Wednesday, 23 April 2014

खम्बुवान नै किन ?


खम्बुवान नै किन ?Written By : admin on April 21, 2014 41 41 0 rk khambhu savasad -आर के खम्बु खम्बू भाषामा ‘खम्बापू’ भनेको धरतीपुत्र हो । धरतीलाई ‘खाम्बेक’ भनिन्छ । यही खाम्बेकबाट पहिलोपल्ट पैदा भएको मानव नै खम्बापू हुन्छ । उही नै धरतीमालिक वा भूमिपुत्र पनि हो । यो पहिलो धरतीमानव वा खम्बापू शब्दको रूपान्तरण नै ‘खम्बू’ हो । विद्वान इमानसिं चेम्जोङका अनुसार आजका किरातहरूलाई आर्यभाषामा ‘राय’ भन्नुअघि खाम्बोङवा÷खाम्बो वा खम्बू नै भनिन्थ्यो । अझ उनीहरूको पहाडी भूमिमा पछिसम्मै यही नामले पुकारिन्थ्यो । ऐतिहासिक तथ्यहरूमा आर्य—हिन्दूशास्त्रमा ‘किरात’ नामबाट सम्बोधित हुनुअघि मौलिक नाम खम्बू नै सर्वत्र प्रचलित भएको पाइन्छ । पर्सिया(इरान)को निसाबाट बसाइ“ सरी उत्तर—भारतहु“दै हिमालयतिर आउ“दा किरात उपाधी ग्रहण गरेको तर, निसामा ‘खम्बोज’ नै भनिएको एकथरी विद्वानहरूको मत छ । आज किरात भनिने सम्पूर्ण समूह, लेप्चा, तराईका कोच(कोचे÷राजवंशी), मेचे, धिमाल, काठमाण्डौंका नेवारी समुदायभित्रका ज्यापू, भुटानका सारछोक्पा, बंगालीकोच, तिब्बती खम्पा, आसामका बोडो, नागा, मिजु, मनिपुरी तथा वर्मा, थाइल्याण्ड, इण्डोनेशिया, भियतनामका विविध पहिचानमा रहेका आदिवासीहरू सबै खम्बूवंशी नै हुन् । कतिपयमा मंगोल तथा चिनिया“रक्त ज्यादा होला । यलाखोम(काठमाण्डौं उपत्यका)का ज्यापू ‘किरात शासनकाल’पछि छाडिएका कृषकखम्बू भएको भरपर्दाे प्रमाणहरूले पुष्टि गरिसकेको छ । यो हिमालयक्षेत्रमा खस तथा मंगोलहरूको प्रवेशहु“दा यही नग÷नाग÷नागाहरूले ढाकिसकेको कुरा इतिहासविदहरूले उल्लेख गरेका छन् । मुन्धुममा ‘नगेह’ शब्दको प्रयोग हुन्छ । यी सबै आधारमा खम्बू शब्द ओझेलमा पर्दै गएर वैदिक आर्यको प्रभावबाट ‘किरात’ शब्दले सम्बोधित हुनुअघि यही नाग(नगेह) पहिचान रहेको बुझिन्छ । वंगालमा कोचहरूको विशाल साम्राज्य थियो भने आसामबाट बर्माहरू पछि यलाखोममा पनि शासन गर्न आइपुगेका थिए । भाष्कार बर्माले यलाखोमको शासनसत्ता आºना आर्यवंशी धर्मपुत्र भूमि बर्मालाई सुम्पेर कामरुप(आसाम) फर्केको उल्लेख छ । तिनै भूमि बर्माको शासनसत्ता स्थापित भएपछि नै यलाखोमको किरातशासनको अन्त्य भएको पनि मानिन्छ । भूमि वर्माको वंशज नै आज छिटफुटरूपमा पाइने ‘बर्मा’ थरका जातीय समूह हुन् भन्ने अनुमान छ । मुन्धुमअनुसार पहिला खम्बूपुत्र ‘हाङछा’लाई मानिएको छ । उनलाई ‘हेन्कुबुङ’ पनि भनिन्छ । उनी सुम्निमा–पारुहाङपुत्र हुन् । सुम्निमा–पारुहाङलाई इष्टदेव र मानवसृष्टिकर्ता मानिएको छ तर, ती महामहिमहरू धरतीमा जीवविकाएसव्रmमको विकसित मानवपुर्खा मान्नुपर्दछ जसले आफ्ना पुत्र हाङछालाई अजेय शक्तिशाली बनाए । उनीहरूले ४ थु“मालुङ÷सुप्तुलुङ, वासाङ, आरावा, सोलेवा र धनुष्वाण गरी आठ शक्तिसाधन पुत्र हाङछालाई प्रदान गरेको बताइन्छ । हाङछाका कैयौं पुस्तापछिका पतेसुङपुत्र खोक्चिलिपा÷हेच्छाकुपा÷कोक्तिशाला खम्बू युगपुरुष कहलिएका छन् । उनैले सुम्निमा–पारुहाङद्वारा प्राप्त शक्तिसाधनकै आधारमा खम्बू जातिलाई सुसंस्कृत तुल्याए । हेच्छाकुपाले ‘नायुमा’ नाम गरेकी स्त्रीस“ग विवाह गरी घर निर्माण, स्थायी वसोवास, पशुपालन र खेतीपातीको विकास गरेर समाजविकासक्रममा युगान्तकारी परिवर्तन ल्याए । उनले आºनी पत्नी र दिदीहरू तावामा र खिवामाको सहयोगद्वारा विधिपूर्वक साकेलापूजा र साथमा नृत्य–संगीतकलाको पनि विकास गरे । उनीहरूले ढु“गाको तान थापेर कपडा बुन्ने, अल्लो र कपासको धागो कात्ने सीपबाट घरेलु उद्योग चलाए । हेच्छाकुपाको पालामा साकेलापूजा राजकीय ढ“गबाट सम्पन्न हुन्थ्यो । उनै हेच्छाकुपा नै पहिला खम्बुराजा ‘खम्बुहाङ’ हुन् र उनैले खम्बुवान राज्यको स्थापना गरेको विद्वानहरूको मत छ । यो प्राचीन खम्बुवान हिमालय आसपास दक्षिण समुन्द्रसम्म पैmलिएको मुन्धुम व्याख्यान पाइन्छ । अहिलेको दृष्टिमा खम्बू र खम्बुवान संकुचित अर्थमा बुझिए पनि त्यो समयमा यो सिंगै भूमि तिब्बतको कारकोरम, हिन्दकुशक्षेत्र, अरेवियनसागर र भारतीय उपमहाद्वीपहु“दै पूर्वीचिनीसमुन्द्रसम्म खम्बुवान विस्तारित थियो । यसलाई समग्रमा खम्बुवान नै मान्न सकिने आधार मौलिकरूपले बृहत मानवजाति ‘खम्बोङवा वा खम्बू’ रहेको तथ्य नै हो । यो जातिलाई ‘किरात’ भनिएको वैदिकशास्त्रमा मात्र हो । यसैले यो मुलुक ‘किरात वा किरातराष्ट्र’ भन्नु मौलिक ठहर्दैन । नेपाल शब्द धेरै पछिको हो र ‘नेवाल वा नेवाः’वंशी खम्बूबाटै ‘नेपाल’ नाम रहनगएको भए पनि यो ज्यादै सीमित थियो । पछि ‘नेपालमण्डल’ अलिक विशाल देखिए पनि पहिले नेपाल भनेर यलाखोम(उपत्यका)लाई मात्रै भनिन्थ्यो । अभैm बूढापाकाहरू त्यसै भन्छन् । बाइसे–चौबिसे राज्य टुक्रिनुअघि पनि यलाखोमपूर्वलाई