक्त राष्ट्रसंघको आदिवासी मामिला सम्बन्धि स्थायी मञ्च भनिन्छ ।
(17) आदिवासी जनजातिको भाषामा अभिवादन कसरी गरिन्छ ?
घोरलगी (किसान), ज्यू (कुमाल), जयराम (कुचवाडीया), सोजग (कुसुण्डा), बन्दगी (गन्गाई, ताजपुरिया, राजवंशी), छ्याजल्लो (गुरुङ), झोरलाङ (चेपाङ), सरलोज्यू (छन्त्याल), से–ह्ओत (जिरेल), जोरोनन्दन् (झांगड उराँव), फ्यापूmल्ला (तामाङ), टासी देलेक (ताङवे, तोक्पेगोला, भोटे, वालुङ, ल्होमी, मुगाल, शेर्पा, ह्योल्मो, लार्के तीन गाँउले थकाली, डोल्पो, थुदाम, वाह्र गाँउले, ल्होपा, सियार), होर्छे (थकाली) सेवा (थामी), सेवालागी, गोर्लागी (थारु), गोरलगैछी (दनुवार), सेवा सलाम (दराई), उई उई (दुरा), सेउपाखा (धिमाल), जोजोलप्पा (नेवार), जोपाई (पहरी), उगेप्से (बराम), बिन्ती (बोटे), सेवनुङ (भुजेल) , झोरले, झेडो, जदौ, मिजोर (मगर), सोवाधोग (माझी) खुलुम्बाई (मेचे), सेवायो, सेवायौ (याक्खा), सेवारो, (लिम्बु), सेवा, स्यमुइना, सेवाने (राई), ढोक लउसी (राजी), नमस्कारही (राउटे), खमरी (लेप्चा), बुदैला (ब्यासी, शौका), जोहार (सन्थाल), नमसेवल (सुनुवार), पूङबामाखी (हायू), सेउपाता (सुरेल), प्रणाम (धानुक)