Monday, 27 January 2014

माझ किरात र पल्लो किरात ईतिहासबाट पाठ सिकौ

माझ किरात र पल्लो किरात ईतिहासबाट पाठ सिकौ
=============================
किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् । यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य गर्दथे । किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे । यसरी किरात चौतरियाको प्रत्यक्ष शासन त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन ।

प्रथम त यिनीहरु कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित हुँदा कदापी खुशी थिएनन् ।

दोस्रो हिन्दू धर्म अनुसार बिष्णु अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।

तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए, सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित युद्ध यात्रा अगाडि बढिरेको थियो । यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ) रावाहाङ राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र चौदण्डी(हाल उदयपुर ) राज्यका राजगुरु स्वरुप सिंह कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे । युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्, गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए । सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार, सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे । पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो । यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो । कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके । हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५ तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।
त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा, रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै ठाउँमा किरातीहरुले युद्ध हारे पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् । प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो । त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे किराती सेनाको लिम्वू सरदार र रघु राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो, त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत थियो ।

र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो । किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए । कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा, किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त भयो ।


Sunday, 19 January 2014

लुकाइएको नेपाली इतिहास

लुकाइएको नेपाली इतिहास : by Jwajalapaa Sakasita · 
          प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भ हरु हरेक नेवारले पढनै पर्दछ | कृपया एक पल्ट पढ्नु होला | राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ | पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु | वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् | त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु | सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे | उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो | नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए | उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले | शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे | तर उनि सफल भएनन् | अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे | सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए | त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए |तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो | छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो | (अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए | तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए | न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे | काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे | तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे | (फेरी मूल पुस्तक बाटै): भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वी नारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे | उनलाई दरवारको सबै कुना कुना देखाए | उनका राजकुमार राजकुमारीहरुलाइ पृथ्वी नारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे | यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन | पृथ्वी नारायण शाह स्मरण शक्तिमा तेज थिए | एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने | उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए | पाँच वर्ष पछी उनि आफ्नो गृह नगर गोरखा फर्किए | उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए | मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए | के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्श्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए | त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए | फर्केर गएपछि पृथ्वी नारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए | काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले | तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे | त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे | गोरखाली आक्रमण संधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो | मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो | त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ | तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न | यस्तो लुटमार गर्ने उद्देस्स्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो | तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए | अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए | त्यो भन्दा पनि एस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाइ नोक्सान पुगी राखेको थियो | मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए | तर पृथ्वी नारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो | उनले वास्तविक शान्ति चाहेका थिएनन | जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले | साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए | मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए | लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए | गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो | तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ | यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ | इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ | मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ | जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो | यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो | भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए | बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो | त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे | लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे | सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते | कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदा पानी उच्चस्तरीय हतियार सामु टिक्न सकेनन | त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए | हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे | आजसम्म पानी त्यो ठाउ "नाक नभएको मान्छेको गाँउ" भनेर परिचित छ | यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए | जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए | उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे | इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए | यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए | क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे | गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे | यो घटना "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर" भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ | यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे | बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले | एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए | राज्य बचाउने आशमा सम्बत १७६८मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए | त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए | जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् | जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन | रथमा सवार जयप्रकाश रथबाटै हाम फाले | उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटन तिर सकुशल भागे | अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए - "म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु" | मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए | हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए | निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन | त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे | ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन | त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए | भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो | तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो | तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो | अभाव सितै त्यहाँ दर्बार भित्र बेचैनी पनि बढ्दै थियो | त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए | गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके | जय प्रकाश मल्लले आत्म हत्या गरे | उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए | भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे | उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो | ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे | तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो - त्यहाँ सानो प्वाल थियो, जहा बाट दिनको एक कटौरा भात छिराउथ्यो | केहि दिन पछी त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो | पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे | उनले पृथ्वी नारायणलाई भनेका थिए - "नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन | त्यसैले तिनीहरु एकदम खतरनाक छन् | तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन | शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ | यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ |" तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो | नया निर्माण कार्य गर्न रोक लगाइयो | भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो | व्यापार ब्यबसायमा नियन्त्रण गरियो | सम्बत १७६७को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन | स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो | सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा मारियो | यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले | दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो | तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाकि रहेनन् र ती कुराहरु बिर्सन थाले | पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो | श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो | तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिलेइ फर्किएन | बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे | सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे | यसको असर समग्र मध्य एशियामा पर्यो | पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो | यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो | फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो | यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो | पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् | गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो | उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए | त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले | त्यस्तै आफुले जितेका क्षेत्रलाइ "निषेधित इलाका" मा परिणत गर्दै गए | उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन | तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले | बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् - "हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस |" लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् - "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |" यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो | गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो | गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो | तर दरबार भित्र भने शान्ति आएन | शाहहरु एक आपसमा भिड्न थाले | उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए | तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए | यस्तै घटनाक्रम संगै कोट पर्व भयो | यस पछाडी जंग बहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए | ---- यस्पछादी के भयो आफै किताब खोजेर पढ्नु होला | Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr
Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े