नेपाल भनिदैनथ्यो । यसर्थ खम्बुवान नै प्राचीन, मौलिक र अखण्ड खम्बूराष्ट्र थियो । यो प्राचीन खम्बुवानको शासनकाललाई तिथिमितिमा नाप्न नसकिए पनि मानव जातिले घुमन्तेयुगबाट कृषियुगमा पाइला हालेको लगभग १५,००० वर्षअघि नै हो र १०,००० वर्षअघि नै खम्बू जातिले उन्नतिको शिखर चढिसकेको थियो । यही समय नै खम्बुहाङको शासनकाल र प्राचीन खम्बुवानको स्थापनाकाल मान्नसकिन्छ । यसलाई खम्बू जातिको कविलायी राज्यव्यवस्था मान्नुपर्छ । खम्बू जातिलाई ‘किरातासुर’ भनेर आर्यहरूले सम्बोधन गर्नथालेको अपराजेय ठानेर रोष र घृणापूर्वक नै हो । ग्रीक इतिहासकार हेरोजेट्स, हेयार्ड तथा भारतीय पण्डित भगवदत्तले किरात असुरले संसार विजय गरेको बताएका छन् । त्यसैले वेविलोन वा वावेलका राजालाई पृथ्वीका प्रथम दर्जाका राजा भन्ने सम्मान भएको बताइन्छ । तिनले वेविलोन राजधानी कायम गरी मेदिया, पर्सिया, मेसोपोटामिया, प्यालिष्टायन, इजिप्ट, भारत तथा पूर्वी देशहरूमा कब्जा जमाएका थिए । यो १७५० ख्रिष्टपूर्वको कुरा हो । यसभन्दा अघि असिरियन साम्राज्यको चर्चा पाइन्छ । त्यसको राजधानी निनवेह थियो, यो शहर टिग्रीस नदीको किनारमा भएको अनुमान छ । हडप्पा र मोहनजोदडोको सभ्यता यसैस“ग सम्बन्धित भएको र भारत पनि यसैको अधीनमा रहेको बताइन्छ । यसकालमा खम्बू विश्वविजयी थिए र वेविलोन तथा हरप्पा र मोहनजोदडोको सभ्यताको पतनपछि खम्बू साम्राज्यको पराजयको क्रम शुरु हुन्छ । यसै सभ्यतास“ग सम्बन्धित सौभार÷सम्बरले आर्यनेता इन्द्रस“ग ४० वर्ष युद्ध गरी सिन्धु र ग“गा–जमुनाको मैदानबाट पलायनहु“दै का“गडा उपत्यकाबाट खम्बुवानको सत्ता सञ्चालन गरेका थिए । पछि अर्का खम्बूवीर जालान्धर पनि सतलज उपत्यकामा जमे । त्यसवेलाका महत्वपूर्ण किल्लाहरू जालान्धारी, कश्मीर, कुमाऊ, गढवाल र नेपाललाई हिमालयको पा“चखण्ड भनेर हिन्दुशास्त्रहरूमा उल्लेख गरिएको छ । त्यस्तै अस्वकुट(कावुल), सुमर(आसाम), मालक वा म्लेक(लोहित), कुल्याक(कुलुउपत्यका), किन्नर वा किरात(गढवाल), मत्स्य वा उत्तरविहार, पाण्ड्रा(बंगाल) र नेपाल संघात्मक प्राचीन खम्बुवानका स्वायत्त अंग भएको मार्केण्डय पुराणमा लेखिएको बताइन्छ । हालको मध्यनेपालमा ई.पू.४,००० तिर खम्बुराजा वाणासुरले राज्य गर्दैथिए । कृष्णको निर्देशनमा यादव जातिको बलियो सैन्यवलद्वारा वाणासुरलाई मारी आठपुस्ता गोपालवंशीहरूले उपत्यकामा राज्य गरे । यिनै गोपालवंशी भुक्तमानलाई पराजित गरी हाङ यलम्बरले यलाखोममा फेरि खम्बू सभ्यताको शुरुवात गरेको देखिन्छ । यसैलाई ‘किरात शासनकाल’ भनी इतिहासमा अंकित गरिएको छ । तर यो खम्बुवानकै सुदृढ र जाजल्यमान राज्यसत्ता र निरन्तरता हो, किरातराष्ट्रको शुरुवात होइन । सम्राट यलम्बरले तामाकोशीको बीचबाट गएर यलाखोम कब्जा गरेका थिए । उनी यलुङ दलका नेता मानिन्छन् । यलुङ पाछा खम्बू जातिको चाम्लिङ समूहमा पर्दछ । उनका वंशजका ३२ पुस्ताले १६ सयवर्ष यलाखोमबाट खम्बुवानको सत्ता सञ्चालन गरेका भनिएपनि एलेसम्बतको हिसाब गर्दा ३१७१ वर्ष हुन्छ । यो अत्यन्त सशक्त र रामचन्द्रको अयोध्या र युधिष्ठिरको हस्तिनापुरसमान प्रभावशाली मानिन्थ्यो । यसको सीमाना त्रिशुलीपूर्व टिष्टासम्म थियो । अझ अर्काे तथ्यअनुसार पश्चिममा ग“गानदी अर्थात कुमाऊ(कर्तृपुर)देखि कामरुप(आसाम)सम्म पैmलिएको मानिन्छ । यसवेला खम्बुवानभित्र संघीय व्यवस्थाअन्तर्गत थुप्रै स्वायत्त किल्लाहरू थिए जसले बारम्बार विद्रोह गर्ने प्रयत्न गर्दथे । यलाखोमै पनि थुप्रै रजौटाहरू उपहार(सैनिक सेवासहित) बुझाएर भाइफुट्टा राजाको मान्यता लिन्थे र वेलावेला विद्रोह गर्ने पनि प्रयत्न गर्दथे । चैनपुरक्षेत्रमा पा“चखप्पन(पा“चखम्बुवान) यस्तै एउटा किल्ला थियो । यसैअनुसार सम्बत् १३४१ तिर दुधकोशी–सुनकोशीउत्तर अरुण–तमोरक्षेत्रमा नागाखम्बूहरूले त्यस्तै विद्रोह गर्दा यलाखोमकेन्द्रबाट राजा जुलुमहाङले टिष्टापारि लखेटेका थिए । आज आसामका नागा त्यही पराजित नागाखम्बूहरू हुन् जसलाई लखेट्न जुलुमहाङले याक्खा, लोहरुङ, यम्पूm, आठप्रे आदि खम्बूसेना प्रयोग गरेका थिए । फेदापमा पनि छैटौं शताब्दीमा आठखम्बू सामन्तहरूको स्वायत्तशासन रहेको देखिन्छ । उनीहरू क्रमशः यकेतेदहाङ, चेस्वीहाङ, लारासोहाङ, पाङवोहाङ, इकाङसोहाङ, खादीहाङ र इमेहाङ थिए । यिनीहरूले ५०० ख्रिष्टपूर्व केन्द्रका सातौंराजा जितेदास्तीको पालामा एक सभागरी केन्द्रबाट विद्रोह गर्ने निधो गरे । भाइपूmट्टा राजा(हाङ)कै मान्यता लिई फेदापमा राजधानी बनाएका थिए । त्यहीवेला आसामतिरबाट शानमकवानवंशी तीन पुरोहितसहित दश धनुर्धारीहरू प्रवेश गरेर खम्बुवानको फेदाप कब्जामा लिई लिम्बुवान राज्यको स्थापना गरेको मानिन्छ । ‘लिम्बू’ भनेको धनुर्धारी हो, भनिएको छ जो चिनिया“ भाषास“ग सम्बन्धित छ । यलाखोमका अन्तिम राजा योग्नेहाङ आºना अनुयायीसहित पूर्वतिर लागेपछि उनका छोराहरूमध्ये कान्छा खाम्सोहाङले फेरि दुष्मनमाथि हमला गर्ने प्रस्ताव राख्दा उनका दाजु जेठा लिलिमहाङले अस्वीकार गरी आºना समर्थक लिएर तमोरनदीको वाया“तिर सुसुवादेनमा किल्ला खडा गरेर इ‘.