Wednesday, 5 March 2014

खानीको सम्झना: आगमनको बाटो कुर्दै

     
    1035
     
     
    2
     
     
    0
     
     
    0
     
     
    1041
     


    dahal
    सुखानीका सहिद रामनाथ दाहालकी जेठी श्रीमती जानुका मगलबार श्रीमानलाई पक्राउ गरेको जीर्ण घर अगाडी । देशद्रोहीको नाममा २०२९ फागुन २१ मा झापाबाट इलाम जेल सार्ने बहानामा सरकारले दाहाल सहित पा“चजना कम्युनिष्ट नेताको हत्या गरेको थियो । तस्विर: चेतन अधिकारी/कान्ति
    चारपाने (झापा), फाल्गुन २१ - नेपालको कम्युनिष्ट आन्दोलनमा चर्चित झापा बिद्रोह र सूखानी हत्याकाण्डको ४१ बर्ष पूगेको छ । यो बिद्रोहले जन्माएका धेरै पात्र अहिले पनि कूनै न कूनै कम्युनिष्ट खेमाको नेतृत्वमा छन् । केही रहलपहल नेता पनि संबिधानसभामा प्रवेश गरेका छन् । धेरैले भन्छन्– अब झापा बिद्रोहमा जेलनेल भोगकालाई कम्युनिष्टले सम्बोधन गरे ।
    झापामा ‘किसान आन्दोलन’, ‘खला रोक’ आन्दोलन जस्ता मोही, अधिंया कमाइ खाने किसानका पक्षमा आवाज उठाउने कतिपय परिवार गूमनाम छन् । यस्तै गूमनाममध्येकी एक पात्र हून् रामनाथ दाहालकी जेठी पत्नी जानूका । ७२ वर्षीया दाहाललाई रामनाथको राजनीतिक जीबनको उस्तो जानकारी छैन । मगलबार बिहान उनको निवास चारपाने ५ पूग्दा घरायसी काममै ब्यस्त थिइन् । ‘मेरा घरमा नयां मान्छे आउन थालेपछि फागून २१ आएछ भन्ने थाहा पाउछू’, दाहालले भनिन्, ‘त्यस बाहेक अरुबेला मलाई पनि राजनीतिको चासो छैन र मेरो चासो पनि कसैले गर्दैनन् ।’
    तेह्रथूमको इवामा जन्मिएका रामनाथ दाहालले १६ बर्षको उमेरमा १३ बर्षकी जानूकालाई भित्र्याएका हून् । चार बर्षसंगै बसेपछि रामनाथको सम्पर्क कम्युनिष्टसंग बढ्दै गएको जानूकाले चाल पाइन् । यही मेसोमा तराईमा खेती स्याहार्ने बहानामा उनी झापा आएका हून् । खेति स्याहार्ने बहानामा गरिबमारा नीतिको बिरोधमा उत्रिएका रामनाथले झापामा किसानलाई संगठित गरे । उनको संगठनमा थूप्रै आए । तिमध्ये पनि कृष्ण कूइकेल, बिरेन राजबंसी, नारायण श्रेष्ठ, नेत्र घिमिरे अगूवा थिए । 
    पहाडको घरबारी स्याहारेर बसेकी जानूकालाई यि सब कूरा केही थाहा थिएन । उनलाई  त केवल मधेस झरेका खसम चांडो घर आइदिए हून्थ्यो भन्ने मात्र लाग्थ्यो । ‘म बाहेक सपरिवार झापातिर बस्नूहून्थ्यो’, जानूकाले अतित सम्झिन्, ‘काखे नानी स्याहार्दै खेतिपाती सम्हाल्नू मेरो काम थियो ।’ रामनाथ कहिलेकांही पहाड जान्थे । जतिपटक जान्थे उति पटक फरक बिचार लिएर जान्थे । गाउंका मान्छे संगठित गर्थे । उनकै खेतबारी पनि अधिंया कमाउने थिए । जानूकालाई उनले आदेश फर्माएछन्, ‘अधिंयारबाट धान मकै नलिनू, उनीहरुले कमाए, उनीहरुलाई नै खान दिनू ।’ जानूकाले छोरोछोरीका लागी नयां लूगा ल्याइदिन रामनाथलाई बारम्बार आग्रह गर्थिन् । तर सधैं उनी यो कूराको प्रतिवाद गर्थे । ‘हामीले मात्र राम्रो लगाएर हूदैन’, जानूका सम्झिन्छन्, ‘गरिबका छोराछोरी हेर त नाङ्गै हिडेका । बरु उनीहरुलाई लाज ढाक्ने कपडा किनिदिनू पर्छ ।’
     टाढा बसेका दम्पतीको कहिलेकांही भेट हूंदा पनि यस्तै बिषयमा बिबाद पनि हून्थ्यो कहिलेकांही । २०२९ कातिक मसिरतिर रामनाथलाई तत्कालिन सरकारले देशद्रोहीको आरोप लगाउदै पक्राउ गर्यो । दूई महिना पछाडी परिवारले पत्र पठाएर थाहा दिए जानूकालाई । त्यतीबेला कम्युनिष्टलाई पक्रेपछि मार्छ भन्ने सबैलाई थाहा थियो । त्यसबेला आफना श्रीमान्लाई पक्रेपछि मार्ला भन्ने खिन्नता थियो जानूकामा । तैपनि घरखेत धान्दै थिइन् । २०२९ साल फागून २५ गते जानूकाका माइला दाजू देबीप्रसाद ओली दही लिएर घरमा पूगे । एक हातमा डेढ बर्षको छोरो, अर्को हातमा पानीको गाग्री, डढेल्नामा घांसको भारी बोकेकी गर्भवती जानूकालाई दाजूले छिटो घर आउन भने । दाजूले भने ज्वांइलाई गोली हानेर मारेछन् । ‘गर्भवती भएर श्रीमान्को आसमा बसेकी मैले मृत्युको खबर सून्नू परयो’, जानूका भक्कानिन्छिन्, ‘झापाबाट दूईजना कमरेडले क्रियापूत्रीले लगाउने कपडासहित वहांलाई हत्या गरेको खबर लिएर गएका रहेछन् ।’
     रामनाथलाई पक्राउ गरेको घर अहिले जीर्ण अवश्थामा छ । रामनाथकी कान्छि श्रीमती बिश्वेस्वरा एकपटक राष्ट्रियसभाकी सांसद पनि भइन् । जेठी जानूका कहिले छोरासंग कहिले छोरीसंग बस्दैछिन् । आफना पतीको खूनको मुल्य अहिलेका नेताले नूबझेकोमा दूःख लाग्छ उनलाई ।
    प्रकाशित मिति: २०७० फाल्गुन २१ ११:४७
    - See more at: http://www.ekantipur.com/np/2070/11/21/full-story/385191.html#sthash.HbRQWfOu.dpuf