Monday, 13 January 2014

रत्नकुमार बान्तावा


आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्नकुमार वान्तवाको हत्या भएको थियो ।
वान्तवाको पश्चिमी इलामको इभाङ्गस्थित जङ्गलमा तत्कालीन पञ्चायती प्रहरीले हत्या गरेको थियो । उनको हत्या भएको आज ठीक ३३ वर्ष पुगेको छ । आज जिल्लामा विभिन्न कार्यक्रम गरी वान्तवाको ३३ औं स्मृति दिवस मनाइँदै छ । नेकपा एमाले र त्यसका भातृ तथा जनवर्गीय संगठन र विद्यार्थी संगठनहरुले इलाममा विभिन्न स्थानहरुमा छट्टाछुट्टै कार्यक्रमको आयोजना गरी वान्तवाको समृति दिवस मनाउँदैछन् ।
पञ्चायत विरोधी जुनसुकै तत्वलाई माटोमा मिलाउन आएको सरकारी आदेश मानिरहेका सुरक्षाकर्मीका अगाडी त्यही सरकारको विरोधी, त्यसमा पनि कम्युनिष्ट भएर जनता जगाउनु चानचुने कुरा थिएन । तर, पञ्चायती व्यवस्थाको जाँतोमा पिँधिएका तीनै जनताका लागि ज्यान दिएर सहिद रत्नकुमार वान्तवाले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा आफ्नो नाम स्वर्णीम अक्षरले लेख्न सफल भए ।
नेपाली कम्युनिष्ट आन्देलनको इतिहासमा योगदान गरेका थोरै योद्धामध्ये रत्नकुमार पनि अग्रपङ्तिमा पर्दछन् । क्रान्तिबाट मात्र परिवर्तन सम्भव देख्ने र पञ्चायती व्यवस्थाका जरो उखेल्न सकिन्छ भन्ने विश्वास लिने वान्तवा जनतालाई पनि पञ्चायतका विरुद्धमा लाग्न आह्वान गर्थे । पञ्चायतबाट प्रताडित बनेका आफन्त र नेपाली जनताको मुक्तिका लागि लड्ने वान्तवाको अनुहार उस्तै देखेर उनका काकाका छोरा बम वान्तवा र छिमेकी निमा शेर्पालाई समेत प्रहरीले हत्या गरेको थियो । इभाङ्गको जंगलमा रत्नकुमार वान्तवाले भौतिक शरीर तिलाञ्जली दिएको करिब ११ वर्षपछि नेपाली राजनीतिले अर्को मोड लियो, जुन परिवर्तन त्यतिबेला जनताको मुक्ति सावित भयो ।