पू.६०० तिर फेदापमा पसेका दशधनुर्धारीस“ग मिली लिम्बुवान राज्य सुदृढ गर्न पुगे यहींबाट स्पष्टतः खम्बुवान टुक्रिनपुग्यो । पहिलेदेखि नै दशलिम्बूको थितिअनुसार आठखम्बूका वंशज सबैलाई लिम्बूमा गणना गर्ने र समताको व्यवहार गर्ने उल्लेख छ, जसलाई ‘चमफुङ’ रीति भनिन्छ । यसैअनुरूप ती आठ खम्बूमध्ये खादीहाङ र इमेहाङबाहेक सबै लिम्बू कहलिएको बताइन्छ । खादीहाङ आजका बोडो र इमेहाङ लेप्चाका नेता वा पुर्खा मानिन्छन् । यसरी पहिले नै खम्बुवानको एकभाग टुक्रिएर लिम्बुवान बनेको देखिन्छ । हुन त यस्तै एउटा घटनाबाट मात्र लिम्बू र लिम्बुवानको अस्तित्व कायम रहेको मान्न सकिदैन । यस भूमिमा विभिन्न कालखण्डमा भिन्नभिन्न जातीय समूहको आगमन भइरहेको पाइन्छ । कतिपयले विजयपुरका लिलिमहाङवंशी राजा लिबुकहाङ निरङ्कुश निस्किएकाले उनको एकतन्त्रीय शासन तोडेर उनका भाइ–भारदारहरूले जनइच्छाअनुसार राजा(राय) चुनी संघात्मक व्यवस्था कायम गरेपछि तिनै लिबुकहाङका वंशज र उनका समर्थकचाहिं ‘लिम्बू’ हुनपुगे भन्ने मत पनि राखेका छन् र निर्वाचित रायका वंंंश र समर्थक पछिसम्मै ‘राय’ थिए ती केही राई भए भने कतिचाहिं फेरि लिम्बू नै । विजयपुरका बुद्धिकर्ण राय(खेवाङ) त्यस्तै हुन् । आजका खेवाङ लिम्बू पछिसम्मै खम्बू नै थिए । यसरी सबै लिलिमहाङ–लिबुकहाङका वंशज तथा उनका अनुयायीहरू तिनै दश धनुर्धारीका वंशजस“ग मिसिएर सिंगो लिम्बू र लिम्बुवान बन्यो होला । कतिपयले पृथ्वीनारायण शाहले कब्जा जमाएपछि मात्र लिम्बू र लिम्बुवान नाम रहन गएको पनि मानेका छन् । यसै कारणले पनि लिम्बू र लिम्बुवानको जरो खोज्न खम्बू र खम्बुवानमा पुग्नैपर्छ, लिम्बू मुन्धुमले पनि यही बताउ“छ । जेहोस्, खम्बू र खम्बुवानकै पृष्ठमा लिम्बू र लिम्बुवान पनि बन्न पुगेको चाहिं सबै तथ्यहरूबाट पुष्टि हुन्छ । उता भाइ खाम्सोहाङले पनि बनेपाबाट पूर्व दुधकोशीको किनार मुग्ली–देरेपूमा ‘खम्बुक–यक×’ खडागरी बा“की खम्बू र खम्बुवानको सत्ता सञ्चालन गर्न लागे । लिच्छविहरूले पनि सम्पूर्ण खम्बुवान लिएको नभै तत्कालीन नेपाल(यलाखोम)मात्र कब्जागरी खम्बुवानलाई चोइटाइदिएका थिए । लिच्छविकालमा राजा मावरोङले उपत्यकापूर्व खम्बुवान भन्नुको तात्पर्य पनि यही हो । त्यतिबेला ‘नेपाल’ यलाखोम नाघेर पश्चिमतिर पैmलिदै थियो । तर, पछि मल्लकालमा ती सबै बाइसे–चौबिसे भुरेटाकुरे राज्यहरूमा बा“डिए । कसैले यही खम्बुक–यकको स्थापनालाई नै पहिलो पटक खम्बू र खम्बुवानको अस्तित्व कायम रहेको बताएका छन् तर, यो नितान्त गलत हो । यो खम्बुवानको सानोरूप र निरन्तरतामात्र हो बरु खम्बुवानकै पृष्ठमा लिम्बुवान पनि बनेको हो वा सिंगो खम्बुवान टुक्रिएर प्रचलित खम्बुवान र लिम्बुवानको रूप खडा भएको हो । लिच्छविकालमा तिब्बती सम्राटले उपत्यकापूर्व र भारतको केही भाग पनि आºनो कब्जामा पार्न सफल भएको बताइन्छ । उनकै आदेशमा राजा मावरोङले मावरोङ, लाप्चाङ, लिम्बुवान र खम्बुवान विभक्त गरी संघीय शासन चलाएका थिए भने मध्यकालमा पनि खसान, मगरात, नेपाल, खम्बुवान र लिम्बुवान रहेको कविलामहासंघ खडा भएको बताइएको छ । यसरी कुनै न कुनैरूपमा खम्बुवानको अस्तित्व अभिछिन्न रहदैआएको छ । मकवानपुरका सेनराजाहरूले चौदण्डी र विजयपुरमा कब्जा जमाइसक्दा पनि मूलखम्बुवान स्वतन्त्र नै रहेको प्रमाण पाइन्छ । त्यतिवेला खम्बुवानको सत्ता सोह्रथुममा विभक्त थियो । यसर्थ सिंगो खम्बुवानलाई ‘सोह्रखम्बुवान’ पनि भनिन्थ्यो । यीमध्ये चौदण्डीथुम सेनको कब्जामा परेको हुनाले त्यहा“ चौतारिया अगमसिं खम्बू थिए । यो गोर्खाली राजा पृथ्वीनारायण शाहले अतिक्रमण गर्नुअघिको कुरा हो तर, अन्य थुमहरू धुलिखेल, रावा, दोलखा, हतुवागढी आदि स्वतन्त्र नै भएकाले त्यहा“ क्रमशः महेन्द्रसिं, चतिम, उलिङहाङ–वलिङहाङ र सुनाहाङ आदि खम्बू राजाहरूले राज्य गरिरहेका थिए । पा“चखप्पन(चैनपुर) पनि चौदण्डीभंैm सेनराज्य विजयपुरकै अधीनमा भएको बुझिन्छ, त्यसैले त्यहा“ चौतारिया का“सेरे सर्बेसर्बा देखिन्छ । विजयपुरका कोचराजा विजयनारायणकै पालामा सम्पूर्ण लिम्बुवानले विजयपुरलाई केन्द्र मानी शासन सञ्चालन गरिआएको हुनाले विजयपुरमा सेनहरूको प्रभुत्व कायम भएपछि स्वतः सम्पूर्ण लिम्बुवान सेनको अधीनमा परेको आधारमा खम्बुवानको पनि पा“चखप्पन र चौदण्डीथुम सेनको कब्जामा परेको हु“दा सम्पूर्ण खम्बुवान नै सेनको अधिनष्त रहेको गलत इतिहास लेखिन पुगेको छ तर, यथार्थता त्यस्तो थिएन । पहाडी