Thursday, 26 June 2014

एमाले प्रतिनिधिमा ओली पक्षको बहुमत

लेखनाथ खतिवडा पाँचथर /असार १० print

  • 640
     
     
    16
     
     
    0
    Google +
     
    0
     
     
    656
     
  • GET NEWS ALERTS


नेकपा (एमाले) को आसन्न नवौँ महाधिवेशनका प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणनामा पाँचथरमा केपी ओली पक्षले बहुमत पाएका छन्। सोमबार सम्पन्न मतगणनाबाट ओली पक्षले बहुमत हासिल गरेको हो। मतगणनाबाट क्षेत्र नं १ मा माधवकुमार नेपाल पक्षले बहुमत हासिल गरेको छ भने क्षेत्र नं २ मा ओली पक्षले सबै प्रतिनिधिमा कब्जा जमाउन सफल भएको छ।
 
क्षेत्र नं १ मा नेपाल समूहका कमल जवेगुले ६ सय ८३, जिल्ला विकास समिति पाँचथरका पूर्व सभापति उपेन्द्र दंगालले ५ सय ९३, लेखनाथ घिमिरेले ४ सय ८७ र तिवेन्द्रराज चापागाईँले ४ सय ८२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्। यो क्षेत्रमा पूर्व सांसद समेत रहेका ओली पक्षका वसन्तकुमार नेम्वाङले ५ सय ६४ मत प्राप्त गरि विजयी भएका छन् भने महिला प्रतिनिधिमा नेपाल समूहकी रमा खवासले ४ सय ८१ मत प्राप्त गरि विजयी भइन्।
 
यस्तै क्षेत्र नं २ मा ओली समूहका पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले ६ सय ७६, एमाले पाँचथरका कार्यवाहक अध्यक्ष राजकुमार भण्डारीले ४ सय ५, एमाले पाँचथर सचिव प्रेमप्रसाद रिजालले २ सय ८० र नरेन्द्र बस्नेतले २ सय ९७ मत प्राप्त गरि महाधिवेशन प्रतिनिधि चयन भए। यस्तै यो क्षेत्रको महिला प्रतिनिधिमा ओली समूृहकै करुणा राईले ४ सय २४ मत प्राप्त गरि महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। यस्तै दलित प्रतिनिधिमा पनि ओली समूहकै भवानी शंकर ४७ मत प्राप्त गरि विजयी भएका छन्।
 
केही वर्ष अघिसम्म झलनाथ खनाल-माधवकुमार नेपाल पक्षको बलियो गढ मानिएको एमाले पाँचथरमा यस पटक ओली समूह बहुमत प्रतिनिधि निर्वाचित गराउँन सफल भएको हो। एमालेको गत जिल्ला अधिवेशनबाट अध्यक्ष चुनिएका गणेश काम्बाङ बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएपछि उपाध्यक्ष राजकुमार भण्डारीले जिल्लाको नेतृत्व गर्दै आएका छन्। भण्डारी कार्यवाहक अध्यक्ष भएपछि ओली पक्ष थप मजबुत भएको छ।
 
यस्तै अघिल्लो पटक ओली प्यानलबाट केन्द्रीय सदस्यको चुनाव लडेर पराजित भई झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन राज्यमन्त्री बनेका डम्बरसिंह सम्बाहाम्फे र झलनाथ खनाल पक्षबाट जिल्ला सचिव निर्वाचित भएका प्रेमप्रसाद रिजाल समेत ओली पक्षमा लागेकाले ओली पक्षले बहुमत हासिल गर्न सफल भएको हो।
 
१२ महाधिवेशन प्रतिनिधि मध्ये ७ जना ओली पक्षबाट र ५ जना नेपाल पक्षबाट निर्वाचित भएको युवा संघका केन्द्रीय सदस्य नरबहादुर गुरुङले जानकारी दिए। गत शनिबार नै महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सम्पन्न भएपनि नवमीडाँडामा भएको विवादका कारण एक दिन ढिला गरि मतगणना सुरु भएको थियो।

प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०७१ ११:४८:३९


No comments:

Post a Comment