रत्नकुमार वान्तवा र उनले गरेका काम

वुवा गर्जमान राई र आमा पुष्पमाया राईका कोखबाट २००८ साल चैत २७ गते इलामको चमैतास्थित चित्रे भन्ने गाउँमा गरिब किसान परिवारमा जन्मिएका वान्तवा ६ जना दाजुभाई र ६ जना दिदीबहिनीहरुमध्ये चौथो सन्तान थिए । गरीब परिवारमा हुर्किएका वान्तवाले २०२५ सालमा एसएलसी उत्तीर्ण गरेपछि केही वर्ष स्थानीय रक्से प्राइमरी स्कूलमा सहशिक्षकको रुपमा सेवा गरे ।
पछि सानीआमाको सहयोगमा धरानबाट आइ ए को अध्ययन पूरा गरी वान्तवाले काठमाण्डौमा धेरै दुःख, कष्ट र अभावकाबीच संघर्ष गर्दै आफ्नो विएड सम्मको अध्ययन पूरा गरे । २०३२ सालदेखि इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउन थाले र त्यहीँबाट कम्युनिष्ट राजनीतिमा उनको सक्रियता बढ्यो ।
यही क्रममा २०३२ साल भदौमा चमैताको चित्रे गाउँमा अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी कोअर्डिनेशन इलाम जिल्ला कमिटी माले गठन गर्न सक्रिय रहे र इलामका मामा गणेश राईका घरबाट रातारात माओ, मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्ट नेताका तस्विरहरु र पुस्तकहरु चित्रेमा ओसार्ने काममा व्यस्त रहे ।
हाल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल “नरेश” को नेतृत्वमा गणेश राई “रविन”, भक्त देवान “मालेसया” रत्नकुमार वान्तवा “महेश” रहेको एक कमिटी गठन भयो । २०३२ मा रत्नको सक्रियतमा पार्टीको मुखपत्र “कम्युनिष्ट” स्टेनसिलमा काटेर प्रकाशित गरिएको थियो । जब झलनाथ खनाल गिरफ्तारीमा परे त्यसपछि पार्टी सचिवको जिम्मा रत्नले लिएका थिए ।
२०३३ फागुनमा इलाम जिल्ला कमिटी क्रान्तिकारी कोअर्डिनेशन कमिटी “माले” पुनर्गठन गरी रत्नकुमार वान्तवा सचिव र गणेश राई, धनकुमार थुलुङ्ग, बसन्त पराजुली सदस्य रहे ।
पछि रत्नले झापाको आफ्नो जमिन १९ हजार रुपियाँमा बिक्री गरी पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसबेला चलेको वुर्जुवा शिक्षा बहिस्कारको अभियानमा सक्रिय वान्तवाले २०३५ जेठमा आफ्नै नेतृत्वमा मोहनकुमार “कृष्ण”, बम वान्तवा, डिल्लीप्रसाद र पदम राई समेतको पाँच जनाको टोलीले भियतनामी गुरिल्लाहरुले गरेको सुरुङ्ग युद्धबाट प्रभावित भई चमैताको चित्रे गाउँमा आफ्नै घरमा सुरुङ्ग खन्न शुरुवात गरे ।
पुष ११ मा नेकपा “माले” को स्थापना भई रत्न संस्थापक केन्द्रिय सदस्य बने । २०३५ मा सुरुङ्ग भएको थाहा पाएर प्रहरीले घरमा छापा मार्न शुरु गरेको थियो । २०३५ माघ २६ र २७ गते तत्कालीन नेकपा “माले” इलामको पहिलो जिल्ला सम्मेलन रत्नको घरमा सम्पन्न भयो । त्यसबाट रत्नकुमार वान्तवा सचिवमा र ध्वज बिक्रम राई, कुमार तिवारी, लोकबहादुर लिम्बू, र जीवन मगर सदस्य भए ।
२०३५ फागुन २० गते सुखानी काण्डमा मारिएका पाँच शहिदको स्मृति दिवसको अवसरमा जिल्लाब्यापी वालिङ्ग, पोष्टरीङ्ग र पर्चा वितरण कार्य वान्तवाको अगुवाईमा भएको थियो ।
इलाम नगरपालिकामा रहेको सहिद रत्न कुमार वान्तवाको सालिक । (फोटो – राम योङहाङ)