लिम्बुवानका थुमप्रमुखहरू विजयपुरमा चौतारिया बन्ने र पछि सेनको अधीनमा आइसकेपछि पनि चर्चित लिम्बू नेताहरू मकवानपुरमा मन्त्री बनेजस्तो खम्बुवानको चौदण्डी र पा“चखम्पनबाहेकका थुमहरूमा त्यस्तो कुनै व्यवस्था नभएकाले पनि मूल खम्बुवानचाहिं पूर्णस्वतन्त्र नै रहेको पुष्टि हुन्छ । त्यस्तै पा“चखम्पनका का“सोरे र चौदण्डीथुमका अगमसिंलाई मात्र ‘चौतारिया’ भनिएको यसबाहेक खम्बुवानका सबै थुमप्रमुखहरूलाई ‘राजा’ भनी उल्लेख भएबाट पनि सोही तथ्यको पुष्ट्याइ“ मिल्दछ । मकवानपुरे सेनहरूले खम्बुवानको चौदण्डीमा बसेर दोलखाका नाम्दुहाङमाथि प्रभावित गरेको र पहिले नै ताक्तुङ खेवाङले छथरबाट खम्बुवानको दक्षिणीभेगको चाम्लिङगढ खोटाङसमेतमा अधीन गरेको भन्ने पाइएकाले पनि खम्बुवानको पराधीनता अघिबाटै मान्न थालिएको हो । तर यी घट्नाहरू सम्पूर्ण खम्बुवानको पराधीनताको सवाल नभएर केही संकुचनका कुराहरूमात्र हुन् । यसैले खम्बुवानको सम्पूर्ण स्वतन्त्रताको समाप्ति त गोर्खाली राजा पृथ्वीनारायण शाहको अतिक्रमणबाट मात्र भएको हो । त्यहीवेला चौदण्डीबाट राजा कर्ण सेन र अगमसिंले पावाथुम(हतुवागढीको नजिकै युद्धकालमा खडा गरिएको अर्काे किल्ला)का राजा सुनाहाङ र राजकुमार अटलसिंस“ग गोर्खालीविरुद्ध लड्न सहायता माग्न जा“दा त्यहा“ सेनहरूको सामान्य चर्चा चलेको बुझिन्छ । बा“की थुमहरूमा उनीहरूका बारेमा कसैलाई थाहै थिएन । पृथ्वीनारायण शाहको गोर्खाली सेनाले अतिक्रमण गर्दासम्म पनि खम्बुवान निकै विशाल नै थियो । त्यतिखेर भनिने गरेको माझकिरातमात्र खम्बुवान हैन । पूर्वमा पृथ्वीनारायण शाहले कब्जा गर्दा ‘ठूलोखोला(अरुण) सा“ध लाग्यो’ भनिदिएको हुनाले मात्र खम्बुवान र लिम्बुवानको सीमाना अरुणनदी हो भन्ने धारणा बनेको हो । आºनो राज्यको रक्षार्थ वीर खम्बूहरूले साम्झौताहीन संघर्ष गरेका थिए । धुलिखेलका राजा महेन्द्रसिं र उनका भाइ नामसिंस“ग ६ महिना युद्ध गर्नुपरेका थियो, गोर्खालीले । त्यस्तै तामाकोशी क्षेत्रबाट उलिङहाङ र वलिङहाङले पा“च वर्षसम्म मातृभूमिको रक्षार्थ युद्ध लडेर पूर्वतिर बढ्न गोर्खालीको लागि फलामेबार सावित गरिदिएका थिए । गोर्खाली सेनाले नालदुमगढी(नगरकोट) पटकपटक कब्जापछि पनि गुमाउनु परेको थियो । रावाथुमका चतिम र पावाथुमका राजा सुनाहाङ र राजकुमार अटलसिंको नेतृत्वमा खम्बूहरूले संयुक्त प्रतिरोधयुद्ध गरेका थिए तर, युद्धमैदानमा चतिम र सुनाहाङले सहादत प्राप्त गरे भने राजकुमार अटलसिं बा“च्न सफल भएर छापामारयुद्ध गर्नथाले । उनकै नेतृत्वमा १८६४ मा अर्काे प्रतिरोधयुद्ध भएको थियो । ‘अवज्ञानपर्व’ नामले चर्चित सो विद्रोहमा कैयौं अखम्बूहरूसहित अटलसिं खम्बू पनि मारिए । लगभग ३३ वर्ष छापामारयुद्ध लडेर उनी दोस्रा शम्बर कहलिए । गोर्खालीस“गको युद्धमा खम्बुवानमा खम्बू सेनामात्र हैन बूढाबूढी र केटाकेटीसमेत सखाप भए । बूढाबूढालाई पछाडि ढाडमा कुटेर मार्ने र केटाकेटालाई हावामा ºया“केर तरवारले मूला काटेभैंm काट्नेजस्ता क्रूरता उनीहरूका लागि सामान्य थिए । ‘मूला काटेभैंm काटी खुकुरी घुमे फनन’ भन्ने गीत कुनै नालापानीको कथा हैन, यहींको हो । जवान र पक्राउ परेका सेनालाई घु“डाको पाङ्ग्रा फुकालेर भारी बोकाउनेजस्ता पशुवत र ह्दयविदारक दृष्य देखाउनु गोर्खालीहरूको प्रतिशोधको पराकाष्ठ थियो । अन्य प्रतिरोधमा उत्रनेहरूलाई दिइने सजाय ‘गोर्खेलौरी’ शब्द अभैm प्रचलित छ । कति भाग्नेक्रममा अरुण, दुधकोशी तथा तमोर नदीहरूमा बगेर मरे त्यसको त कुनै लेखाजोखा नै रहेन । घट्नाको सामान्य हिसाब गर्दा पनि एकहजार सेना, चौधसय आइमाई केटाकेटी र चारसयजति भाग्नेक्रममा नदीहरूमा बगेर मरेको अनुमान लाग्दछ । लगभग बाह्रवर्ष लामो प्रतिरोधयुद्धको यो अन्तिम समयको हिसाबमात्र हो । विदेश पलायन भएका खम्बूहरूले पछि सिक्किम सैन्यस“ग मिलेर पनि असफल युद्ध गरेका थिए । यसरी १८६४ को अटलसिंको प्रतिरोधसम्म आइपुग्दा कति खम्बूहरूले ज्यान गुमाए भन्न सकिने स्थिति छैन । सिक्किम, दार्जीलिङ, भूटान तथा आसामतिर त्यहीवेला पलायन भएका खम्बूहरू असंख्य रहेका छन् । आज खम्बुवानका खम्बूहरू त त्यो वेला कुनाकन्दरामा लुकिछिपी बा“चेका र भाग्न पनि नसक्ने केही नबुझेका लाटाबु“गा, कानाखोरण्डा जसले केही विगार्न सक्तैन भनेर गोर्खालीले छाडेकाहरूका वंशज नै मात्र हुन् भन्ने बुझ्न सकिन्छ । पछि भीमसेन थापाको पालासम्मै ‘माझकिरात कुम्ल्याहा(कुलपिराहा अपराधी)’ भनी पक्राउपुर्जी पठाएको उदाहरण पाइन्छ । आजसम्म पनि दलगत राजनीतिमा एकै जातिवंश, दाजुभाइ, बाबुछोरालाई फुटाएर लडाउने र आतंकको नाउमा भयदोहन गरी धपाउने÷मार्नेक्रम जारी नै छ । खम्बुवानका खम्बूहरूले मारिनु र मातृभूमि छाडेर विदेश भाग्नुपरे पनि शत्रुस“ग कहिल्यै आत्मसमर्पण गरेनन् । यही