यसरी गरिएको थियो वान्तवाको हत्या
चैत २७ मा जन्मिएर चैत २७ मानै दिवंगत हुँदा ठ्याक्कै २७ बर्ष पुगेको दिन नौलो संयोग भयो । क्रान्तिकारी रत्नकुमार तीन महिनाअघि मात्र नेकपा मालेका केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीले खटाएअनुसार ताप्लेजुङ्ग यात्रा तय गरी हिँडेका थिए ।
रत्न, सुशिला श्रेष्ठ, ‘कल्पना’ निरमाया राई रत्नको जन्म घर चमैताबाट इभाङ्ग पुगेको तीन दिन भएको थियो । अघिल्लो दिन उनकै मावली घर इभाङ्गमा बैठक गरेर पार्टीको जिम्मेवारी बाँडफाँड गरी भोलीपल्ट तीन जनाको टोली ताप्लेजुङ्ग पुग्नै पर्ने थियो । बिहान उज्यालो हुनुअगावै हिँडेका उनीहरुले घरबाट केही तल पुगेपछि मान्छे बोलेको जस्ता आवाज सुने । १०/१५ जनाको समुहमा रहेका मान्छे देख्दा स्थानीय बासिन्दा हुन् वा प्रहरी, उज्यालो भइनसकेकाले ठम्याउन सकेनन् ।
समूहमा रहेकाहरुले हातमा लामालामा लाठी बोकेको देखेपछि आफूहरु सशंकित हुनु स्वभाविक नै थियो । नभन्दै उ त्यही हो रत्नकुमार भन्ने आवाज आएलगत्तै प्रहरीको घेरामा पर्दा मात्र आफूहरुले प्रहरी रहेछ भन्ने थाहा पाए । उम्किने कुनै अवसर नै थिएन ।
वान्तावालाई एक जना खाइलाग्दो प्रहरीले अँठ्याएर समातेको थियो । तैपनि उम्किन प्रयास गरिरहेका थिए । सँगै रहेकी सुशीलालाई भने त्यस बेलासम्म पनि प्रहरीले पक्रेका थिएनन् । त्यही मौका छोपेर सुशीलाले रत्नलाई समात्ने प्रहरीको हातमा लाठीले बेस्सरी बजारेपछि रत्नकुमार प्रहरीबाट उम्किन सफल भए । एक छिनमै ड्याम गोली चलेको आवाज आयो । उम्किएर भाग्न खोज्ने रत्नकुमार त्यही ढले । भाग्न प्रयास गरिरहेका सुशिलालाई पनि त्यही गोली हानियो । सुशिलाको झोलाबाट सल निकालेर पानी-पानी भनेर कराइरहेका रत्नलाई बाँधियो । केही मुनीको लामो ढुङ्गामा शरीरभर रगताम्य सुताइएका रत्नले आफ्नो जीवनको अन्तिम श्वास त्यही फेरे । सुशीलाको भने पुरै होस हराएको थिएन । एक कुशल सहयोद्धा र नेताको प्राण आफ्नै अगाडि गएको देखीरहेकी उनलाई पनि बाँच्ने आशा थिएन ।
रत्नको सव इलाम सदरमुकाम ल्याउनका लागि त्यहीँका केही मानिसलाई बोकाएर प्रहरीहरु हिँडे । सुशीलाको पनि शरीरभर रगत लतपतिएको थियो । उनको पनि हात बाँधियो र त्यहाँबाट हिँडाइयो । केही तल पुगेपछि रत्नको शव बाटोमा राखेर प्रहरीहरु एक वडाध्यक्षको घरमा खानाखाने सुरमा ओर्लिए । सबैले पोशाक खोले, बन्दुक भुईंमा राखे । सुशीलाको पनि हात खोलियो । सकेसम्म दुश्मनको पञ्जाबाट भाग्ने प्रयास गरीरहेकी सुशीलाले प्रहरीहरुलाई झुक्याएर त्यही मौकामा बाटो तताईन् । सुशीला भागेको केही क्षणपछि पत्तो पाएका प्रहरीले उनको खोजी गरे । सारा जङ्गल खोज्दा पनि सुशीला कतै भेटिइनन् ।
जथाभावी फायरिङ गर्दै खोजतलास गर्दा पनि उनको कतै पत्तो नलागेपछि जङ्गलमा आगो लगाईयो । चैतको खडेरीमा एकै क्षणमा जङ्गल खरानी भयो । ज्यान जोगिने आशा नै नभएर सुरक्षित ठाउँको खोजी गरिहेकी सुशीला भने खोला, खोल्सा र भीरपाखामा लुक्दै आगो र मृत्युसँग संघर्ष गरिरहेकी थिईन् । एकातिर आफ्नो ज्यानको खतरा, अर्कातिर आफ्नो नेता गुमाउँदाको दृष्य, त्यसमाथि पनि आगोसँग संघर्ष गर्नुपर्ने । भोक र प्यासले छटपटाएकी सुशीलाले खोल्सीको पानी पिउँदा पनि घाँटीबाट तल जान सकेन ।
खेदिएको मृगझैं कता जाँदैछु भन्ने उनलाई केही अत्तोपत्तो थिएन । धेरैबेर भागेपछि जङ्गलको केही खाली भाग भेटेर ज्यान बचाउन सकेकी उनको त्यो दिन जङ्गलमै बित्यो । जङ्गल सबै जलेपछि सुशीला पनि त्यही जलेर मरिसकेकी भन्ने लागेर प्रहरीले उनको शव खोजे । उनलाई जीउँदो र मृत फेला पार्न सकेनन् ।
सुशीला त्यहाँबाट हिँडेर एउटा झुप्रोमा पुगिन् । त्यहाँ पनि अघि भाग्ने केटी तैं होईनस् ? भागिहाल्छेस् की प्रहरीलाई खबर गरुँ ? भन्ने जवाफ आएपछि त्यहाबाट हिँड्नुको विकल्प रहेन । पानीकै भरमा तीनरात हिँडेपछि उनी इभाङ्गकै एउटा घरमा पुगिन् । जुन घरमा उनीहरु यसअघि पनि बैठक गर्थे । त्यहाँ पुगेर फेरी आफ्नो सहयोद्धसँग भेट गरिन् ।
यता रत्नको शवलाई इलाम बजार ल्याएर पञ्चायतको विरोध गर्नेको यही हविगत हुन्छ भन्दै बजारभर घुमाईयो र एक ठाउँमा लगेर गाडियो । त्यतिबेला पनि उनको परिवार भने रत्नको हत्याप्रति अनभिज्ञ नै थियो । पञ्चायती व्यवस्था नै भएको कारण पार्टी पूर्वी कमाण्ड र केन्द्रले पनि उनको हत्याको खोजबिन गर्न सकेन । अहिले पनि उनको योगदानप्रति पार्टीले चासो नदिएको परिवारले गुनासो गरिरहेका छन् ।
राम योङ्हाङ
बर्गिकरण: फिचरमहत्वपूर्ण

प्रतिकृया दिनुहोस्