कारणले त्यति लामो खम्बुवानयुद्धमा भएको क्षतिपूर्ति यहा“बाट गोर्खाली सेनालाई प्राप्त हुनसकेन । यसबाहेक पटकपटक भइरहने खम्बू विद्रोहहरूबाट आहात भएका गोर्खालीले लिम्बुवानयुद्धमा आºनो रणनीति नै बदल्नुपरेको थियो । यसैले लिम्बुवानमा मकवानपुरे सेनहरूले जस्तै स्वायत्त अधिकार(प्रशासनिकबाहेक) थमाउन वाध्य भएको बुझिन्छ । यस्तै गरेर राजा रणबहादुर शाहको पालामा आएर लिम्बूरूलाई किपटअन्तरगत सुब्बा–सुब्बाङ्गीजस्तै खम्बुवानमा खम्बूहरूलाई पनि ‘राईपगरी’ बा“ड्दै हिडेको पाइन्छ । त्यतिमात्र हैन अमाली, तालुकदार, कर्ता, कारवारी, गौरुङ्ग, गाउ“बूढा, माथा, द्वारे, दीवान, माझिया, मुखियाजस्ता विभिन्न तहमा खम्बूहरूलाई विभाजित गरी ‘फुटाऊ र शासन गर’को नीति अपनाए । आज त्यही राई, देवान, मझिया, माझी, जिमी तथा मुखिया जात÷थरकै रूपमा प्रयोग हु“दैआएका छन् । अझ ‘राई’ सिंगो जातिको पहिचान बन्नपुगेको छ र यही सानो समूहलाईमात्र आज ‘खम्बू’ भन्ने÷बुझ्ने गरिन्छ, यो नितान्त गलत सवाल हो । वंशीय आधारमा खम्बू जातिले विशालक्षेत्र ओगट्ने भएपनि आज एउटा ऐतिहासिक कालखण्डमा ‘लिम्बू’ जाति र लिम्बुवानको अस्तित्व कायम भइसकेको हु“दा त्यसबाहेक खासगरी किरात भनिने समुदायभित्र पर्ने याक्खा, सुनुवार, दनुवार, जिरेल, सुरेल, हायू, थामी र राई सबेै खम्बू नै हुन्, उनीहरूको भूमि नै खम्बुवान हो । अन्य राईहरूको सामे÷सामेत÷सामेक र याक्खाको साम्मेलिङ पद्धतिको समानताले अझ यही कुराको पुष्टि गर्दछ । कसैकसैले याक्खा, आठपरिया, लोहरुङ, यम्पूmलाई खम्बूभन्दा अलग बताउने गरेका छन् तर, उनीहरू पनि खम्बुवान राष्ट्रका हकदार हुन् । यसैमा सबैको राजनीतिक, सामाजिक र सांस्कृतिक हित र सुरक्ष्ाँ सम्भव छ । जातिहरूको आत्मनिर्णयको अधिकारको सिद्धान्तअनुरूप स्वतन्त्र जातीय राष्ट्र खम्बुवान निर्माण हुनुपर्छ त्यसपछि फेरि पनि जातिहरूको आत्मनिर्णयको अधिकार सुरक्षित गर्दै सम्झौतामुताविक संघात्मक नेपालभित्र दोहोरो राष्ट्रियता र द्वधसत्तासहित समाहित हुनसकिन्छ । यही नै सिंगो ‘नेपाल राष्ट्र निर्माण’ र वास्तविक एकीकरण पनि हुनेछ । खम्बू जातिका लागि ऐतिहासिक जातीय राष्ट्रको पृष्ठभूमि र हाल माथिका सबै समूहको जातीय बसोबासको आधारमा नया“ खम्बुवानको राज्य संरचना अत्यावश्यक छ । जसको लागि तामाकोशीपूर्वको आजको दोलखा, रामेछाप र कमलापूर्व–उत्तरको सिन्धुली, चारकोशे–उत्तरको उदयपुर, चारकोसेउत्तर र सेउतीपश्चिमको सुनसरी, तमोर–लेउती खोलापश्चिमको धनकुटालगायत संखुवासभा, भोजपुर, खोटाङ, ओखलढु“गा र सोलुखुम्बू जिल्लाहरू उचित हुनसक्छ । यसभित्र सोलुखुम्बू र संखुवासभामा शेर्पा र सभाखोला तथा पिलुवाखोलाबीच याक्खा स्वशासित इलाका तथा खस(बाहुनक्षेत्री), नेवार, तामाङ, मगर, गुरुङ, भोटे आदि जातीय इकाईहरू बन्नसक्ने छन् । खम्बुवानमा इलाकास्तरका विभिन्न थुमहरू पनि बन्नसक्नेछन् । त्यस्तै खम्बू जातिकै सुनुवार, माझी, दनुवार, लोहरुङ, यम्पूm, आठपरिया र अन्य जातिका दलितजस्ता अल्पसंख्यकहरूका लागि विशेष व्यवस्था गर्नुपर्दछ । खम्बू जातिका लागि खम्बुवानबाहेक सबै कुरा भ्रम हो । हामीले धर्मशास्त्रमा किरातेश्वर महादेव र कथित नेपालको इतिहासमा यलम्बर, जितेदास्ती र गस्ती आदिको दुईपाने इतिहासबाट अघिबढेर महान मुन्धुममा आधारित सुम्निमा–पारुहाङदेखिको तथ्यलाई आधिकारिकढ“गले वास्तविक इतिहासमा अंकित गर्नुछ, जुन ‘खम्बुवान’ राज्यको स्थापनाविना सम्भव नै छैन । प्राचीन खम्बुवान राज्यका प्रवर्तक महान खम्बुहाङ, किरातकाल भनी इतिहासमा चर्चित सुदृढ, संगठित र सुसम्पन्न खम्बुवानका पालक तथा निर्माता सम्राट यलम्बर, सीमित भएपनि त्यो भीषण पराजय र रक्षात्मकचरणमा खम्बुवानको निरन्तरतालाई कायम गर्न प्रयत्नरत खम्बुक–यकका निर्माता खाम्सोहाङको विरासत नै अबको खम्बुवान हो । खम्बू जातिको आत्मस्वाभिमान र जहा“सुकै छरिएर रहेका सम्पूर्ण खम्बू जातिको केन्द्रीय न्यूक्लस ‘खम्बुवान’ जातीय राज्य हो । यसैको प्राप्तिबाट मात्र वीरयोद्धा र खम्बू जातिको प्रथम शहीद तथा राष्ट्रिय विभूति अटलसिंको रगतको मूल्य चुक्ता हुने अनि दूरदर्शी, चुस्त निर्णयक्षमतायुक्त राजनेता र स्वतन्त्रता संग्रामका नायक ले. रामप्रसादको सपना पूरा हुने अनि आधुनिक खम्बुवानका द्रष्टा तथा खम्बुवान राष्ट्रिय मोर्चाका संस्थापक नेता गोपाल खम्बूको पनि सम्मान र उच्च मूल्याङ्कन हुनेछ । अनि यतिले मात्र खम्बूजाति र खम्बुवानको मौलिकता पनि जीवित रहनसक्ने छ । अहिले पुनः चर्चा गरिएको ‘किरात’ राज्य वा स्वायत्तताबाट यो सम्भव छैन । किरात र किरातीको सवाल भावना र सामान्य पहिचानमात्र हो । यसबाट राष्ट्र निर्माण हुनसक्तैन । - See more at: http://tibrakhabar.com/?p=2228#sthash.LnUc3ffN.dpuf

Friday, 4 April 2014

किरात" भनेको के हो ? र "किरात" भन्नाले केलाई बुझाउँछ , "किरात" को पृष्ठभूमि के हो ? “किरात” भनको के हो ?

“किरात” भनको के हो ?

प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोंगले “किरात” शब्दको उत्पति भूमध्य
सागरीय क्षेत्र (Meditarian Region) मो आवाइट(Mobite) भाषाको किरियात
(Kiriat) भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन् । यसको अर्थ किल्ला
(Fort) , शहर (Town) भन्ने हुन्छ , भनेका छन् । जब उनीहरुको संज्ञा बढ्दै
गयो , धेरै जिल्लाहरु (Forts) र शहरहरु
(Towns) बनाए र त्यसलाई किरियात हिम (Kiriat Hime) भनियो । त्यहि वंश
कालान्तरमा किराती (Kirati) भन्न थालियो र किराँती वंश (Kirat Tribe) भयो
(Chemjong the history and culture of Kirat People) .

किरातीहरुको पृष्ठभूमि (Background)
प्रशिद्ध इतिहासकार ईमान सिंह चेम्जोंगले " “किरात” साहित्यको इतिहास "
नामक पुस्तकमा Sir John Hammerton ले Ancient History शिर्षक लेखमा "
प्राचिन बेबिलोन र मेसोपोतामियाको सभ्यता संग किरातहरुको सम्बन्ध थियो "
भन्ने कुरा पुष्टि गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छा भने
मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम वस्ती बसाले ।
त्यहाँ उनीहरुले प्राप्त गरेको अनुभव, अनुभूतिहरुलाई संगालेर प्रथम मानव 
सभ्यताको विकास गरेका थिए । त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केका  एक समुह
यात्राको अनेकौ अनुभूतिहरु संगालेर हिमालयको काखमा आइ वस्ती बसाले ,
जहाँ उनीहरुले आफ्नो अनुभूतिको आधारमा "किरात” दर्शन विकास गरे ।
डा ब्राइन हड्सन (Doc Brian Hodson) लगायत सुप्रसिद्ध बौद्धिक
व्यक्तित्व S.K. Chatterjee ले समेत उनको “किराँत” “किरात” जनाकृति नामक
प्रसिद्ध कृतिमा भनेका छन् कि बुद्ध (Buddha) जो एउटा मानव जातिकै
महाननेता एने सुप्रसिद्ध गुरु थिए , उनि पनि शुद्ध या मिश्रित “किराँत”
उत्पतिकै हुन् भन्ने उल्लेख गरेका छन् । (History of People Kirat- The
term kirat and its origin) धेरै बुद्धिष्ट लेखकहरूले भनेका छन् कि “किराँत”
शब्दावलीमा बाह्रौ पुस्तापछी एउटा “किरात” समुदायको शाखा इन्डोगंगा
मैदान क्षेत्र.(Indo – Ganga Plain region ) बाट हिमाल पर्वत क्षेत्र तर्फ
र अर्को शाखा लंका चा Ceylon को दक्षिण तर्फ लागेको उल्लेख गर्छन । यसैले
केही मानवशास्त्री विद्धानहरुले नेपालको पूर्वी क्षेत्रमा याक्खा जाति
Ceylon. मा "याखा " नाम गरेको एउटा आदिवासी .(Tribe). पाइएको उल्लेख गरेका
छन् ।
नेपालमा भएको “किरात” समुदायलाई ३ किसिमबाट विभाजित गर्न सकिन्छ
। “किरात” "मुन्धुम " मा परम्परा अनुसार यी तिन शाखाले जातिहरुमा "
खाम्बिवान्सा या खम्बुस , अर्को तै सान्थास अथवा मंगोल हरू र अर्को मुनाफिन
या चैनिं खम्बुशहरु हिमालयका अग्रज Immigration हुन् भने थानवास या
मंगोलहरु र मुनाफें या चाइनिज जातिहरु पछिबाट आएका हुन् र खाबुससंगा
मिसिएका हुन् र एउटा ठुलो मानव समुदाय बनेका हुन् । यहि हिमालय प्रदेशबाट
भारत, बर्मा, श्याम, भियतनाम, मलाया, तथा फिलिपिन्स टापुहरूमा छरिएर आ
आफ्नो ठाउमा इतिहास कायम गरेका हुन् । भारत उत्तर तर्फ हिमान्चल प्रदेश
देखि आसाम सम्म र दक्षिणपूर्व तर्फ मणिपुर देखि चिन्तोंग सम्म आफ्नो
प्रदेश कायम गरेका थिए । Sir John Hammerton ले आफ्नो “Early races of Man
Kind” भन्ने पुस्तकमा संभवत 4000 B.C मा भूमध्य सागर क्षेत्रको तल्लो
भागमा मंगोलियन या सुमेरियन सभ्य मानव जाति कहलिन्थे भन्नेबाट सो प्राचिन
युगमै पनि किराँतीहरू सभ्य कहलिएका रहेछन्  भन्ने पुष्टि हुन आउछ । सो समयमा
उनीहरु किराँतीहरुको आफ्नो किल्ला या शहर हुन्थ्यो । उनीहरू आफ्नो
सिमाना बचावका pillar गाड्ने गर्थे । उनीहरु आफूले हारेको किल्ला या शहरमा बस्न
मन्जुर गर्दैनथे । हारेमा सो ठाउ नै छाडी अन्यत्र जान्थ्यो । करिब ३०००
BC मा एउटा किराँती समुदायको ठूलो जत्थाले आफ्नो ठाउँ छाडेर पूर्वतर्फ
आई चीनमा साम्राज्य स्थापना गरेको उल्लेख पाइन्छ ।

काबुल या गोल्कुको

“किरात” Folk love मा काबुलको हाजार ट्राइब र नेपालको “किरात” ट्राइबका
शुरुमा पर्सियाबाट आउँदा ययूतई ग्रुपमा थिए भनिन्छ । त्यो समुहलाई भारतको
भूमिले लोभ्यायो । हाजार ट्राइबका दाजु लेलिहांग भारतको सो समतल भूमिमा गए ,
घुमे तर फर्के । फर्कदा काबुल जानुको सट्टा नेपाल तर्फ बढे । नेपालमा
गोर्खा भनेर चिनिए । हजाराहरु भन्छन कि पहिले उनीहरू एक परिवार थिए ।
उनीहरू न त मोहम्छां न त हिन्दु थिए । तर जब दाजुभाई छुट्टिए, तब उनीहरु
कमजोर भए । पठानले उनीहरुको देश माथि आक्रमण गर्यो, हरायो र उनीहरुलाई
मोहम्मद्निज्मा परिणत गरायो । “किरात” गोर्खा नेपालमा हिन्दु भए । अझै
पनि हाहाराले गोर्खा संग भेट भयो भने उसले उसलाई चाचा भन्छ । भन्नुको अर्थ
"काका " भन्छ । जब आर्यनहरु इन्डिया आए र उनीहरू हिमालय प्रदेश तर्फा
अगाडी बढ्न थाले । सो समय इन्दुश रिभर (Indus River) मा अधिपत्य कायम गरि
बसेको साम्बा आसुर संग लडाई हुँदा साम्बा आसुर्को हार भयो र हारेको ठाउँ 
छोडी उनीहरु पूर्वतर्फ आएर एउटा बलियो Kinner Land Establish स्थान स्थापना गर्यो |
जसलाई भारतमा हिमान्चल प्रदेश भनिन्छ । यहि ठाउँमा मंगोलियन जातिका हुल आए
र “किरात” जातिको सो समुदाय संग मिसियो । यसरी एउटा ठुलो “किराँत” समुदाय
बन्यो । क्रमश उनीहरु पूर्वतर्फ छरिएर नेपालमा बसोबास गर्न पुगे ।
हिन्दु धर्मको प्राचिन ग्रन्थहरुमा पनि “किरात” शब्दको प्रशस्त प्रयोग भएको
पाइन्छ । यसबाट के स्पष्ट  हुन आउछ भने भारतीय उप्महादिपमा आर्यहरुको
प्रवेश हुनु पूर्व यहाँ किरातीहरुले आवाद गरेका थिए । नेपालको इतिहासमा पनि
काठमान्डौ उपत्यकालाई केन्द्र बनाएर किरातीहरुले ३२ पुस्ता सम्म शासन गरेको
इतिहास पाइन्छ । अहिले नेपालमा बसोबास गर्न आर्य मूलका बाहेक सम्पूर्ण
जनजातिहरु “किराँत” हुन् भनेर विशिष्ट विद्धानहरुले औंल्याई रहेका छन् . (कि ध
तथा सा के संघ, काथामान्दाउ २०४८ ) डा हर्क गुरुंगले नेपालको सन्दर्भमा
"जनजाति" र "जाति " शब्दको परिभाषा गरेको आधारमा पनि "जनजातिहरु " किराती "
हुन् भन्ने बोध हुन् आउछ । "जनजाति " भनेको आफ्नो बिशेष थालो, भाषा,
धार्मिक संस्कार तथा संस्कृति भएका हुन् । र " जाति भनेको ठूलो सानो
वर्णाश्रममा  विभाजित भारोपेली भाषा हिन्दु धर्म तथा संस्कृति भएका समूह हुन्
(डा हर्क गुरुङ २००० )

नेपालको सन्दर्भमा “किराती”
माथि उल्लेख गरिए बमोजिम नेपालको सन्दर्भमा आर्यमुलका बाहेक सम्पूर्ण
जनजातिहरु किराती हुन् भन्ने स्पस्ट हुन् आउँछ । तर यद्धपि नेपालको
पुर्बी भूभाग माझ किरांत र पल्लो “किरात” तथा अधिक रुपमा त्यस क्षेत्रमा
बसोबास गर्ने लिम्बु , राई, याक्खा र सुनुवार समुदायले किराँतको रुपमा
स्वीकार गर्दछन । तराइको धिमाल समुदायले पनि आफुलाई “किरात” समुदायको रुपमा
स्थापित गर्न खोजिरहेको छ । छिटपुट रुपमा याम्फु, लोहोरोहांग, मेवाहांग,
आठपरिया समुदायले पनि क्रमश: आ आफ्नो महत्व र पुर्खाहरुको सम्झना गर्दै
आफु किराती भएको उल्लेख गर्न थालेको पाइन्छ । डा: डिल्लीराम दाहालले
किरातीहरु आफु किराती भएर पनि आफुलाई कमैले किराती भन्न पुग्छन भनि लेखेका
छन् । उनका अनुसार थामी र हायु समुदायमा समेत किराती भन्नेहरू छन् तर
थामीमा (१४.६ प्रतिशत ) र हायुमा (२९.१० प्रतिशत )ले मात्र आफुलाई किराती
उल्लेखन गरेको पाइन्छ भनेका छन् ।(Source CBS Nepal, 2001, census- social
composition of the population: caste/Ethnicity and religion of Nepal)
जे होस् किरातीहरुको पूर्वज र १२ पुस्तासँग नेपालमा पनि किरातीहरुले
शासन सत्ता संचालन गरेको इतिहासबाट पनि नेपालमा किराती समूह ठुलो र व्यपाक छ
र धेरैलाई समेट्छ भन्ने कुरो स्पस्ट छ ।

##"किरात” धर्म के हो ?
किरात् धर्म आफैमा एउटा सिंगो मानब सभ्यताको इतिहासको एउटा जीवित दर्शन
हो । यो धर्म कुनै जात, जाति, समुदाय बिशेषमा मात्र आधारित छैन । यो आफैमा
व्यापक छ र यो आफैमा एउटा जीवन पद्धति हो । “किरात” धर्म अवलम्बन गर्न
किराती समुदायको हुनुपर्छ कुनै जरुरि छैन । धर्म भनेको धारणा हो । बेबिलोन
मोपोतोमिया सभ्यताकालिन अवस्थामा किरातीहरुले अवलम्बन गरि आएको धर्मको कुनै
नाम थिएन उनीहरू शुरुमा ..........त आत्मान्तर अस्तित्वबाट या आत्मबाट
(Separate spiritual existance theory) मा बिस्वास राख्थे र कालान्तरमा
उनीहरुको सभ्यता , भोगाई सोचाई वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण
गर्दै आउने क्रममा “किरात” धर्म को बिकास हुन् गएको हो । र त्यस अर्थमा
किरातीहरु “किरात” धर्मावलम्बी हुन् पुगेका छन् । यो दर्शन, सभ्यता वा
सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचिन जाति हुन् भन्ने
कुरो इतिहासकारहरुले स्वीकार गरेका छन् ( “किरात” मुन्धुम र “किरात” भूमिको
सम्बन्ध , बबश हेल्लोक ) यसबाट “किरात” धर्म प्राचिन धर्म हो र किरातीहरु
पनि प्राचिन जाति हुन भन्ने कुरा स्पस्ट हुन् आउछ ।

“किरात” धर्मग्रन्थ -'मुन्धुम "
“किरात” धर्म इसाई , इस्लाम वा बौद्ध धर्म जस्तो कुनै एक व्यक्तिबाट घोषित 
धर्म नभएर पुर्खाहरुको हजारौं बर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा
हेरेको निचोड हो । यस “किरात” धर्मकोपवित्र ग्रन्थ मुन्धुम हो । मुन्धुम
त्यहि हजारौ बर्षको पुर्खाहरुको भोगाई वा जीवन र जगत प्रतिको बुझाइले
सिर्जना गरेको नियमहरुको संग्रह हो । यसरी हेर्दा “किरात” मुन्धुम एउटा
सिंगो “किरात” सभ्यताको इतिहास हो ।

“किरात” मुन्धुममा सिंगो सृष्टिको बर्णन पाइन्छ । मुन्धुमा पृथ्वीको उत्पति र त्यसपछि क्रमश :
बनस्पति, जिव जन्तु तथा मानिसको सृष्टिको कथाहरू वर्णित छन् ।। मुन्धुमका
यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन् । त्यस्ता कथा, किम्वदन्तीहरू
काल्पनिक संसारमा आधारित नभई यहि धर्तीका खोला-नाला डाडा-पाखा, गुफा-पोखरी तथा
किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन् । “किरात” भाषाकै
मुन र युय को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया .(Dynamic
Process) भन्ने हुन्छ । यसको अर्थ मुन्धुम कुनै ऐतिहासिक कहानी मात्र नभएर
जीवन दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थिति
अनुसार चल्न प्रेरित गर्दछ नकी परम्परागत रुपमै रहिरहन बाध्य तुल्ल्याउछ ।
प्राचिन समय देखिने “किरात” समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ।
चिन्तन, मनन र कुनै पनि कर्मको अनुभव द्वारा प्राप्त गरेको परोपकारी
ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई ठुक्साप
मुन्धुम भनिन्छ । प्रकृतिको सृजनात्मक संसारलाई परोपकार पेशामा मुन्धुम
भनिन्छ । (चोंग्बंग 2052) । मुन्धुम आफैमा एउटा साहित्य कोश पनि हो ,
“किरात” मुन्धुम सिंगो “किराँत” सभ्यताको इतिहास हो । “किरात” मुन्धुमको
सृष्टि वर्णन बिज्ञान सम्मत छ ।

किरात महिमा यु यस नै किन ?
“किरात” धर्म अनुशरण गर्न किराती समुदायकै हुनुपर्छ भन्ने कुनै जरुरि छैन
। सम्पूर्ण किराँती समुदायले अनिवार्य रुपमा “किराँत” धर्म अवलम्बन
गर्नैपर्छ भन्ने कुनै कुनै अनिवार्यता छैन। आफुलाई किराती समुदायको हो
भन्नेहरुले “किरात” धर्म मान्छन , मानि आएका छन् भन्ने मात्र हो । किराँती
समुदायले “किरात” धर्म अवलम्बन गर्नुपर्ने उनीहरुको हजारौ बर्षको भोगाई
हेरेको निचोड उक्त निस्कर्षमा पुगेका छन् । धर्म, संस्कार वास्तबमा ठूलो सम्पत्ति
हो । किराँतहरुको सभ्यताको विकास क्रममै “किरात” धर्मको आश्रित थियो ।
माथि उल्लेख गरिए बमोजिम जब किरातीहरु पूर्व तर्फ छारिदै जाने क्रममा
नेपालमा बसोबास गर्न पुगे , नेपालमा “किरात” धर्मलाई कुनै प्रवेश दिईएन ।
धेरै पटक र धेरै लामो समयको “किरात” समुदायको प्रबल दवाब र अनुरोधमा बल्ल
बल्ल २००१ सालमा आएर मात्र Population Census मा “किरात” धर्मका लागि एउटा
सानो कोलम (Colum).राखियो । २००१ को जनगणनामा “किरात” धर्मावलम्बी ८१८१०६
मात्र देखियो । यो तथ्यांक गलत थियो, ताप्ने “किरात” धर्म नेपालमा चौथो
हुन पुग्यो । हाल नेपालमा धर्म निरपेक्ष भनिए पनि धर्मको नाममा पूर पूरा 
भेदभाव बिध्यमान छ । राजनीतिक रुपमा हिन्दु धर्मावलम्बी बाहेक अरु
धर्मवलम्बिले धर्म निर्पेक्षेताको अनुभव गर्न सकेका छैनन् । धेरै जसो
सरकारी संचार माध्यम र प्राइभेट मास मिडिया समेत हिन्दु र हिन्दु धर्म या
बुद्धिस्ट धर्म छ जस्तो नै गर्द्नैन् । सरकारी टी भी रेडियोमा किराती
धर्मको अस्तित्व दिएको देखिइदैन | प्राइभेट मिडियाले पनि वास्ता गर्दैन । हामीले
मिडिया प्रयोग गर्नु परे ठुलो खर्च हुने र हिन्दु या हिन्दु धर्मको
मिडियाहरुले राज्यले नै सबै प्रबन्ध गर्ने जस्ता राज्यको रनैया र
भेदभावपूर्ण ब्यबहार ब्याप्त छ । राज्यले समानताको अनुभूति गराउन सकेको छैन।

“किरात” धर्मको पवित्र ग्रन्थ मुन्धुम चन्द्रसम्शेर राणाको पालामा
लिम्बुवान संखुवासभामा आगो लगाइयो र त्यही (महन्त) श्रीजंगालाई
मुलुकबाट धपाइयो र सिक्किम सम्म धाएर पनि उनले “किरात” धर्म, सस्कृति ,
लिम्बु भाषा र श्री जंगा लिपि सिकाइरहेको अभियोगमा मारिएको थियो । त्यसरी
नै मुगिम अन्सी गुरु फाल्गुनन्दलाइ पनि तत्कालिन आधिनायकवादी सरकारले
विभिन्न पटक बिभिन्न ठाउँबाट प्रताडना गरियो । मुलुकबाट धपाइयो। विभिन्न
ठाउँबाट धर्मको प्रचार गर्न गराउन बाधा बिधि, व्यबधान खडा गरियो । हाल हामी 
“किरात” धर्म र संस्कृतिका किताबहरुमा पाउन सक्दैनौ । तागेरा
निन्वाफुन्मंग, सम्बन्धमा कुनै पाठ छैन, युमा, थेबा, साम्मांग, सुम्निमा र
पारुहांग र श्रीमंगा आदिका बारेमा पढ्न पाउँदैनौ | केवल राम, सिता, कृष्ण,
बिष्णु भगवान, पार्वती, गणेश, र येशु क्रिस्टका बारेमा मात्र पढाइन्छ । यसैले
“किरात” समुदायले आफ्नो धर्म, संस्कृति एवं दर्शनको मूल्य मान्यताहरुलाई
कसरी अगाडी बढाउने भन्ने चुनौती छ । लामो समय सम्मको शासन सत्ताको भेदभावपूर्ण
दम्भपूर्ण ब्यबहारको कारण “किरात” धर्म घायल अवस्थामा छ । हाम्रा महान
धर्मगुरुहरुले देखाएको बाटो र उनीहरुले खडा गरेको संस्थाहरुलाई बचाउन र
बढाउदै लैजानु पर्ने आजको चुनौती छ । करिब करिब मृत अवस्थामा पुग्न लागेको छ।
त्यसैले हामीले भाषा,धर्म, लिपी अन्य कुराको संरक्षण गर्न एकदमै अत्यावश़्यक परेको छ ।